2026-09-19 02:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

तामाकोशी गाउँपालिका वडाध्यक्षले गरे दृष्टिविहीनलाई सहयोग

माघ ६, दोलखा । तामाकोशी गाउँपालिका वडा नं १ का वडाध्यक्षले आफ्नो भत्ताबापतको रकम दृष्टिविहीन बालकलाई शुक्रबार प्रदान गर्नुभएको छ । 

अध्यक्ष महेश्वर काफ्लेले सोही वडाका दुई दृष्टिविहीन बालकलाई भत्ताबापतको रु आठ हजार ७७५ र अमेरिका निवासीसानु शेर्पाको रु पाँच हजार गरी एकमुष्ट रु १३ हजार ७७५ सहयोग गर्नुभएको हो । 

विभिन्न तालीम गोष्ठीबाट आफूलाई भत्तास्वरुप प्राप्त रकम विपन्न तामाकोशी– १ माझीगाउँका शंकर माझीका दृष्टिविहीन दुई छोरा सुरेन्द्र र राजेन्द्रलाई अध्ययनका लागि सहयोग गरिएको अध्यक्ष काफ्लेले जानकारी दिनुभयो । 

उनीहरु दुवै जन्मजातै दृष्टिविहीन छन् । आफूहरु दुइटै आँखा नदेख्ने भए पनि अवसर पाए भविष्यमा संगीत सिकेर गायक बन्ने लक्ष्य रहेको सुरेन्द्रले बताए । 

सो रकमले उनीहरुलाई संगीत कक्षामा भर्ना गरिने बुवा शंकरले जानकारी दिनुभयो । पाँच सन्तानका पिता शंकरको आर्थिक अवस्था दयनीय छ । 

माछा मारेर जीवन धानेका यी माझीका दुई छोरा केही वर्षयता चरीकोटस्थित कालिञ्चोक माविले सञ्चालन गरेको छात्रावासमा बसेर पढ्दै आएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई