2026-09-19 12:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

नाकावन्दीले दाङ् उपभोग्य बस्तको अभाव

dang mahangi

सन्तोषकुमार गुप्ता । कात्तिक १५, देउखुरी । तिहारको मुखमा ब्यापारीहरु सटर बन्द गरेर बस्नु पर्ने अबस्था आएको छ । भारतिय नाकाबन्दीका कारण दैनिक उपभोग्य बस्तुहरुको आयातमा कमी आए पछि अहिले बजारमा उपभोग्य बस्तु तथा सामानहरुको चरम अभाब भएको छ । जति सामानहरु स्टकमा छन, त्यसको पनि छोई नसक्नुको मुल्य छ ।

एकातिर पेट्रोलिम पदार्थको चरम अभाब त छदैछ । त्यसमा पनि उपभोग्य बस्तुहरुको अभाब भएपछि समस्या भएको बताउनु हुन्छ गल्ला तथा खुद्रा ब्यापारी उपेन्द्र खड्का । नाकाबन्दी अगाडी सात सय रुपैंया पर्ने सिमेण्टको बोराको मुल्य अहिले ७ सय ५० रुपैंयासम्म पर्ने गरेको छ । ७० रुपैंया पोका तेलको मुल्य एक सय पाँच रुपैंया सम्म पुगेको उपभोक्ताहरु बताउँछन् । यस्तै सामान ढुवानीमा लाग्ने भाडा ५० प्रतिशतले बृद्धि भएको छ । बजारमा चिनी, दाल, चामल लगाएतका उपभोग्य बस्तुको मुल्य पनि १५ देखि ५० प्रतिशतले बृद्धि भएको ब्यापारीहरुले नै बताएका छन । सामानहरु नै सकिएपछि यसपालीको तिहार अहिले सम्मकै महंगो तिहार उहाको खड्काको भनाई छ । सामान भए मात्रै मुल्य बढाउन सकिने भन्दै अहिले नाकाबन्दीका कारण सामानहरुको नै अभाब भएको र तिहार मनाउने सामान पनि नभएको उहाले बताउनु भएको छ । लामो समय देखिको नाकाबन्दीका कारण बजारमा उपभोग्य बस्तुहरुको आपुर्ति र मुल्य समायोजनको विषयम दाङ जिल्लाा उद्योग बाणिज्य संघले चासो दिदै आएको छ । तर बस्तु आपुर्ति गर्नेहरु बाटै सामानको मुल्य आकासिय पछि त्यस्ता सामानहरु कसरी खरिद गर्ने र उपभोक्ताहरु माझ पुर्याउने भन्ने बारेमा छलफल भैरहेको दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष हेमराज बन्जाडेले बताउनुभयो । चर्को मुल्य तिरेर जिल्लामा सामान नै भित्राउन समस्या भएको बन्जाडेको भनाई छ ।

यस्तो अबस्थामा जिल्लाको प्रशासन कार्यालयले पनि सोचे अनुरुपको काम गर्न सकेको छैन । पेट्रोलियम पदार्थमा भैरहेको चरम लापरबाहीको न्युनिकरणमा याक्सन लिएको प्रशासनले ठोस उपलब्धी हासिल गर्न सकेको छैन । यसै त चार्डबार्डमा उपभोग्य बस्तुको कालोबजारी रोक्न समस्या हुदै आएको बेला पेट्रोलियम पदार्थमा भएको कालोबजारी र मिसावट नै अहिले प्रशासनको प्राथमिकतामा परेको छ । प्रमुख जिल्ला अधिकारी लोकनाथ पौड्यालले अनुगमन टोलीले पहिले पेट्रोलियम पदार्थको कालोबजारी निन्त्रणमा पहिलो चासो दिने भन्दै अन्य उपभोग्य बस्तुहरुमा भैरहेको कालो बजारीमा पनि अनुगमन हुने उहाले बताउनु भएको छ । साथै उहाले कालो बजारी नियन्त्रणका लागि नागरीक स्तरबाट पनि सुचना प्रबाह गरेर सहयोग गर्न उहाले आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई