२१ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

प्रशासन घेरेपछि मात्रै एम्बुलेन्सलाई तेल

१४ कार्तिक २०७२, शनिबार १०:०७

सन्तोषकुमार गुप्ता/कात्तिक १४, देउखुरी । इन्धन नपाएपछि आन्दोलित भएका यहाँका एम्बुलेन्सले सोमबार थोरै मात्रामा डिजल पाएका छन । भारतले गरेको अघोषित नाकाबन्दीका कारण अत्यावश्यक सवारी साधनले समेत इन्धन पाएका थिएनन । आइतवार इलाका प्रशासन कार्यालय अगाडि धर्ना दिएका थिए ।

ambulensa

सोमवार यहाँ डिजल भित्रिएपछि मात्रै एम्बुलेन्सले तेल पाएको देउखुरी उद्योग वाणिज्य संघको एम्बुलेन्स चलाउँदै आउनुभएका सेतुलाल जैशीले जानकारी दिनुभयो । ‘२०र२० लिटरका दरले डिजल पाइएको छ तर यो मात्रा पर्याप्त छैन्’– उहाँले भन्नुभयो ।‘बिरामी बोकेको बेला मात्रै इन्धन दिने भन्दै समस्यामा पार्ने गरिएको छ तर इमजेन्सीमा कहाँ के हुन्छ थाहै हँुदैन ।’ इन्धन वितरण प्रक्रिया प्रभावकारी नहुँदा अत्यावश्यक सवारी साधनले समेत डिजल पाउन छाडेका हुन् ।

देउखुरी क्षेत्रमा रहेका एक दर्जन एम्बुलेन्स र एउटा शव वाहनले डिजल नपाउँदा आन्दोलित हुनुपर्ने अवस्था आएको प्राथमिक स्वास्थ्य केन्द्र लमहीका एम्बुलेन्स चालक महेन्द्र विकले बताउनुभयो ।

पेट्रोल पम्पलाई अत्यावश्क सवारी साधनका लागि केही मात्रामा डिजल राख्न प्रशासनले लिखित र मौखिक रुपमा आग्रह गरेको थियो । तर अहिले पम्पहरुले एम्बुलेन्समा बिरामी भएको अवस्थामा पनि डिजल दिएका छैनन । एम्बुलेन्समा इन्धन नहुँदा बिरामीलाई बीच बाटैबाट बसमा चढाएर अस्पताल पठाएको गोबरडिहा स्वास्थ्य चौकीको एम्बुलेन्स चलाउँदै आउनुभएका आगेन्द्र प्रसाद चौधरीले बताउनुभयो ।

एम्बुलेन्स चालकहरुले इलाका प्रशासन कार्यालय लमहीका प्रमुख टोपेन्द्र केसीलाई भेट गरी एम्बुलेन्सलाई इन्धन उपलब्ध गराउन माग गर्दै ध्यानाकर्षण गराएका छन । तेल नहुँदा तीन दिनदेखि बिरामीलाई अस्पताल र्पुयाउन नसकिएको दुस्खेसो चालकहरुले सुनाएका छन् ।

बिरामीहरुको फोन आइरहे पनि तेल नभएका कारण आफूहरुले एम्बुलेन्स चलाउन नसकेको जवाफ फर्काउने गरेको र बिरामीहरु उपचारबाट बञ्चित हुनुपरेको चालक महेन्द्र विकले गुनासो गर्नुभयो । ‘पर्याप्त डिजल नहुँदा एम्बुलेन्स चलाउन गाह्रो भयो । उहाँले भन्नुभयो । ‘तीन हजार लिटर डिजल एक पटक आउँछ, त्यसमा लाइनमा बस्दा थोरै तेल पाइन्छ ।’

यता इलाका प्रशासन कार्यालय लमहीका प्रमुख टोपेन्द्र केसीले एम्बुलेन्सलाई इन्धन उपलब्ध गराउन पेट्रोल पम्पका सञ्चालकहरुसँग समन्वय गरी सहज गराउने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा