१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

तनहुँमा महिला प्रहरी सेवाकेन्द्र भवन निर्माण

४ माघ २०७४, बिहीबार ०२:५६

माघ ४, तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँको हाताभित्र रु एक करोड ५५ लाखको लागतमा महिला प्रहरी सेवा केन्द्रको सुविधा सम्पन्न भवन निर्माण गरिएको छ । 

अपाङ्ग मैत्री ¥याम्प सहितको सुविधा सम्पन्न भवन एशियाली विकास बैंक (एडिबी) को सहयोगमा बनेको हो । तीनतले उक्त भवनभित्र एक दर्जनभन्दा बढी सुविधा सम्पन्न कोठा छन् । 

तनहुँको महिला प्रहरी सेवा केन्द्रको सुविधा सम्पन्न भवन रु एक करोड ५५ लाखमा सम्पन्न भएको खानी निर्माण सेवाका प्रोप्राइटर मोहम्मद नजरुनले बताउनुभयो । 

सो भवनमा महिला थुनुवालाई समेत राख्न सकिने बताइएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँकी प्रहरी निरीक्षक कृष्ण बस्याललाई उक्त भवनको चाबी हस्तान्तरण गरी सकिएको छ । 

महिला तथा बालबालिकासम्बन्धी परेका गुनासाको सुनुवाइ गरी त्यसको समाधान खोजिने तथा दर्ता भएका मुद्दाहरुको छिनोफानो गर्ने काम सो केन्द्रले गर्नेछ । 

केन्द्रकी प्रमुख एवं प्रहरी निरीक्षक कृष्ण बस्यालले पीडित महिला तथा बालबालिकालाई न्याय दिने काम केन्द्रले गर्ने बताउनुभयो । 

बालमैत्री, महिलामैत्री, अपाङ्गमैत्री कक्ष, बैठक कक्ष, तालिम हल, इन्चार्ज कार्यकक्ष, महिला ब्यारेक सो केन्द्रमा रहनेछन् । तनहुँका प्रहरी प्रमुख प्रहरी उपरीक्षक उमेशराज जोशीले महिलासम्बन्धी मुद्दाहरु केन्द्रबाट छिनोफानो हुने बताउनुभयो । पीडित महिला र बालबालिकाको गुनासा सुन्ने र त्यसको समाधानमा केन्द्रले काम गर्ने उहाँले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार