१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

चितवनमा डेंगुबाट एकको मृत्यु

४ माघ २०७४, बिहीबार ०७:०८

माघ ४, चितवन | डेंगु रोगका कारण पछिल्लो समय यहाँ एक जनाको मृत्यु भएको छ । 

जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रण निरीक्षक राम केसीका अनुसार मृत्यु हुनेमा मकवानपुर जिल्ला हाँडीखोला–३ बस्ने ७९ वर्षीय पुरुष रहेका छन् । 

उनलाई मकवानपुर अस्पतालबाट उपचारका लागि पुस २० गते चितवन पठाइएको थियो । भरतपुर अस्पतालमा उपचारका क्रममा उनको पुस २५ गते मृत्यु भएको उहाँले बताउनुभयो । 

चालु आवमा एक हजार १०५ जनाको डेंगु परीक्षण गरिएकोमा ५७ जनामा संक्रमण भेटिएको थियो । यस्तै स्क्रब टाइफस ३७१ जनामा संक्रमण भेटिएको केसीले जानकारी दिनुभयो । एक हजार ६७० जनाको परीक्षण गरिएकोमा सो संख्यामा संक्रमित भेटिएको उहाँले बताउनुभयो । 

योसँगै चालु आवमा विभिन्न रोगको संक्रमणबाट मृत्यु हुनेको संख्या १० जना पुगेका छन् । स्क्रब टाइफसबाट साउनमा एक जना भदौमा एक जना र कात्तिकमा एक जनाको मृत्यु भएको थियो । चिकनगुनियाका कारण भदौमा एक जना र कात्तिकमा एक जनाको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ । 

स्क्रब टाइफस र डेंगुको लक्षण अत्यधिक ज्वरो आउने, टाउको दुख्नेलगायत लक्षण उस्तै हुने भएकाले लक्षण देखिने बित्तिकै चिकित्सकको सल्लाह लिन जिल्ला जनस्वास्थ्य कार्यालयले सबैलाई आग्रह गरेको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार