३ कार्तिक २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

मधेस आन्दोलनमा भारतीय संलग्नता प्रमाणित हुँदैछ: पूर्वप्रम नेपाल

२१ कार्तिक २०७२, शनिबार ०९:२०

सन्तोषकुमार गुप्ता/कात्तिक २१, दाङ्ग । नेपाल सरकारका पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले मधेस आन्दोलनमा भारतीयको संलग्नता प्रमाणित हुँदै गएको बताउनुभएको छ । प्रेस चौतारी नेपाल दाङले शनिबार दाङको घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपालले बिगत २ महिनादेखि नेपालको मधेसमा जारी आन्दोलनमा भारतीयको संलग्नता भएको भएको पछिल्ला घटनाक्रमबाट पुष्टि हुँदै गएको बताउनुभएको हो ।

आन्दोलनमा भारतको संलग्नता छ भन्ने प्रमाण फेला पर्दै गएको दाबी गर्दै नेकपा एमालेका वरिष्ठ नेता समेत रहनुभएका नेपालले आन्दोलनमा भारतीय नागरिक मारिनु, पेट्रोल बमसहित भारतीय नागरिकहरु फेला पर्नु र आन्दोलनकारीहरुलाई सीमापारि लगेर खाना खुवाइनुले मधेस आन्दोलनमा भारतीयहरुको संलग्नता भएको पुष्टि हुँदै गएको बताउनुभयो । ‘आन्दोलन मधेसी जनताको होइन । मधेस केन्द्रीत केही दलहरुको हो’, नेता नेपालले भन्नुभयो, ‘मधेसका केही दलहरुको स्वार्थपूर्तिका लागि भारतले असल छिमेकीको सम्बन्ध तोड्नुहुँदैन । छिमेकीलाई समस्यामा पार्नुहुँदैन ।’ नेपालको आन्तरिक मामिला नेपालीहरु बसेर आफै मिलाउने बताउँदै नेपालले हस्तक्षेपकारी भूमिका निर्वाह नगर्न भारत सरकारलाई आग्रह गर्नुभयो । ‘हामी आफ्नो समस्या आफै बसेर मिलाउन तयार छौं । हाम्रो आन्तरिक मामिलामा हस्तक्षेप गर्ने भारत हाम्रो छिमेकी या मालिक ?’, नेता नेपालले प्रश्न गर्नुभयो, ‘आफ्नो देशभित्रको आन्तरिक समस्या हल गर्न नसक्ने भारतले नेपालमा किन हस्तक्षेप गर्दैछ ?’ नेपालको मधेसमा आन्दोलन भइरहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहक्षेत्र गुजरातमा पटेल समुदायको पनि आन्दोलन भइरहेको भन्दै पूर्व प्रधानमन्त्री नेपालले गोर्खाल्याण्डलगायतका क्षेत्रमा समेत भइरहेका समस्या समाधान गर्न भारतीय प्रधानमन्त्री मोदीलाई आग्रह गर्नुभयो । ‘आन्दोलन नेपालमा मात्र होइन भारतमा पनि भइरहेका छन् । हामीले भारतमा भएका आन्दोलनको बारेमा कहिल्यै बोलेनौं, भारत किन नेपालमा हस्तक्षेप गर्दैछ’, नेपालले भन्नुभयो, ‘हामी भारतलाई छिमेकीको भूमिकामा आउन आग्रह गर्दछौं ।’
अर्को प्रसंगमा बोल्दै पूर्व प्रधानमन्त्री नेपालले १९५० को सन्धी पुनरावलोकन गर्नुपर्ने बताउनुभयो । एमालेले पहिलेदेखि नै १९५० को नेपाल–भारत सन्धीको पुनरावलोकन गर्नुपर्ने माग गर्दै आएको स्मरण गर्दै नेपालले एक्काइसौं शताब्दीको धरातलमा टेकेर १९५० को दुई देशीय सन्धीको पुनःव्याख्या गर्नुपर्ने बताउनुभयो । संसदमा पेश भएको संविधान संशोधन विधयकमा भाषा नमिलेकाले केही काटछाँट गरेर अगाडि बढिने नेता नेपालको भनाइ थियो । सीमांकनको विषयमा भारतको चासोले चौतर्फि चिन्ता बढाएको भन्दै नेता नेपालले भारतीय मिडियाले नेपाल टुक्राउने समाचार लेखिरहँदा भारतले नेपालमाथिको हस्तक्षेप गरेकाले चिन्ता बढाएको बताउनुभयो । नेपालीहरुलाई बैदेशीक हस्तक्षेप स्विकार्य नभएका भारतीय एमाधीकार तोडी उत्तरी छिमेकी चीनसँग सम्बन्ध बिस्तार गरेको बताउनुभयो । आगामी निर्वाचनसम्म सत्तापक्ष प्रतिपक्ष नहुने वातावरण तयारका लागि एमाले अघि बढेको भन्दै बिगतको समीक्षा गरेर अघि बढ्न नेपाली कांग्रेसलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायली हमलाबाट मृत्यु हुने प्यालेस्टिनीको संख्या ४२ हजार पुग्यो रास्वपा प्रवक्ता मनिष झाले भने : देउवा लोकतन्त्रका सबैभन्दा ठूला ठग हुन् रवि लामिछाने पक्राउको विरोधमा रास्वपाका कार्यकर्ताले गरे पोखरामा प्रदर्शन मलेसिया सरकारले बढायो श्रमिकको तलब, अब न्यूनतम तलब १७०० रिंगेट काठमाडौं महानगरले पर्यटन प्रवर्द्धनका लागि आज बसन्तपुरमा सांस्कृतिक कार्यक्रम गर्दै चितवनमा जनयुद्ध लडेका नेताहरुलाई एउटै मन्चमा ल्याउने प्रयास रवि लामिछाने लक्षित सूर्य थापाको व्यङ्ग्य लामिछानेविरुद्ध सहकारी ठगी र सङ्गठित अपराधमा अनुसन्धान हुने न्युजिल्यान्ड १४ वर्षपछि महिला विश्वकपको फाइनलमा आजको मौसम : देशका केही भूभागमा वर्षा हुने पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने कास्की प्रहरीको हिरासतमा रवि पक्राउ पछि सीके राउतको प्रतिक्रिया: ‘सुनौलो भविष्य बोकेको कोपिला निमोठिएको हो’ सभापति लामिछाने पक्राउ: राजनीतिक पूर्वाग्रह साफ वुमन्स च्याम्पियनसिप: नेपाल र भुटानबीचको खेल गोलरहित बराबरीमा सकियो रविलाई रिजालको जवाफ, ‘सरकार मरेको होइन, सक्रिय भएको हो’ रवि लामिछानेसहित को-को विरुद्ध छ पक्राउ पुर्जी ? रविलाई पक्राउ गर्न रास्वपा कार्यालय पुग्यो सीआईबीको टोली रवि लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी पुनःनिर्माणका काममा लाग्न तीनै तहका सरकारलाई प्रधानमन्त्री ओलीको आग्रह पेट दुख्ने समस्या लिएर अस्पताल पुगेका युवकको आन्द्रामा जिउँदो साङ्लो भेटिएपछि..