२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

बिप्लब माओवादीका युवा इन्चार्ज सहित एक दर्जन बढी एमाओवादीमा प्रवेश

२३ कार्तिक २०७२, सोमबार ०७:४६

 सन्तोषकुमार गुप्ता । कात्तिक २३, दाङ । बिप्लब माओवादीका युवा इन्चार्ज सहित एक दर्जन बढी एमाओवादीमा प्रवेश गरेका छन् । एकिकृत नेकपा माओवादी लालमटिया गाउँ समितीले सोमबार भालुवाङ्गमा आयोजना गरेको कार्यकर्ता भेटघाट तथा पार्टी प्रबेश कार्यक्रममा उनीहरु एमाओवादीमा प्रवेश गरेका हुन् ।

यसै बीच कार्यक्रममा समान्य प्रशासन मन्त्री तथा एकिकृत नेकपा माओवादीकी केन्द्रिय सदस्य रेखा शर्माले भारतले गरेको अघोषित नाकाबन्दीको सवालमा भारत संग कुनै सम्झौता नगर्ने बरु दाउरा बालेर बस्न तयार रहेको बताईन् । कार्यक्रममा बोल्दै मन्त्री शर्माले भारतले गरेको नाकाबन्दीको सामना गर्न तयार रहेको र कुनै सम्झौता नगर्ने बताईन् ।

नेपालको आन्तरिक मामिला मधेशबादी दललाई उचालेर नाकाबन्दी देखि उच्छृङ्गखल आन्दोलन गराउन भारतले गरेको रबै आपत्ती जनक रहेको बताईन् । उनले अहिलेको बामपन्थी गठबन्ँधनको सरकार नै राष्ट्रिय एकताको सरकार बनाउन सबै लाग्नु पर्ने समेत बताईन् । काँग्रेसको रबैका कारण नै दोस्रो संविधानसभाबाट ठुलो दल बनेको काँग्रेस प्रतिपक्षमा बस्नु परेको बताउँदै मन्त्री शर्माले प्रधानमन्त्री र राष्ट्रपति पद फुत्किएकोले काँग्रेस बौलाएको समेत बताईन् । उनले अहिलेको सरकार नै जनसरकार भएको बताउँदै किसान मजदुरका सबै समस्या बिस्तारै समाधन गर्नै गरी सरकार आन्तिरक तयारी समेत लागेको बताईन् ।

हामी बिगतमा जे जस्ता गल्ती कमजोरी गरेको भए पनि अब जति सक्छौँ, जनपक्षीय काम गर्नेछौँ तर राष्ट्रबिरोधी कुनै काम गर्ने छैनौँ शर्माले भनिन् । देश र जनताले परिवर्तन खाजेका छन् त्यसैले अहिले विभाजन होइन् राष्ट्रिय एकता चाहिएको छ । जुन कुरा अहिलेको आवश्यता हो मन्त्री शर्माले भनिन् । भरखरै जारी भएको संविधान लागु गराउनु मेरो र बर्तमान सरकारका मुख्य कार्यभार भएको बताउँदै सबैको सहयोगको आग्रह समेत गरिन् ।

एकिकृत नेकपा माओवादी लालमटिया गाउँ समिती अध्यक्ष धर्मराज अधिकारकिो अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादी बिप्लब पक्षका युवा इन्चार्ज दिपक पुन सहित २० जना बडी युवाहरु पर्टी परित्याग गरी पुरानै पार्टी एकिकृत नेकपा माओवादीमा प्रबेश गरेका छन् । मन्त्री शर्मा प्यूठानमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा भालुवाङ्गमा कार्यकर्ताहरु संग भेटघाट गरेका थिए । सो अवसरमा सञ्चारकर्मीहरुले राखेको जिज्ञासामा केही दिनमै देशमा परेको इन्धन लगायतका समस्या समाधन गर्न सरकार आन्तरिकमा जुटेको बताईन् ।

मधेशबादी दलको मागका बिषयमा समेत सबिधान सम्शोधन गर्न समेत आन्दोलनरततथा अन्य दलहरु संग छलफल गरिहेको समेत बताईन् । त्यस्तै भालुवाङ्ग पुलचोकको लालपुर्जाको समस्याका बिषयमा समेत अबको सरकारले समाधान गर्ने बताईन् । त्यसका लागि तपाईहरु पनि काठमाडौँ दबाबमूलक डेलिकेशनमा आउन आग्रह गरिन् ।

त्यस्तै दाङ्ग प्रादेशिक राजधानी बनाउने बिषयमा संञ्चारकर्मीले राखेको जिज्ञासामा प्रदेश नम्बर ५को राजधानीका लागि दाङ्ग नै उपयुक्त रहेको बताईन्, संघीय राजधानी कहाँ हुने बिषयमा भने अहिले संसद तथा सरकारमा कुनै छलफल नभएको बताउँदै जिल्लामा अभियान चलाउन सुझाव समेत दिईन् । कार्यक्रमको सञ्चालन एकिकृत नेकपा माओवादी लालमटिया गाउँ समिती उपाध्यक्ष नारायण शर्माले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता