2026-08-26 05:31 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

सेनाको रासन ठेक्का बिषय निराधार हो: एनआरके सप्लायर्स

चिसाङ शेर्पा माघ ५, खोटाङ । रुपाकोट कन्ट्रक्सन प्रालि लगायत अन्य कम्पनीले शेरगण मुढे ब्यारेकको रासनका लागि ठेक्का हाल्न भौचर खरिद गर्न जानेक्रममा एनआरके सप्लायर्सले अवरोध गरेको भन्ने प्रचारबाजी निराधार भएको बताएको छ । 

सेनाको रासन ठेक्काको बिषय लिएर निराधार रुपमा आफ्नो बद्नाम गर्न खोजेको भन्दै ठेकेदार कम्पनी एनआरके निर्माण सेवाका कुमार आचार्यले आपत्ति जनाएका हुन् ।

उक्त ठेक्का प्रक्रियामा आफ्नो कम्पनीको कुनै संलग्नता नै नरहेको अवस्थामा अवरोध गरेको भन्दै रुपाकोट कन्ट्रक्सन प्रालि दिक्तेल, विक्रम खाद्य स्टोर साँगा, लक्ष्मी सप्लायर्स काभ्रे र राजापानी सप्लायर्स काठ्माण्डौंले पुःन ठेक्काको माग गरेर आफ्नो बद्नामी गर्न खोजेकोमा कम्पनीले खण्डन गरेका छन् । 

एनआरके निर्माण सेवाका कुमार आचार्यले भन्नुभएको छ, “एनआरके निर्माण सेवा ठेक्कामा संलग्न छैन्, तर एनआरकेको नाम जोडेर रुपाकोट कन्ट्रक्सन प्रालिका प्रमुख निमा शेर्पाले बदनाम गर्ने प्रयास गरेका छन्, त्यो सवै झुट हो ।”

एनआरके निर्माण सेवाप्रति चार सप्लायर्स कम्पनीले बैंक भौचर किन्न पुगेका आफ्ना प्रतिनिधिलाई भौचर भर्न नदिएको, भौचर खोसेको, च्यातिदिएको र धम्की दिएर ठेक्कामा सहभागी हुनबाट बञ्चित गराइएको निवेदनमा उल्लेख गर्दै संचारमाध्यममा पठाएको निवेदन निराधार भएको जनाईएको छ  । 

चार सप्लायर्सले  आपुर्ती तथा परिवहन निर्देशनालय जंगी अड्डा काठ्माण्डौं समक्ष छानबीन गर्न तथा पुःन ठेक्काका लागि उजरी पठाएको जनाएका थिए । उजुरीमा निरंकुश र गुण्डागर्दी शैलीमा आफुहरुलाई ठेक्कामा भाग लिनबाट बञ्चित गराएकाले बिरोध गर्नुपरेको बताएका थिए । नेपाली सेनाको पृतनापति इटहरी, बाहिनी अड्डा गाइघाट र जिल्ला प्रशासन कार्यालयलाई बोधार्थ दिएको जनाएको थियो । 

वार्षिक ५ करोडको रासन ठेक्काका लागि गत पुस १६ गते दोस्रोपटक सूचना प्रकाशित भएको थियो । तर सूचना अनुसार ठेक्का हाल्न इजिवि सिस्टमार्फत विश्वभरीबाट पाईने थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा संसदीय दलको आकस्मिक बैठक बस्दै नेप्से परिसूचक ३५.९२ अंकले घट्यो जुनसुकै चुनौती सामाना गर्न सक्ने राष्ट्रिय सामर्थ्य हामीसँग छ: रवि लामिछाने भोटेकोशी–त्रिशूली बाढीको ठूलो क्षतिः १९ पुलमा क्षति, ४० किलोमिटर सडक भत्कियो भोटेकोशी बाढीबाट ३८४ पर्यटक सम्पर्कविहीन कोशी नदी खतरा तहमा, सुनसरी–सप्तरीमा सतर्कता अपनाउन आग्रह मन्त्रिपरिषद् बैठकका १० निर्णय सार्वजनिक रसुवा, नुवाकोट र धादिङ तीन महिना संकटग्रस्त क्षेत्र घोषणा प्रतिनिधि सभाको बैठक शुरू भोटेकोशी बाढीको त्रासः नुवाकोट र धादिङमा ७ शव फेला, खोजी तथा उद्धार जारी रसुवा हुँदै आएको बाढीले धादिङको सदरमुकाम जाने फुर्केखोलाको पुल बगायो प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक कैलाश मानसरोवर जान हिँडेका ५० पर्यटक सम्पर्कविहीन भोटेकोशी बाढीप्रति प्रचण्डको चिन्ताः नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन अपिल नागरिकको जीवनरक्षा पहिलो प्राथमिकता बनाउन रवि लामिछानेको अपिल त्रिशूलीमा बाढीको सतह बढ्दोः मलेखु र गल्छीका बस्ती सुरक्षित स्थानमा सारिँदै प्रधानमन्त्री शाहले बोलाए आपत्कालीन विपद् परिषद्को बैठक रसुवामा भीषण बाढीः १९ प्रहरी सम्पर्कविहीन, उद्धारमा हेलिकप्टर परिचालन खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’