2026-10-18 10:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

कर्णको ह्याट्रिकमा धनकुटा विजयी

karna news

प्रकाश धौलाकोटी । बैशाख १४, तेह्रथुम । तेह्रथुमको बसन्तपुरमा जारी दोस्रो लालीगुराँस गोल्ड कप फुटबल प्रतियोगिता अन्तर्गत आजको खेलमा बेलबारी फुटबल क्लब मोरङलाई ३–० ले पराजित गर्दै सिंहदेवी युवा क्लब, सिधुवा धनकुटा सेमीफाइनलमा उक्लिएको छ ।

बसन्तपुरस्थित मैदानमा भइरहेको प्रतियोगिता अन्तर्गत आज भएको अन्तिम क्वाटर फाइनलमा जर्सी नं.का १० खेलाडी कर्ण लिम्बुको ह्याट्रिकमा धनकुटाले सेमीफाइनल यात्रा तय गरेको हो । कर्णले खेलको ३४ औँ, ५७ औँ र ७१ औँ मिनेटमा उत्कृष्ट गोल गर्दै धनकुटालाई अग्रता दिलाएका हुन् । प्रतियोगिता अन्तर्गत जनजागृति युवा क्लब, धनकुटा, दोर्जे गियर प्रालि काठमाडौँ र टिडब्लुवाईसी क्लब विराटनगर यसअघि नै सेमीफाइनलमा प्रवेश गरिसकेका छन् ।

अब सेमीफाइनलतर्फका खेलमा भोलि जनजागृति युवा क्लब हिले धनकुटा र टिडब्लुवाईसी विराटनगर तथा दोर्जे गियर प्रालि काठमाडौँ र सिंहदेवी युवा क्लब सिधुवा धनकुटाबीच खेल हुने आयोजक पाथीभरा युवा सामुदायिक क्लबले जनाएको छ । प्रतियोगिताको फाइनल खेल भने बैशाख १७ गतेमात्र हुनेछ ।

गुराँसको राजधानी तीनजुरे मिल्के जलजलेसहित यहाँका पर्यटकीय क्षेत्रको प्रवर्धनकालागि आयोजित प्रतियोगितामा काठमाडौँसहित पुर्वान्चलका आठ टिम सहभागी छन् । प्रतियोगिताको विजेताले १५ ग्राम सुनजडित १ सय २० तोला चाँदीको गोल्ड कपसहित नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ र उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु