२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

स्वर्गीय बेल्लबासेको सम्झनामा ऋषि पुल

२१ कार्तिक २०७२, शनिबार ०८:२०

सन्तोषकुमार गुप्ता/ कात्तिक २१, भालुवाङ्ग । देउखुरीको लालमटिया स्थीत भालुवाङ्ग पुल्चोकको प्यूठान चोक देखि प्यूठान रोल्पा सडक खण्ड अन्र्तगत निमार्ण्धिन भालुवाङ्ग बसपार्क पर्ने भालु खोलामा निर्माण गरिएको पुलको नाम शुक्रबार देखि ऋषि पुल नामकरण गरिएको छ ।

dang1
गत कात्र्तिक १ गते भालुवाङ्ग पुरानो बजार निवासी युवा समाजसेवी ऋषि बेल्बासेको सोही भालु खोलामा मोटरसाईकलमा परि दुखद निधन भएको थियो । बेल्बासेको सम्झनामा दुर्घटना स्थल पुलको नाम ऋषि पुल राखिएको हो । युवा जागरण मञ्च पुल्चोक भालुवाङ्गले पुल्चोक बजार र भालुवाङ्ग पुरानो बजारको बचिमा पर्ने उक्त दुर्घटना स्थल भालु खोलामा रहेको पुलको नाम स्वर्गीय ऋषि बेल्बासे नामकरण गरी एक समारोहका बीच शुक्रबार नै साईनबोड स्थापना गरिएको छ । मञ्चले आफ्नै लगानीमा उक्त साईनबोर्ड स्थापना गरेको मञ्चले जनाएको छ ।

dang

दुर्घटना स्थल पुलको नाम ऋषि पुल राख्दा शोकाकुल बेल्बासे परिवार संगै भालुवाङ्ग पुल्चोक बासीलाइृ सान्तवना मिल्नुका साथै अगामी दिनमा उक्त ठाउँमा हुन सक्ने सडक दुर्घटनामा समेत कमी आउने बिश्वास लिएका छौँ मञ्चका अध्यक्ष प्रेम खत्रीले भने । यस अघि पनि उक्त पुल तथा खोलामा दर्जनौ सडक दुर्घटना भएको थियो । मञ्चका अध्यक्ष प्रेम खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले लालमटिया गाउँ पार्टी सचिव टोपबहादुर झाँक्री, राप्ती उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष ऋषिराम आचार्य, संघकै उपाध्यक्ष रामबहादुर सुनार, भालुवाङ्ग खानेपानी तथा सरसफाई उपभोक्ता समितीका अध्यक्ष कमल केसी, भालुवाङ्ग नगर विकास समितीका कार्यालय प्रमुख बिनोद भुसाल, सोही कार्यालयका लेखापाल शिशिर जिसी, सामुदायिक प्रहरी सेवा केन्द्रेका उपाध्यक्ष ऋषिराम बस्नेत, युवा समाजसेवी हेमराज रोकामगर, पत्रकारहरु सन्तोषकुमार गुप्ता, बिदुर एमसी, जमिर शाह र धुब्र बेल्बासेले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन मञ्चका उपाध्यक्ष माधव खनालले गरेका थिए ।

दिवंगत बेल्बासे स्वर्गीय बुवा देवीप्रसाद बेल्बासे र आमा निलम बेल्बासेका जेष्ठ सुपत्र हुन् । भालुवाङ्ग क्षेत्रमा लोक प्रिय युवा समाजसेवी तथा प्रशिद्ध व्यपारीको रुपमा चिनिने बेल्बासेकी आमा, धर्मपत्नी, दुई छोरी, एक छोृरा र एक भाई छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य