२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

लमहीमा झण्डै ९ करोड लगानीमा ब्यापारीक भवन बन्दै

१५ कार्तिक २०७२, आईतवार ०९:१५

सन्तोषकुमार गुप्ता । कात्तिक १५, देउखुरी । पूर्व—पश्चिम राजमार्गले छोएको दाङ देउखुरीको लमहीमा ठूलो लगानीमा बहुउद्देश्यीय ब्यापारीक भबन बन्न थालेको छ । लमही नगर विकास समितिले आफ्नै लगानीमा ब्यवस्थित ब्यापारका लागि बहुउद्देश्यीय ब्यापारीक भबन बनाउन थालेको हो ।

पूर्व—पश्चिम राजमार्गसँग सटेको साढे ४ कठ्ठा जग्गामा निर्माणाधिन भवनको अनुमानित लागत ८ करोड ३३ लाख २४ हजार ९३ रुपैयाँ छ । अण्डर ग्राउण्ड पार्किङसहित साढे ८ तल्लाको भवन निर्माण गरिनेछ । यो भवन मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चलकै पहिलो हुने दाबी गरिएको छ ।

‘ब्यवस्थीत बजारकालागि यो भवन बनाउन थालेका हौं,’ लमही नगर विकास समितिका अध्यक्ष घनश्याम सुवेदीले भने, ‘पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका मानिस लमही हुँदै ओहोर(दोहोर गर्छन्, उनीहरु सबैलाई सुविधा पुग्ने विश्वास छ ।’ झण्डै ९ करोडको लागत स्टिमेट तयार पारिएको भवनको अहिले जग (फ्रेम स्ट्रक्चर) बनाउने काम भैरहेको छ । यो काम चक्रेश्वरीरशिव शक्ति जे.भी. सानेपाले ठेक्कामा लिएको छ । ०७३ जेठ मध्यमा भवनको फ्रेम स्ट्रक्चर बनाउने काम सक्ने लक्ष्य राखिएको छ ।राजमार्गदेखि दुई तला अण्डरग्राउण्ड हुने छ । जहाँ पार्किङ्गको सुविधा रहने लमही नगर विकास समितिका सबईञ्जिनियर तुलसीराम अर्यालले जानकारी दिए ।

‘यो भवन मल्टिप्रपोज्जडका लागि हो, बैंक, होटेल, आधुनिक फिल्म हल जेमा पनि प्रयोग गर्न सकिन्छ,’ उनले भने, ‘छरिएर रहेको बजारलाई एकीकृत गर्न सकिन्छ, सबै सामान पाइने महलको रुपमा स्थापीत गर्न सकिन्छ ।’ घडेरी बिक्रीबाट जम्मा भएको रकम भवन निर्माणमा लगानी गरिएको छ । उक्त भवनबाट नगर विकास समितिको आन्तरिक आयश्रोत थप वृद्धि हुने विश्वास गरिएको छ ।

नगर विकास समितिले हाल लमहीमा बसपार्क, केही भवन र सटरहरु भाडामा लगाएको छ । त्यहीबाट आएको मासिक आम्दानीले कर्मचारीको तलब र कार्यालय सञ्चालन गर्दै आएको छ । स्थानीय स्तरमा ठूलो लगानीमा ब्यापारीक भवन बन्न थालेपछि देउखुरी क्षेत्रमा छुट्टै चहल पहल छ । दीर्घकालीन ब्यवसायका लागि अधिकांशको रोजाई सोही ब्यापारीक भवन बन्ने देखिएको छ ।

उक्त आधुनिक र सुविधा सम्पन्न ब्यापारिक भवनमा आफूहरुको पनि पहुँच होस् भन्ने साना व्यापारीहरुको माग छ । ‘सबै राम्रो हुँदै गयो भने एउटा सटरसम्म भाडामा लिने योजना बनाएको छु,’ स्थानीय व्यापारी भेषराज भट्टराईले भने, ‘साना ब्यापारीहरुको पहुँच पनि यस्ता भवनमा हुनुपर्छ, योजना बनाउँदा नगर विकास समितिले ख्याल गरिदियोस् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य