२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

भालुवाङ्मा दशैँ बिशेष साँस्कृतिक कार्यक्रम सम्पन्न

१० कार्तिक २०७२, मंगलवार १३:१६

सन्तोषकुमार गुप्ता/कात्तिक १०, भालुवाङ्ग । देउखुरीको भालुवाङ्गमा बिगतका बर्षहरुमा झैँ यस बर्ष पनि हिन्दुहरुको महान् चार्ड बडा दशैँको अवसरमा मंगलबार रात भर भव्य दशैँ बिशेष साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

dang programme

सयुक्त युवा क्लव भालुवाङ्गको आयोजनामा बिगतका बर्षहरु झैँ यस बर्ष पनि भव्य रुपमा दशैँ बिशेष साँस्कृतिक कार्यक्रम सन्पन्न भएको हो । क्लवका अध्यक्ष ताराबहादुर डिसीको अध्यक्षता एवम् समाजसेवी तथा विशिष्ट सहयोगदाता ऋषि पौडेलको प्रमुख आतिथ्यतामा भएको नृत्य प्रतियोगितामा मनिकापुर युवा क्लव प्रथम, स्टार बाल क्लव भालुवाङ दोस्रो, न्यु डान्स क्रियसन लालमटिया तेस्रो र रोल्पाली एकता समाजले सान्त्वना स्थान प्राप्त गरेका छन् ।

कार्यक्रममा राष्ट्रिय स्थानिय कलाकारहरुले रात भरि नै विभिन्न सांस्कृति प्रस्तुतिहरु देखाएका थिए । प्रतियोगितामा प्रथमलाईृ १० हजार, दास्रोलाई ५ हजार, तेस्रोलाई ३ हजार र सान्तवनालाई २ हजार नगद र प्रमाण—पत्र प्रदान समेत प्रदान गरिएको थियो । क्लवका पुर्व अध्यक्ष कर्णबहादुर केसीको स्वागत मन्तव्यबाट सुरु भएको दशैँ बिशेष साँस्कृतिक कार्यक्रममा दाङ्ग देउखुरी, छिमेकी जिल्ला प्यूठान, अर्घाखाँची, कपिलबस्तु र रोल्पा कार्यक्रमबाट समेत हजारौँको सहभागिता रहेको थियो ।

कार्यक्रमको सञ्चालन महेश रिजाल, जमिर शाह र शेरबहादुर मल्लले गरेका थिए । वि.सं. २०२६ सालमा तत्कालिन स्वर्गीय लेपटेन खुसलसिंंह पुनमगरले शुरु गरेका दशैँ बिशेष साँस्कृतिक कार्यक्रम अहिले पनि उनकै सम्झनामा दशैँको अन्तिम दिन पाँचपुन्य तथा पूर्णामाको दिन प्रत्येक बर्ष पुरानो भालुवाङ्ग बजारमा साँस्कृतिक कार्यक्रम गदै आएको क्लवका अध्यक्ष ताराबहादुर डिसीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ