२०८३, ९ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

काँग्रेसको नेतृत्वमा मात्र देशले निकास पाउँछ : चौधरी

२०७२, २३ कार्तिक सोमबार ०७:२५

सन्तोषकुमार गुप्ता, कात्तिक २३, भालुवाङ्ग ।

नेपाली काँग्रेस क्षेत्र नम्बर २ की सभासद् शुशिला चौधरीले देशको वर्तमान राजनितिक निकास नेपाली काँग्रेसको नेतृत्वमा मात्र सम्भव भएको बताईएकी छिन् ।
नेपाली काँग्रेस लालमटिया ईकाई समितीले दशैँ, तिहार, छट, बकरिद तथा किसमस डे को अवसरमा आईतबार लालमटियाको मौरीघाटमा आयोजना गरेको शुभकामना आदान—प्रदान तथा चियापान कार्यक्रममा बोल्दै सभासद् चौधरीले यस्तो बताईन् । उनले नेपाली काँग्रेसको नेतृत्वमा तत्कालिन बिद्रोही पार्टी माओवादी संंग बिस्तृत शान्ति सम्झौता देखि लोकतान्त्रिक संविधान जारी सम्म एतिहासिक उपलब्धी हासिल गरेको चर्चा गदै अहिलेको निकास पनि काँग्रेसको नेतृत्व बिना सम्भव नभएको बताईन् । जब—जब देशमा संकट आउँछ तब—तब नेपाली काँग्रेस जनताको बचिमा रहेर जनभावना बमोजिम काम गदै आएको बताउँदै सभासद् चौधरीले आन्दोलनरत मधेशबादी दलहरु बार्ता र सम्वादबाट निकास खोज्ज आग्रह समेत गरिन् । नयाँ संविधान जारी संगै भारतले गरेको अघोषित नाकाबन्दी छिमिकीले गर्ने व्यवहार भने पटक्कै ठीक नभएको बताउँदै कार्यक्रमकी प्रमुख आतिथी समेत रहेकी चोधरीले नेपालको आन्तरिक मामिलामा अनावश्यक दबाब नदिन आग्रह समेत गरिन् ।
नेपाली काँग्रेस लालमटिया ईकाई समिती सभापति नुमानन्द सुवेदीको सभापतित्वमा भएको कार्यक्रममा बोल्दै बिशिष्ट अतिथी पूर्व सांंसद कृष्णकिशोर घिमिरे अहिलेको महाधिवेशन एकता र राष्ट्रियताको अधिवेशन भएको बताए । काँग्रेसलाई जनताको घर दैलो सम्म ब्यापक बनाउन संगठानात्मक अभियान लाग्न समेत सबै नेत कार्यकर्ताहरुलाइृ आग्रह समेत गरे । उनले काँग्रेसको आन्तरिक बिबादकै कारण राष्ट्रपति र प्रधानमन्त्री गुमाउनु परेको भए पनि सत्ता सञ्चालनको गतिलो अनुभव काँग्रेस बाहेक अरु संग नभएको बताउँदै घिमिरेले केपी ओलीको गठबन्धनको लामो आयु समेत नरहेको दाबी गरे ।
त्यस्तै काँग्रेसकै जिल्ला सचिव कमलबिशोर घिमिरेले अहिलेको राजनितिक समस्याहरु राजनितिक रुपले नै समाधान तर्फ लाग्नु पर्ने बताए । उनले काँग्रेस जोगी होइन् सत्ताका लागि नेपाली काँग्रेस होईन् सत्ता गठबँधनका लागि काँग्रेसलाई घेराबन्दी गर्न खोज्दा सरकारी बाहिर बस्नु परेको बताए ।
काँग्रेस लालमटिया ईकाई समिती उपाध्यक्ष रामप्रसाद चौधरीको स्वागत मन्तव्यबाट शुरु भएको चियापान कार्यक्रममा बोल्ने बक्ताहरुले भारतले गरेको अघोषित नाकाबन्दीको चर्को बिरोध गरेका थिए । उनहिरुले भारतले गरेको नाकाबन्दी अत्यन्तै दुखद पूर्ण रहेको भन्दै नेपालको समस्या तत्काल केप ीओली सरकारले कुटनैतिक पहलबाट समाधन गर्न आग्रह गरे । काँग्रेस प्रतिपक्षमा रहेको भए पनि ओली सरकारलाई नाकाबन्दी देखि राष्ट्रियताका सवालमा सहयोगी भुमिका रहने समेत बताएका थिए । महा समिती सदस्य लालमोहम्द मियाँ, महाधिवेशन प्रतिनिधि सदस्यहरु कृष्णप्रसाद सुवेदी, धुव्र पुन, पुर्व जिल्ला सदस्य भेषराज खत्री, क्षेत्रिय सचिव हरिप्रसाद भुसाल, नेकपा एमालेका प्रेमबहादुर केसी, एकिकृत नेकपा माओवादीका धर्मराज अधिकारी, राप्रपा नेपालका बाबुराम मल्ल, राप्रपाका टेकबहादुर गिरी, राजमोका हुकुमबहादुर बस्नेत, किसान संघका बुद्घिराम चौधरी र पत्रकार केशव बोहरा लगायतका वक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन नेपाली काँग्रेस लालमटिया ईकाई समितीका सचिव हस्तबहादुर गुरुङले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ