2026-09-12 09:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

न्यानोको खोजीमा अशक्त किशोरी आसामा खातुन

माघ ४, महोत्तरी | घरको आर्थिक अवस्था अत्यन्त दयनीय रहेकी गौशाला नगरपालिका–१० की १३ वर्षीया आसामा खातुन न्यानोको खोजीमा भौँतारिँदै आएकी छन् । 

शारीरिकरुपले अपाङ्ग रहेकी आसामा जसोतसो बाटोको पेटीमा ज्यान जोगाउन आगो बालेको स्थानमा देखा पर्छिन् । आर्थिक अवस्था अत्यन्तै दयनीय रहेकाले पातलो मैलो कपडा लगाएर एक महिनादेखि जारी रहेको बाक्लो हुस्सु र शीतलहरले प्रभावित रहेको समयमा आसामा काम्दै सडकको पेटीमा आउँछिन् । 

शारीरिकरुपले अपाङ्ग मुस्लिम किशोरी आसामा सरकारी सुविधाबाट वञ्चित छिन् । जन्मजात अपाङ्ग रहेकी आसामाको परिवारजनले अहिलेसम्म अपाङ्ग परिचयपत्र बनाउन सकेको छैन । 

गाउँमा सिंहदरबार ल्याउने सपना देखाएर भोट लिएर गएका जनप्रतिनिधिहरुले अहिलेसम्म पनि अपाङ्ग परिचयपत्र बनाउनका लागि सहयोग नगरेको आसामाकी आमाले गुनासो गरिन् ।जलेश्वरमा लगेर अपाङ्ग परिचयपत्र बनाएर ल्याउने भनेर स्थानीयतहमा कार्यरत कर्मचारीहरुले टार्दै आएको तर सो सम्भव नभएको उनकी आमाले बताइन् । 

यस सम्बन्धमा गौशाला नगरपालिका–१० का वडाध्यक्ष शेष मोहम्मद जलिलले आफूले वर्तमान समयमा आसामा जस्ता अपाङ्गको हकहितमा सोचेर पनि गर्न नसकेको स्वीकार गर्नुभयो । 

एकसय दिनको अवधिमा कार्यालय व्यवस्थापन हुन नसकेका कारण राहत वितरणमा ढिलो भएको वडाध्यक्ष जलिलले बताउनुभयो । गाउँमै सिंहदरबार ल्याउने सपना देखाएर चुनाव जितेका नेता तथा कार्यकर्ताको समयमा ध्यान जान नसक्दा यस क्षेत्रका हजारौँ गरिब, दलित एवम् अपाङ्गहरु राहतको पर्खाइमा रहेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन