२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

ऐरावती क्याम्पसको भेला सम्पन्न, उपभोक्ता समिती गठन

१८ कार्तिक २०७२, बुधबार ००:४४

Dang news

सन्तोषकुमार गुप्ता । कात्तिक १७, भालुवाङ । देउखुरीको ऐरावती आर्दश बहुमुखी क्याम्पस लालमटियाको थप भौतिक सुधार गर्न आर्थिक बर्ष २०७२÷०७३ मा जिल्ला विकास समिती दाङ्ग र लालमटिया गाविसबाट विनियोजित रकमबाट निर्माण कार्य सम्पन्न गर्न मंगलबार क्याम्पस प्रगाणमा आम भेला सम्पन्न भएको छ ।

आर्थिक बर्ष २०७२/०७३ मा बिनियोजित ९ लाख बराबरको योजना सम्पन्न गर्न भेलाले दुई वटा छुट्टाछुट्टै भवन निर्माण उपभोक्ता समिती गठन गरेको छ । जस अन्र्तगत यस बर्ष क्याम्पसको भौतिक सुधारका लागि जिल्ला विकास समिती दाङ्गबाट ७ लाख र लालमटिया गाविसबाट २ लाख ८८ हजार रकम विनियोजिन गरिएकोे क्याम्पस प्रमुख बिष्णुप्रसाद भुसालले जानकारी दिए । विनियोजित रकमबाट योजना सम्पन्न गर्न उपभोक्ता समिती गठन गर्ने प्रबाधन अनुरुप दुई वटा छुट्टाछुट्टै भवन निर्माण उपभोक्ता समिती गठन गरिएको हो । जस अन्र्तगत जिल्ला विकास समितीको योजना सम्पन्न गर्न क्याम्पस सञ्चालक समितीका उपाध्यक्ष युवराज न्यौपानेको अध्यक्षतामा ९ सदस्यीय भवन निर्माण उपभोक्ता समिती गठन गरेको छ । जसको उपाध्यक्षमा रमेशमान गुरुङ्ग, ुसचिवमा तिलक अधिकारी, कोषाध्यक्षमा पूर्णामा आचार्य, सदस्यहरुमा केशरबहादुर रोका, सरस्वता पौडेल, हस्ता आचार्य, शान्ति सुनार र जोहरमान मियाँ रहेका छन् । त्यस्तै भेलाले लालमटिया गाविसले यस बर्ष विनियोजन गरिएको योजना सम्पन्न गर्न क्याम्पस सञ्चाचलक समितीका सदस्य मेनुका शर्माको अध्यक्षमा ७ सदस्यीय भवन निर्माण उपभोक्ता समिती गठन गरेको छ । जसको उपाध्यक्षमा रामनाथ आचार्य, सचिवमा रामकृष्ण आचार्य, कोषाध्यक्षमा मालिका आचार्य, सदस्यहरुमा सुमित्रा आचार्य, दुखराम सार्की र जीवन गुप्ता रहेका छन् ।

Arawati

गठित समितीले एक हप्ता भित्रबाट काम शुरु गरी असार मसान्त सम्म निर्माण कार्य सम्पन्न गरिने क्याम्पस प्रमुख तथा क्याम्पस सञ्चालक समितीका सदस्य सचिव बिष्णुप्रसाद भुसालले जानकारी दिए । क्याम्पस अहिले आफ्नै भवनबाट सञ्चालनमा आए भएको ता पनि भौतिक निर्माण पूर्ण रुपले भने तयार भई सकेको छैन । क्याम्पसको भौतिक संरचना पूर्ण रुपले सम्पन्न गर्न करिब एक करोड रकम आवश्यकता रहेको बताईएको छ ।

क्याम्पस सञ्चालक समितीका अध्यक्ष सुर्यप्रकाश शर्माको अध्यक्षतामा भएको भेलामा गाविस भरिका एक सय बढी समाजिक अगुवाहरुको सहभागिता रहेको थियो । भेलाको सहजीकरण क्याम्पस प्रमुख तथा क्याम्पस सञ्चालक समितीका सदस्य सचिव बिष्णुप्रसाद भुसाल र लालमटिया गाविसकी समाजिक परिचालक सन्तोषी चपाईले गरेकी थिईन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य