१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

लम्जुङ्ग - LMG

लमजुङ काकतिपय विद्यालयहरुमा विद्यार्थीको नै अभाव

३ माघ २०७४, बुधबार १०:०३


लमजुङ, ३ माघ |लमजुङ जिल्लाका ५६ विद्यालयमा १० जनाभन्दा कम विद्यार्थी रहेको पाइएको छ । 

जिल्ला शिक्षा कार्यालयको तथ्यांकअनुसार जिल्लाका १० विद्यालयमा पाँच जनाभन्दा कम विद्यार्थी पाइएको छ भने चालु शैक्षिक सत्रमा एउटा विद्यालयमा एक जना मात्र विद्यार्थी रहेको पनि पाइएको छ । 

तीन विद्यालयमा दुई–दुई जना, दुई विद्यालयमा तीन–तीनजना, दुई विद्यालयमा चार–चार जना र दुई विद्यालयमा पाँच–पाँच जना विद्यार्थी अध्ययनरत रहेको भेटिएको छ । 

बेँसीशहर नगरपालिका–१० बाँझाखेत साँधुमा रहेको बुद्धि विकास प्राथमिक विद्यालयमा एकजना मात्र विद्यार्थी अध्ययनरत पाइएको छ । बेँसीशहर–१० खाँचेकै गणेश प्रावि, मस्र्याङ्दी गाउँपालिका–९ सिम्पानी भलामको अरुण्यदय प्रावि, मस्र्याङ्दी–३, खुदी अर्खलेबेसीको जनचेतना प्राविमा पनि दुई÷दुई जना मात्र विद्यार्थी छन् । 

जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत बाबुराम बरालका अनुसार राइनास नगरपालिकाको मोहोरियाकोटको वीरेन्द्र शान्ति प्रावि र मस्र्याङ्दी–६ बाहुनडाँडा डहरेको हिमालय प्राविमा तीन जना विद्यार्थी अध्ययनरत छन् । 

त्यस्तै, सुन्दरबजार नगरपालिकाको कुन्छास्थित बाल विकास प्रावि र मस्र्याङ्दी–१ घनपोखरा घोप्टेस्थित विद्याज्योति प्राविमा चार जना विद्यार्थी छन् भने घिम्राङको जनकल्याण प्राविमा पाँच जना, खुदी जिम्दुको देउराली प्राविमा पाँच जना मात्र विद्यार्थी छन् । 

जिल्लाका ३४९ विद्यालयमध्ये करिब १५० विद्यालययमा मुस्किलले २० जनासम्म विद्यार्थी रहेको शिक्षा कार्यालयको तथ्यांकमा उल्लेख छ । गाउँबाट शहर बसाइँसराइ गर्ने क्रम बढ्दो र सामुदायिकभन्दा निजी विद्यालयमा बालबालिका पढाउने संस्कारका कारण सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या घटदै गएको हो । 

शाखा अधिकृत बरालका अनुसार सामुदायिक विद्यालयबाट वर्षेनी चार हजार विद्यार्थी घटिरहेका छन् । यसअघि कार्यालयले विद्यार्थी संख्या कम भएका विद्यालयलाई मर्ज (गाभ्ने) तयारी गरे पनि सफल भएको छैन । 

यसअघि विद्यार्थी संख्या अत्यन्तै कम भएका लमजुङका २० विद्यालय गाँभिएको थियो भने १० विद्यालयको तह घटाइएको थियो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार