३ कार्तिक २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

अघोषिति नाकाबन्दीले कष्टकर बन्दै दाङ्गको स्वास्थ्य सेवा

१५ कार्तिक २०७२, आईतवार ०७:३४

सन्तोषकुमार गुप्ता, कार्तिक १५, दाङ्ग । चरम इन्धनको संकट मुलुकले बेहोरिरहेको समयमा यसको असर चौतर्फिरुपमा पर्न थालेको छ । नेपालको संविधानमा असन्तुष्टि जनाउँदै महिना दिनदेखि भारतले गरेको अघोषित नाकाबन्दीले दाङलगायत देशैभरका सर्वसाधारणले सास्ती बेहोर्दै आएका छन् । नाकाबन्दीका कारण दैनिक उपभोग्य बस्तुदेखि स्वास्थ्य, शिक्षालगायत विभिन्न अत्यावश्यक सेवाका लागि इन्धन जुटाउन नसक्दा सबैजसो क्षेत्र नराम्ररी प्रभावित बन्न पुगेको छ ।

dang hospital
चरम इन्धन संकट मुलुकले बेहोरिरहेको बेला महिना दिनसम्म पनि अत्यावश्यक सेवाका लागि इन्धन जोहो गर्न नसक्दा दाङसहित मुलुकभरका सरकारी तथा निजी अस्पतालले दिने स्वास्थ्य सेवा समस्या सिर्जना भएको छ । भारतीय नाकाबन्दी जारी रहेमा स्वास्थ्य समस्या झनै बढ्दै जाने देखिएको छ । इन्धनको अभावले दाङका दुई ठूला सरकारी अस्पताल र निजी अस्पतालमा तत्कालका लागि स्वास्थ्यका लागि अत्यावश्यक कुराहरु जोहो भएपनि समयमा यसको समाधान नभए अस्पतालले दिने स्वास्थ्य सेवामा पूर्णरुपमा प्रभावित हुने सम्बन्धित अस्पतालहरुले जनाएका छन् ।

राप्ती उपक्षेत्रीय अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. विकास देवकोटाले उपक्षेत्रीय अस्पतालमा इन्धन संकटका कारण बिरामी तथा चिकित्सकहरुलाई आवतजावत गर्न कठिन भएको गुनासो गर्नुभयो । घोराहीमा रहेको राप्ती उपक्षेत्रीय अस्पताल र तुलसीपुरमा रहेको राप्ती अञ्चल अस्पतालले हालसम्म अस्पतालमा स्वास्थ्यका लागि अत्यावश्यक अक्सिजन, औषधिहरु पर्याप्त रहेको जनाएका छन् । त्यस्तै घोराहीकै गोरखा अस्पताल र दिपज्योती, घोराही हस्पिटलले पनि भारतीय नाकाबन्दीका कारण भएको इन्धन अभावले स्वास्थ्य सेवामा समस्या उत्पन्न भएको जनाएका छन् । राप्ती उपक्षेत्रीय अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. विकास देवकोटाले उपक्षेत्रीय अस्पतालमा इन्धन संकटका कारण बिरामी तथा चिकित्सकहरुलाई आवतजावत गर्न कठिन भएको गुनासो गर्नुभयो ।
इन्धन अभाव देशैभरिको समस्या हो । तर, इन्धनले स्वास्थ्य सेवालाई नराम्ररी प्रभावित बनाउँदै लगेको छ(अस्पतालका मेसु डा. देवकोटाले भन्नुभयो(अहिलेसम्म उपक्षेत्रीय अस्पतालमा अक्सिजन, औषधिहरु पर्याप्तरुपमा नै छन्, यद्यपी नाकाबन्दी बढ्दै गएमा भोलिका दिनमा हामीलाई समस्या हुन्छ । अक्सिजन नभई नहुने बिरामीहरु आएमा अस्पतालमा रहेको अक्सिजन पर्याप्त नहुन सक्ने भन्दै सरकारले स्वास्थ्यका लागि आवश्यक पर्ने अत्यावश्यक सामग्रीहरु जोहो गर्नुपर्ने उहाँले बताउनुभयो । इन्धन अभावले अस्पतालबाट जिल्ला बाहिर रिफर गरिएका बिरामीहरु मर्कामा परेको उहाँको भनाइ छ । गम्भिर प्रकृतिका बिरामीहरुलाई अस्पतालले रिफर गरेपनि इन्धन संकट हुँदा उनीहरुलाई उपचारका लागि जिल्ला बाहिर लैजान निकै अप्ठ्यारो परेको उहाँले अनुभव सुनाउनुभयो ।

उपक्षेत्रीय अस्पतालमा रिफर हुने बिरामीको संख्या घट्दो अवस्थामा छ, तैपनि कहिलेकाही गम्भिर प्रकृतिका बिरामीहरुलाई तत्कालै रिफर नगरी नहुने हुन्छ, अहिले भइरहेको चरम इन्धन संकटका कारण रिफर गरिएका बिरामीहरु बोकेर एम्वुलेन्सहरु जिल्ला बाहिर जान मान्दैनन्(मेसु डा. देवकोटाले भन्नुभयो(यद्यपि अस्पतालका चिकित्सक, कर्मचारी तथा अस्पताल विकास समितिका पदाधिकारीहरु सबै हामी मिलेर इन्धनको जोहो गरेर रिफर गरिएका बिरामीलाई बाहिर पठाएका छौं, सम्बन्धित निकायले एम्वुलेन्सलाई पर्याप्तरुपमा इन्धन उपलब्ध गराएर बिरामीको उपचार गराउने व्यवस्था मिलाउन जरुरी छ ।

स्वास्थ्य जस्तो संवेदनशील र अत्यावश्यक सेवाका लागि इन्धन जुटाउन राज्यको दायित्व भएको भन्दै नाकाबन्दी कायम रहे जिल्लाको स्वास्थ्य सेवा अस्तव्यस्त बन्दै जाने बताउनुभयो । इन्धन अभावको यस्तै कायम रहे अस्पतालको अत्यावश्यक सेवा प्रभावित भई बिरामीको ज्यान जोखिममा पर्ने अवस्था देखिएको छ ।

त्यस्तै राप्ती अञ्चल अस्पताल तुलसीपुरले पनि इन्धन अभावका कारण बिरामी तथा चिकित्सकको आवतजावतमा समस्या उत्पन्न भएको जनाएको छ । अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. भोलाराम श्रेष्ठले नाकाबन्दीका कारण भएको पेट्रोलियम पदार्थ चरम अभावमा एम्बुलेन्स सञ्चालनमा ल्याउन कठिन भएको, चिकित्सक र कर्मचारी काममा आउन अप्ठ्यारो भएको जानकारी दिनुभयो । त्यतिमात्र नभएर इन्धन अभावले पर्याप्त सवारीसाधन नचलेपछि बिरामीले समयमै स्वास्थ्य जाँच गर्न नसक्दा ठूला साना सरकारी तथा निजी अस्पतालहरु बिरामी संख्या घट्दै गएका छन् भने बिस्तारै सुनसान हुन थालेका छन् ।

‘इन्धनको अभावले अहिले पर्याप्तरुपमा सवारीसाधन चल्न सकेका छैनन्, जसका कारण बिरामीहरु उपचारका लागि कम आएका छन्, बिरामीको संख्या एकदमै घट्दो अवस्थामा छ’, अञ्चल अस्पतालका मेसु डा. श्रेष्ठले भन्नुभयो, ‘पेट्रोलियम पदार्थको अभाव यहि अवस्था कायम रहे एम्बुलेन्स र सार्वजनिक सवारी साधन नचल्ने हो, भने अस्पतालहरु सुनसान हुन्छन् ।’ पेट्रोलियम पदार्थ अभावमा सवारीसाधन पर्याप्त नचल्दा अस्पतालका चिकित्सक, कर्मचारी समयमै आउन नसक्दा कतिपय सेवाहरु दिन गाह्रो भइरहेको उहाँले बताउनु भयो । अर्को्तिर घन्टौं लगाएर हिँड्दै स्वास्थ्य जाँच गर्न पुग्नेहरू मर्कामा परेका छन् ।

बिरामीहरुको भीड लाग्ने सरकारी अस्पतालमा पेट्रोलियम पदार्थ अभावमा पर्याप्त सार्वजनिक सवारीसाधन नचल्दा बिरामी उपचारका लागि जान नसकेको राप्ती उप क्षेत्रीय अस्पताल विकास समिति घोराहीका सदस्य विवेक श्रेष्ठले बताउनु भयो । ‘पेट्रोलियम पद्धार्थको अभावले एम्वुलेन्स चल्न सकेका छैनन्, खासगरी जटिल प्रकारका बिरामीहरुलाई बाहिर उपचारका लागि हुने रिफर बिरामीका लागि एम्वुलेन्स नचल्दा साह्रै समस्या परेको छ’, सदस्य श्रेष्ठले भन्नुभयो, ‘अस्पतालका चिकित्सक, कर्मचारी, अस्पताल विकास समितिका पदाधिकारी सबै मिलेर रिफर बिरामीको सन्र्दभमा केहि तेल जोहो गरेर एम्वुलेन्सलाई पठाएका छौं, यद्यपि, यसका लागि सम्बन्धित निकायले आवश्यक पहल गर्नुका साथै तेलको जोहो गरी उपलब्ध गराउन जरुरी छ ।’
यसैगरी गोरखा अस्पताल घोराहीका प्रशासकीय निर्देशक शंकर गौतमले पर्याप्तरुपमा इन्धन नपाउँदा अस्पताल सञ्चालन गर्न अप्ठ्यारो भइरहेको जनाउनु भयो । उहाँले अस्पतालमा पेट्रोलियम पदार्थ अभावमा चिकित्सक र कर्मचारी ड्यूटीमा आउनसमेत नपाएको र यसबाट बिरामीलाई असर गरेको बताउनुभयो । त्यस्तै दिपज्योती अस्पताल घोराहीका अहेब कुमार केसीले पर्याप्त इन्धन नहुँदा बिरामी तथा चिकित्सकलाई आवतजावतमा समस्या भएको गुनासो गर्नुभयो । पेट्रोलियम पदार्थको अभावले एम्वुलेन्स सञ्चालन नहुँदा रिफर बिरामी र उपचारमा आउने अन्य बिरामीलाई अत्यन्तै समस्या हुने गरेको केसीले बताउनुभयो ।

उता तुलसीपुरमा रहेका राप्ती लाइफकेयर हस्पिटल र दीर्घायू पोलिक्लिनिकले पनि इन्धन अभावमा उपचारमा समस्या भइरहेको जनाएका छन् । जिल्ला प्रशासन कार्यालय दाङले एम्बुलेन्स जस्ता विभिन्न अत्यावश्यक सेवाका लागि सहजरुपमा इन्धन उपलब्ध गराइरहेको जनाएको छ । प्रमुख जिल्ला अधिकारी लोकनाथ पौड्यालले जिल्लामा उपलब्ध पेट्रोल तथा डिजेल एम्बुलेन्स जस्ता अत्यावश्यक सेवाका लागि बितरण गरिरहेको बताउनु भएको हो ।
यता जिल्ला प्रशासन कार्यालय दाङले एम्बुलेन्स जस्ता विभिन्न अत्यावश्यक सेवाका लागि सहजरुपमा इन्धन उपलब्ध गराइरहेको जनाएको छ । प्रमुख जिल्ला अधिकारी लोकनाथ पौड्यालले जिल्लामा उपलब्ध पेट्रोल तथा डिजेल एम्बुलेन्स जस्ता अत्यावश्यक सेवाका लागि बितरण गरिरहेको बताउनु भएको हो । थोरै मात्रामा जिल्लामा पेट्रोलसँगै डिजेल आउने गरेको भन्दै उहाँले उपलब्ध पेट्रोल र डिजेल अत्यावश्यक सेवालाई आवश्यक जोहो गरेर मात्र सर्वसाधारणलाई बाँडिएको बताउनुभयो ।

यद्यपी, अत्यावश्यक सेवा भने पनि व्यवस्थित तरिकाले इन्धनको व्यवस्था हुन नसकेको एम्बुलेन्स चालकहरुले गुनासो गरेका छन् । पेट्रोलियम पदार्थको अभावमा एम्बुलेन्सहरु नचल्दा यसका असर सोझै बिरामीमा परेको र कति बिरामी उपचार गर्न जान नसकेर घरमै थला पर्ने अवस्था आएको उनीहरुको भनाइ छ । मौजाद रहेको अक्सिजन र औषधिहरु भएपनि पछिल्लो समयमा पेट्रोलियम पदार्थ अभाव हुँदा ढुवानीमा समस्या हुँदा पर्याप्त रुपमा अक्सिजन र औषधि आएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चितवनमा जनयुद्ध लडेका नेताहरुलाई एउटै मन्चमा ल्याउने प्रयास रवि लामिछाने लक्षित सूर्य थापाको व्यङ्ग्य लामिछानेविरुद्ध सहकारी ठगी र सङ्गठित अपराधमा अनुसन्धान हुने न्युजिल्यान्ड १४ वर्षपछि महिला विश्वकपको फाइनलमा आजको मौसम : देशका केही भूभागमा वर्षा हुने पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने कास्की प्रहरीको हिरासतमा रवि पक्राउ पछि सीके राउतको प्रतिक्रिया: ‘सुनौलो भविष्य बोकेको कोपिला निमोठिएको हो’ सभापति लामिछाने पक्राउ: राजनीतिक पूर्वाग्रह साफ वुमन्स च्याम्पियनसिप: नेपाल र भुटानबीचको खेल गोलरहित बराबरीमा सकियो रविलाई रिजालको जवाफ, ‘सरकार मरेको होइन, सक्रिय भएको हो’ रवि लामिछानेसहित को-को विरुद्ध छ पक्राउ पुर्जी ? रविलाई पक्राउ गर्न रास्वपा कार्यालय पुग्यो सीआईबीको टोली रवि लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी पुनःनिर्माणका काममा लाग्न तीनै तहका सरकारलाई प्रधानमन्त्री ओलीको आग्रह पेट दुख्ने समस्या लिएर अस्पताल पुगेका युवकको आन्द्रामा जिउँदो साङ्लो भेटिएपछि.. जीपबाट खसेर बालकको मृत्यु सन्दीपले पाए अमेरिकाको भिसा, आजै बेलुका उड्ने रास्वपाका नेताहरू पार्टी कार्यालय वनस्थलीमा बाली जोगाउन वन्यजन्तुलाई थापेको पासोमा करेन्ट लागेर बालिकाको मृत्यु, २ जना घाइते सुनको मूल्य प्रति आउन्स २ हजार ७ सय डलर नाघ्यो