२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङ्का किसानहरु धान भित्राउने चटारोमा

१४ कार्तिक २०७२, शनिबार १०:०३

सन्तोषकुमार गुप्ता/कात्तिक १४, देउखुरी । दर्शैँ सकिए लगत्तै कृषकहरु धान भित्राउने काममा ब्यस्त हुन थालेका छन । केहि दिन दसै मनाउन ब्यस्त रहेका कृषकहरु धान पाकेपछि धान काट्ने र भित्राउने काममा ब्यस्त हुन थालेका हुन । पहेँलै भएर पाकेको धान काट्न कृषकहरु खेतमा सक्रिय भएका छन ।

dang news

विगतको वर्ष भन्दा यसवर्ष धान त्यति राम्रो नभएको कृषकहरुले बताएका छन । समयका वर्षात नहुदा धान रोप्न ढिलाई भएकोले धान त्यति राम्रो नभएको कृषकहरुको भनाई छ । सिँचाईको ब्यबस्था नहुदा कृषकहरुले आकाशे भरमा खेती गर्नु पर्ने बाध्यता रहदै आएको छ । वर्षात राम्रो नहुदा धान उत्पादन मै कमि आउने गरेको छ । वर्षात पर्याप्त नभएकै कारण कृषकहरुले सबै खेतियोग्य जमिनमा धान खेति गर्न पाएका छैनन ।

वर्षात नभए पछि आधा जति खेतियोग्य जमिन बाँझै छोड्नु परेकोले यसपाली धान उत्पादनमा कमी आउने लक्ष्मीपुर ३ का खुशीराम चौधरीले बताउनुभयो । पश्चिम दाङका पुरन्धारा, पञ्चकुले, बाघमारे, शान्तिनगर, धनौरी, श्रीगाउँ, हेकुली लगाएतका स्थानहरुमा पनि यसवर्ष धान उत्पादन त्यति राम्रो हुन नसकेको जिल्ला कृषि विकास कार्यालय दाङले बताएको छ ।

कार्यालयका अनुसार यसबर्ष दाङमा १० प्रतिशतले धान उत्पादनमा गिरावट आउने छ । जिल्लामा करिब ९१ हजार मेट्रिक टन मात्र धान उत्पादन हुने कृषी बिकास कार्यालय दाङका प्रमुख श्रीधर ज्ञवालीले बताउनुभयो । यसवर्ष कुल खेतीयोग्य जमीनको ३६ हजार ६ सय ८ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको छ । गतबर्ष ३८ हजार ६ सय हेक्टर क्षेत्रफलमा धान खेति गरिएको थियो ।

दिन प्रतिदीन खेतीयोग्य जमीन प्लटीङ हुदैं जानु, खेतीयोग्य जमीन बाँझो राख्नु, कृषी पेशा प्रति आत्म निर्भर नहुनु लगाएतका कारणले दिन प्रतिदीन उत्पादनमा ह्रास आउन थालेको कार्यालय प्रमुख ज्ञवालीले बताउनुभयो । दाङका देउखुरी क्षेत्र, रामपुर, पबननगर, पञ्चकुलेलाई धान उत्पादनको पकट क्षेत्र मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली