२०८२, ९ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

माओबादी नेताले वितरण गरे जाडो पीडितलाई कम्बल

२०७४, ७ माघ आईतवार ०६:५५

माघ ७, राजविराज | पूर्वमन्त्री एवम् माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य उमेशकुमार यादवले अत्यधिक चिसोबाट पीडा खेपिरहेकालाई शनिबार न्यानो कपडा वितरण गर्नुभएको छ । 

तीन सातायताको शीतलहरले प्रभावित भएका सप्तरीको छिन्नमस्ता गाउँपालिकाका बासिन्दालाई यादवले राहत वितरण गर्नुभयो । त्यहाँका अपाङ्ग, एकल महिला, दलित र विपन्न परिवार गरी १७५ परिवारलाई सो कम्बल बितरण गर्नुभएको हो । 

यसैगरी, आहतमा परेका विपन्न परिवारका लागि राहत वितरण गर्दै आएका धर्मी हल्फा महिला विकास क्लव लालापट्टिले शनिबार सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ हाटी टोलका दलित र विपन्न परिवारलाई कम्बल वितरण गरेको छ । 

क्लवका अध्यक्ष इन्जिनियर सूर्यनारायण यादवका अनुसार उक्त टोलका दलित र विपन्न गरी ४५ परिवारलाई शीतलहरबाट जोगिन कम्बल वितरण गरिएको हो । 

फरार अभियुक्त पक्राउ 

यसैगरी जबर्जस्ती करणी उद्योग मुद्दामा फरार एकजना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । 

जिल्लाको बलान बिहुल गाउँपालिका–२ बस्ने ३३ वर्षीय दुर्गानन्द साह तेलीलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । करिब एक वर्षअघि जिल्ला अदालत सप्तरीले जबर्जस्ती करणी उद्योग मुद्दामा अभिुयुक्त साहलाई १ वर्ष ६ महिना कैद गरेको थियो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा