2026-09-08 03:32 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ललितपुर - LLT

पाटन सङ्ग्रहालयमा अस्थायी प्रदर्शनी

माघ ७, ललितपुर | पाटन सङ्ग्रहालयले लक्षित दर्शकका लागि अस्थायी प्रदर्शनी शुरु गर्ने भएको छ । 

आगन्तुकलाई दोहोर्याएर आउने वातावरण बनाउनका लागि अस्थायी प्रदर्शनी शुरु गर्न लागिएको सङ्ग्रहालयका प्रमुख सुरेशमान लाखेले बताउनुभयो । सुन्दरीचोकमा अस्थायी प्रदर्शनी शुरु हुनेछ । नियमित सङ्ग्रहालयसँगै समय समयमा अस्थायी सङ्ग्रहालय सञ्चालन हुन लागेको हो । अस्थायी सङ्ग्रहालयमा एउटा एउटा विषयवस्तुमा केन्द्रित प्रदर्शनी हुनेछ । उहाँले भन्नुभयो, “कहिले पौभा, कहिले वेशभूषा त कहिले यस्तै केही एउटामा केन्द्रित प्रदर्शनी हुनेछ ।” 

विभिन्न उमेर, पेशा र रुचिका आगन्तुकलाई केन्द्रित गरेर प्रदर्शनी गरिने सङ्ग्रहालयको योजना छ । यसबाट आगन्तुकले एकैखालका विषयमा ज्ञान पाउने प्रमुख लाखे बताउनुहुन्छ । नेपालीलाई सङ्ग्रहालय जाने बानी बसाल्न र एक पटक आएकाहरुलाई दोहोर्याउनका लागि कार्यक्रमले सहयोग पुग्ने उहाँको भनाइ छ । 

प्रदर्शनी हुने सुन्दरीचोक नै ज्ञानका हिसाबले आगन्तुकका लागि महत्वपूर्ण छ । उहाँ भन्नुहुन्छ, “लामो समयसम्म बन्द यो चोकबाट नै आगन्तुकले धेरै कुरा भेट्नुहुनेछ ।” सङ्ग्रहालयले सुन्दरी चोकका भुइँमा माटाले लिपेर पुरानै स्वरुप दिएको छ । यहाँ आउने आगन्तुकको संख्या वर्षेनी बढिरहेको सङ्ग्रहालयले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ