2026-10-23 05:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

लम्जुङ्ग - LMG

लम्जुङ्गका ५६ विद्यालयमा १० जनाभन्दा कम विद्यार्थी, कक्षामा जम्मा १ जना पनि भेटियो

माघ ३, बेँसीशहर (रासस) | जिल्लाका ५६ विद्यालयमा १० जनाभन्दा कम विद्यार्थी रहेको पाइएको छ । 

जिल्ला शिक्षा कार्यालयको तथ्यांकअनुसार जिल्लाका १० विद्यालयमा पाँच जनाभन्दा कम विद्यार्थी पाइएको छ भने चालु शैक्षिक सत्रमा एउटा विद्यालयमा एक जना मात्र विद्यार्थी रहेको पनि पाइएको छ । 

तीन विद्यालयमा दुई–दुई जना, दुई विद्यालयमा तीन–तीनजना, दुई विद्यालयमा चार–चार जना र दुई विद्यालयमा पाँच–पाँच जना विद्यार्थी अध्ययनरत रहेको भेटिएको छ । 

बेँसीशहर नगरपालिका–१० बाँझाखेत साँधुमा रहेको बुद्धि विकास प्राथमिक विद्यालयमा एकजना मात्र विद्यार्थी अध्ययनरत पाइएको छ । बेँसीशहर–१० खाँचेकै गणेश प्रावि, मस्र्याङ्दी गाउँपालिका–९ सिम्पानी भलामको अरुण्यदय प्रावि, मस्र्याङ्दी–३, खुदी अर्खलेबेसीको जनचेतना प्राविमा पनि दुई/दुई जना मात्र विद्यार्थी छन् । 

जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत बाबुराम बरालका अनुसार राइनास नगरपालिकाको मोहोरियाकोटको वीरेन्द्र शान्ति प्रावि र मस्र्याङ्दी–६ बाहुनडाँडा डहरेको हिमालय प्राविमा तीन जना विद्यार्थी अध्ययनरत छन् । 

त्यस्तै, सुन्दरबजार नगरपालिकाको कुन्छास्थित बाल विकास प्रावि र मस्र्याङ्दी–१ घनपोखरा घोप्टेस्थित विद्याज्योति प्राविमा चार जना विद्यार्थी छन् भने घिम्राङको जनकल्याण प्राविमा पाँच जना, खुदी जिम्दुको देउराली प्राविमा पाँच जना मात्र विद्यार्थी छन् । 

जिल्लाका ३४९ विद्यालयमध्ये करिब १५० विद्यालययमा मुस्किलले २० जनासम्म विद्यार्थी रहेको शिक्षा कार्यालयको तथ्यांकमा उल्लेख छ । गाउँबाट शहर बसाइँसराइ गर्ने क्रम बढ्दो र सामुदायिकभन्दा निजी विद्यालयमा बालबालिका पढाउने संस्कारका कारण सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या घटदै गएको हो । 

शाखा अधिकृत बरालका अनुसार सामुदायिक विद्यालयबाट वर्षेनी चार हजार विद्यार्थी घटिरहेका छन् । यसअघि कार्यालयले विद्यार्थी संख्या कम भएका विद्यालयलाई मर्ज (गाभ्ने) तयारी गरे पनि सफल भएको छैन । 

यसअघि विद्यार्थी संख्या अत्यन्तै कम भएका लमजुङका २० विद्यालय गाँभिएको थियो भने १० विद्यालयको तह घटाइएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने