2026-09-19 04:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा दुर्घटनामा परि एक जनाको मृत्यु, ४ गम्भीर, १५ घाइते

माघ ४, नवलपरासी (रासस) |  नवलपरासीको त्रिवेणीधामको माघे औंशी मेलामा भारतीय तीर्थालु बोकेर आउँदै गरेको ट्र्याक्टर मंगलबार दुर्घटना हुँदा एकजना भारतीयको मृत्यु भएको छ भने अन्य १५ जना तीर्थालु घाइते भएका छन् । 

नवलपरासीको बर्दघाट सुस्ता पूर्व–त्रिवेणीधाममा लागेको माघे औँसी मेलामा तीर्थालु बोकेर आएको युपी ५३ बी क्यू ०४२० नंको ट्र्याक्टर विनयी त्रिवेणी गाउँपालिका–६ को तटियाखोलामा पल्टिएको थियो । 

ट्र्याक्टर पल्टिंदा चालक भारत गोरखपुरका साधु केबटको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा १५ जना घाइते भएका छन् । तीमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ । दुर्घटनामा परेका सबै भारतको गोरखपुरका बासिन्दा हुन् । 

भारतको गोरखपुरबाट माघे औँसीका अवसरमा त्रिवेणीधाममा नुहाउन र पूजाआजा गर्न आएका तीर्थालु चढेको ट्र्याक्टर पल्टिंदा सो दुर्घटना भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा