३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दशैँ मानेर दाङ भित्रिने क्रम बढ्यो

१० कार्तिक २०७२, मंगलवार १३:१९

सन्तोषकुमार गुप्ता/कात्तिक १०, भालुवाङ्ग । हिन्दूहरुको महान चाड वडादशैँ मनाउन गृहजिल्ला पुगेका राप्तीबासीहरु आफ्नो कार्यक्षेत्र जान थालेका छन् । यसैक्रममा दसै मनाउन दाङबाट गृहजिल्ला पुगेकाहरु पनि बिस्तारै दाङ भएर आवतजावत गर्ने क्रम बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले बताएको छ ।

bus dang]
यसैबीच, दसै मनाउन काठमाडौबाट दाङ भएर छिमेकी जिल्लाहरुमा पुगेका नागरिकहरु काठमाडौ फर्कने क्रम बढेको ट्राफिक प्रहरी प्रमुख वीरबहादुर थापाले जानकारी दिनुभयो । कार्तिक ५ गते दसैको टीका लगाएदेखि नै दाङ भएर काठमाडौ जाने नागरिकहरुको संख्या बढेको थापाले बताउनुभयो ।

विभिन्न जिल्लाका नागरिकहरु दाङबाट काठमाडौ जाने क्रम अझै केहीदिन जारी रहने ट्राफिक प्रहरीको भनाइ छ । अन्य जिल्लाबाट दाङ आउनेको भन्दा दाङ भएर काठमाडौ जानेहरुको संख्या बढिरहेको छ । दसै मनाउन काठमाडौबाट ३० हजार नागरिक दाङ क्षेत्रमा आएको र तीमध्ये अहिलेम्म ३५ सयको हारहारीमा काठमाडौ पुगिसकेका छन ।

यात्रुहरुलाई सहजता प्रदान गर्न गाडी थप
यस्तै दशैँ मानेर कार्यक्षेत्र फर्किने यात्रुहरुको चाप बढेसँगै गाडी संख्या थप गरेको राप्ती अञ्चल यातायात व्यवसायी समितिले जनाएको छ । जिल्ला बाहिरिनेमध्ये सबै भन्दा बढि यात्रुको चाप हुने दाङ काठमाडौ रुटमा गाडी संख्या बढाएको समितिले जनाएको छ ।

thap bus

समितिका कार्यालय प्रमुख डा. लोकराज पराजुलीका अनुसार दैनिक १९ वटा गाडी जाने काठमाडौंका लागि अहिले दैनिक २० देखि २२ वटासम्म गाडी सञ्चालनमा आएका छन् । यात्रुहरुलाई सहजता प्रदान गर्न गाडी संख्या थप गर्दै लैजाने भन्दै डा. पराजुलीले दैनिक १ हजार १ सय यात्रु दाङ बाहिने गरेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली