Skip to content
Friday, July 17, 2026 Nepali Online Media

देउखुरीमा खाने तेलको चरम अभाव, पसल पिच्छे खाने तेलको मूल्य

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

सन्तोषकुमार गुप्ता/कात्तिक १४, देउखुरी । द्येउखुरुीमा केही दिन यता खाने तेलको चरम अभाव हुन थालेको छ । भारतले गरेको अघोषित नाकाबन्दीका कारण एक महिनाअघिबाट भइरहेको इन्धनको चरम अभावपछि बजारमा खाने तेलको पनि अभाव शुरु भएसँगै ब्यापारीले खाने तेलको मूल्य आफूखुशी बढाएको उपभोक्ताको गुनासो छ ।

ब्यापारीले स्टक रहेको खाने तेलको मूल्य एकाएक बढाएका छन । बजारमा तोरीको तेल र सोयाविनको तेलको अभाव रहेको स्वर्गद्वारी स्टोरका सञ्चालक सहना श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार पहिले एक सय ४० रुपैयाँ लिटर पाइने तोरीको तेल अहिले २ सय रुपैयाँ लिटरमा बिक्री भइरहेको छ । त्यस्तै सोयाविन तेलको पहिला प्रतिलिटर एक सय रुपैयाँ थियो भने अहिले एक सय ५० रुपैयाँमा बिक्री भइरहेको छ ।

तेल अभाव भएको बहानामा मूल्य बृद्धि गराइएको उपभोक्ताको गुनासो छ । ‘तेल नपाइएको बहानामा मूल्य बढाइएको हुन सक्छ’– तेल खरीद गर्न पुग्नुभएकी अस्मिता खत्रीले भन्नुभयो–‘डिजल, पेट्रोलको हाहाकार भएजस्तै खाने तेलको पनि हुन थाल्यो ।’ वीरगञ्ज, विराटनगरबाट खाने तेल दाङ देउखुरीमा आउने गर्छ। त्यहाँ उद्योग बन्द रहेकाले खाने तेलको अभाव भएको हो ।

नाकाबन्दीका कारण खाने तेलको उद्योग बन्द भएपछि देउखुरीका बजारमा खाने तेलको मूल्य एकाएक आकाशिएको छ । खाने तेलको अभाव पनि सिर्जना भएको ब्यापारीहरुले बताएका छन्। तेलको मूल्य स्थानीय डिलरले मनोमानीरुपमा बढाएको आरोप ब्यापारीको छ । तर डिलरका सञ्चालकहरुले भने उद्योगबाटै महंगोमा खरीद गरेकाले खाने तेलको मूल्य बढाइएको दाबी गरेका छन ।

यता उपभोक्ता मञ्चका अध्यक्ष केपी घिमिरेले नाकाबन्दीको बहानामा मूल्य बृद्धि गर्न नपाइने बताउनुभयो। ‘नाका बन्दीको बहानामा एक्कासी मूल्य बृद्धि गर्नु भनेको उपभोक्ताको ढाड सेक्नु हो’– उहाँले भन्नुभयो– ‘यस्ता कार्यको अनुगमन गर्न प्रशासनले ध्यान दिनुपर्छ ।’

स्थानीय प्रशासनले भने अभावको बहानामा मूल्यबृद्धि गर्न नपाइने बताएको छ । तर खाने तेलको मूल्य आकाशिएको विषयमा दाङका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौड्यालले तेल खरीदको विलविजक हेरर मात्रै अनावश्यक मूल्य बृद्धि गरिएको हो होइन भन्ने छुट्याउन सकिने बताउनुभयो। ‘नयाँ मूल्यमा किनेको भए मूल्यबृद्धि स्वाभाविक हो तर अनावश्यकरुपमा मूल्य बढाइएको भए विलविजक हेरर कारवाही प्रक्रिया अघि बढ्छ’– उहाँले भन्नुभयो– ‘विलविजकको अध्ययन गर्न एक टोली पठाउँछु ।