१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

सेनाको रासन ठेक्का बिषय निराधार हो: एनआरके सप्लायर्स

५ माघ २०७४, शुक्रबार १५:०१

चिसाङ शेर्पा माघ ५, खोटाङ । रुपाकोट कन्ट्रक्सन प्रालि लगायत अन्य कम्पनीले शेरगण मुढे ब्यारेकको रासनका लागि ठेक्का हाल्न भौचर खरिद गर्न जानेक्रममा एनआरके सप्लायर्सले अवरोध गरेको भन्ने प्रचारबाजी निराधार भएको बताएको छ । 

सेनाको रासन ठेक्काको बिषय लिएर निराधार रुपमा आफ्नो बद्नाम गर्न खोजेको भन्दै ठेकेदार कम्पनी एनआरके निर्माण सेवाका कुमार आचार्यले आपत्ति जनाएका हुन् ।

उक्त ठेक्का प्रक्रियामा आफ्नो कम्पनीको कुनै संलग्नता नै नरहेको अवस्थामा अवरोध गरेको भन्दै रुपाकोट कन्ट्रक्सन प्रालि दिक्तेल, विक्रम खाद्य स्टोर साँगा, लक्ष्मी सप्लायर्स काभ्रे र राजापानी सप्लायर्स काठ्माण्डौंले पुःन ठेक्काको माग गरेर आफ्नो बद्नामी गर्न खोजेकोमा कम्पनीले खण्डन गरेका छन् । 

एनआरके निर्माण सेवाका कुमार आचार्यले भन्नुभएको छ, “एनआरके निर्माण सेवा ठेक्कामा संलग्न छैन्, तर एनआरकेको नाम जोडेर रुपाकोट कन्ट्रक्सन प्रालिका प्रमुख निमा शेर्पाले बदनाम गर्ने प्रयास गरेका छन्, त्यो सवै झुट हो ।”

एनआरके निर्माण सेवाप्रति चार सप्लायर्स कम्पनीले बैंक भौचर किन्न पुगेका आफ्ना प्रतिनिधिलाई भौचर भर्न नदिएको, भौचर खोसेको, च्यातिदिएको र धम्की दिएर ठेक्कामा सहभागी हुनबाट बञ्चित गराइएको निवेदनमा उल्लेख गर्दै संचारमाध्यममा पठाएको निवेदन निराधार भएको जनाईएको छ  । 

चार सप्लायर्सले  आपुर्ती तथा परिवहन निर्देशनालय जंगी अड्डा काठ्माण्डौं समक्ष छानबीन गर्न तथा पुःन ठेक्काका लागि उजरी पठाएको जनाएका थिए । उजुरीमा निरंकुश र गुण्डागर्दी शैलीमा आफुहरुलाई ठेक्कामा भाग लिनबाट बञ्चित गराएकाले बिरोध गर्नुपरेको बताएका थिए । नेपाली सेनाको पृतनापति इटहरी, बाहिनी अड्डा गाइघाट र जिल्ला प्रशासन कार्यालयलाई बोधार्थ दिएको जनाएको थियो । 

वार्षिक ५ करोडको रासन ठेक्काका लागि गत पुस १६ गते दोस्रोपटक सूचना प्रकाशित भएको थियो । तर सूचना अनुसार ठेक्का हाल्न इजिवि सिस्टमार्फत विश्वभरीबाट पाईने थियो । 






प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार