२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बारा - BR

बारामा शीतलहर पीडितलाई न्यानो कपडा वितरण

२०७४, ७ माघ आईतवार ०६:१०

माघ ७, बारा | श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, वसन्त चौधरी फाउण्डेशन र दीनानाथ स्मृति प्रतिष्ठान काभ्रेपलाञ्चोकले बाराको कलैया उपमहानगरपालिका–२ स्थित औधापुरका शीतलहरपीडितलाई शनिबार न्यानो कपडा वितरण गरेको छ । परिषद्का अध्यक्ष मातृका प्याकुरेल, प्रतिष्ठानका अध्यक्ष दुर्गानाथ दाहाललगायतको टोलीले औधापुर पुगेर त्यहाँका अतिविपन्न अपाङ्गतायुक्त, वृद्धवृद्धा र एकल महिलालाई प्राथमिकता दिई १०० परिवारलाई कम्बल, टोपी र ट्र्याकसुट वितरण गरेको हो । 

तीन सातायताको शीतलहरले प्रभावित भएकामा राहत पाएपछि कलैया उपमहानगरपालिका–२ का अपाङ्गतायुक्त शिवचन्द पासवानले न्यानो कपडाबाट आफूहरुले पुनर्जीवन पाएको बताउँदै सहयोगी सबैलाई धन्यवाद दिनुभयो । 

स्मृति प्रतिष्ठानका अध्यक्ष दाहालले आफूहरुलाई अरुणिमा योग ध्यान साधना केन्द्र, जापान निवासी विश्वराज गुरुङ, काभ्रेपलाञ्चोकका व्यापारी प्रेम दाहाललगायतले न्यानो कपडा एवं आर्थिक सहयोग गरेको बताउनुभयो । ‘दुव्र्यसन त्यागौँ सेवामुखी बनौँ’ भन्ने मूल नाराका साथ सामाजिक सेवामा सक्रिय आफ्नो संस्थाले केही दिनअघि सुर्खेत, बर्दिया र रौतहट जिल्लाका ५०० विपन्न घरपरिवारलाई न्यानो कपडा वितरण गरिसकेको परिषद्का अध्यक्ष प्याकुरेलले जानकारी दिनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी