Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

वर्षौंपछि श्रीमतीलाई देख्न पाउँदा शर्मा र विक दंग

२०७४, ५ माघ शुक्रबार ०६:५५

ध्रुवसागर शर्मा/ माघ ५, म्याग्दी | आठ वर्षअघि आँखाले देख्न छोडेपछि निकै कष्टकर जीवन बिताउँदै आएका बेनी नगरपालिका–४, सिंगा डाँडाखेतका खिमनाथ शर्मा आठ वर्षपछि आँखा देख्न सक्ने हुनुभएको छ । 

म्याग्दीमा रहेको लायन्स क्लबको आयोजनामा सदरमुकाम बेनीमा सञ्चालित दुई दिने निःशुल्क आँखा शिविरमा मोतियाबिन्दुको शल्यक्रिया सफल भएपछि आठ वर्षपछि श्रीमती पार्वती शर्मालाई देख्न पाउँदा शर्मा दंग पर्नुभएको हो । 

आँखा देख्ने भएपछि शर्माले आफ्नो उपचारमा खटिएका चिकित्सकलाई धन्यवाद दिँदै श्रीमती पार्वती शर्माले गरेको दुःख अब आफूले गर्ने बताउँदै घर फर्किनुभयो । वैदेशिक रोजगारीका सिलसिलामा खाडी मुलुकमा २४ वर्ष बिताएका शर्माले आठ वर्षपछि श्रीमतीलाई देख्न पाएको बताउनुभयो । 

यसैगरी, शर्माजस्तै तीनवर्ष अघि आँखाले देख्न छोडेपछि अरुको सहारामा जीवन बिताउँदै आएका बेनी नगरपालिका–५, पुलाचौरका हर्कबहादुर विक तीन वर्ष पछि आँखा देख्न सक्ने हुनुभएको छ । तीनवर्ष पछि श्रीमती लालकुमारी विकलाई देख्न पाउँदा विक पनि दंग पर्नुभएको छ । 

उमेरले ६५ काटेका विकलाई आँखा बन्द भएपछि रात र दिन एकै लाग्थे । बूढेसकालमा आँखाले समेत धोका दिएपछि श्रीमतीको सहयोगमा दिन बिताउने गर्नुहुन्थ्यो । शरीर र हात पाखुरा कमजोर भएपनि विकका आँखामा दृष्टि फर्किए पछि आफू युवा अवस्थामै फर्किएको महसुस भएको उहाँले बताउनुभयो । 

केही दिन अगाडि बेनीमा आयोजित निःशुल्क आँखा शिविरमा म्याग्दीको सदरमुकाम बेनीमा सक्रिय रहेका लायन्स क्लबले आयोजना गरेको शिविरमा लामो समयसम्म आँखा बन्द भएका बिरामीको आँखा खुलेपछि खुशियाली छाएको छ । 

आँखा देख्नसक्ने भएपछि हिमालयन आँखा अस्पताल, पोखराका डा हरिविक्रम अधिकारीको नेतृत्वमा आएको टोलीलाई बिरामीले धन्यवाद दिँदै घर फर्किएका लायन्स क्लब बेनी महारानीकी अध्यक्ष प्रमिला श्रेष्ठले बताउनुभयो । 

“वृद्धवृद्धाको अनुहारमा खुशी देख्नु नै ठूलो सेवा हो । लायन्स सेवाका लागि समर्पित छ भन्ने पुष्टि समाजमा भइसकेको छ” उहाँले भन्नुभयो । शिविरमा ४६ जनाको मोतियाबिन्दुको शल्यक्रिया, चारजनाको सामान्य शल्यक्रियासहित १५० जनाभन्दा बढीले सेवा लिएका थिए । शिविरमा अधिकांशको दाहिने आँखामा समस्या भेटिएको डा अधिकारीले बताउनुभयो । 

लायन्सले स्वास्थ्य, शिक्षालगायत विभिन्न सामाजिक कार्यमा सहयोग गर्ने गरेको छ । जिल्लाको दुर्गम क्षेत्रमा जनचेतनाको अभाव, आर्थिक अवस्था कमजोर र रोग लुकाउने गरिएकाले पनि आँखाको समस्या भएका धेरै बिरामी स्वास्थ्य सेवाको पहुँच बाहिर रहेका छन् । 

गत महिना मलेसियामा व्यवसाय गर्ने बेनी नगरपालिका–१, रत्नेचौर स्थायी घर भएका दीपक बोगटीले स्व पिता ओमबहादुर बोगटी र भाइ लोकेश बोगटीको स्मृतिमा पश्चिम म्याग्दीको मालिका गाउँपालिकामा आयोजना गरेको आँखा शिविरमा ७०२ जनाले सेवा लिएका थिए । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित