२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

भालुवाङ्गमा दशैँ बिशेष साँस्कृतिक कार्यक्रम हुने

९ कार्तिक २०७२, सोमबार ००:५१

कात्तिक ९, भालुवाङ्ग । देउखुरीको भालुवाङ्गमा बिगतका बर्षहरुमा झैँ यस बर्ष पनि हिन्दुहरुको महान् चार्ड बडा दशैँको अवसरमा सोमबार साँझा भव्य दशैँ बिशेष साँस्कृतिक कार्यक्रम गरिने भएको छ ।

सयुक्त युवा क्लव भालुवाङ्गको आयोजनामा बिगतका बर्षहरु झैँ यस बर्ष पनि भव्य रुपमा दशैँ बिशेष साँस्कृतिक कार्यक्रम गर्न लागिएको हो ।

वि.सं. २०२६ सालमा तत्कालिन स्वर्गीय लेपटेन खुसलसिंह पुनमगरले शुरु गर्नु भएको दशैँ बिशेष साँस्कृतिक कार्यक्रम अहिले पनि उहाँको सम्झनामा दशैँको अन्तिम दिन पाँचपुन्य तथा पूर्णामामा प्रत्येक बर्ष पुरानो भालुवाङ्ग बजारमा साँस्कृतिक कार्यक्रम गदै आएको क्लवका अध्यक्ष ताराबहादुर डिसीले जानकारी दिनु भयो ।

क्लवले यस बर्ष पनि ख्याति प्राप्त राष्ट्रिय कलाकारहरुको बजोड प्रस्तुति संगै स्थानिय कलाकारहरुको प्रतिभालाई प्रमुख स्थान दिईने क्लवका अध्यक्ष डिसीले बताउनु भयो । कार्यक्रममा बोलाईने राष्ट्रिय कलाकारहरुको नाम भने सोमबार नै सार्वजनिक गरिने डिसीको भनाई छ ।

कार्यक्रममा स्थानिय नृत्यहरुका लागि पुरुस्कार समेत दिईने बताएको छ । जसमा प्रथमलाइृ १० हजार, दास्रोलाई ५ हजार, तेस्रोलाई ३ हजार र सान्तवनालाई २ हजार नगद र प्रमाण—पत्र प्रदान गरिने डिसीले जानकारी दिनु भयो । कार्यक्रमलाई भव्य र सभ्य बनाउन प्रचार—प्रसार, सरक्षा व्यवस्थापन, कलाकार व्यवस्थापन, स्टेज तयारी, प्रतियोगीको नाम दर्ता लगायतका कार्य अन्तिम तयारमिा पुगेको क्लवले जनाएको छ ।

यसै बीच क्लबले सोमबार साँझा हुने दशैँ बिशेष साँस्कृतिक कार्यक्रममा उपस्थीत भई दिन सम्पूर्ण दाङ्ग देउखुरी, छिमेकी जिल्ला प्यूठान, अर्घाखाँची, कपिलबस्तु र रोल्पाबासीमा आग्रह समेत गरेको पत्रकार सन्तोषकुमार गुप्ताले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ