2026-09-08 02:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

राहत पाएसँगै लमजुङमा पुनःनिर्माणले गति लियो

माघ ७, लमजुङ | सरकारी राहत पाएसँगै जिल्लामा पुनःनिर्माणले गति लिएको छ । राहतको लामो प्रतीक्षामा बसेका भूकम्पपीडितले राहत रकमको पहिलो किस्ता पाउनासाथ पुनःनिर्माण कार्यलाई तीव्रता दिएका हुन् ।

 

पहिलो किस्ता पाएसँगै प्राविधिक खटाइएपछि अधिकांश भूकम्प पीडितले घर निर्माण शुरु गरेका छन् । भूकम्प प्रभावितलाई अनुदान वितरण निर्देशिकाबमोजिम पहिलो किस्ता रकम रु ५० हजार वितरण गरिएको छ । भूकम्पबाट पूर्ण क्षति भएका १३ हजार ९५९ घरमध्ये १३ हजार ८४ भूकम्प पीडितले राहतको पहिलो किस्ता लिइसकेको सरकारी निकायको दाबी छ । रकम, जनशक्ति र प्राविधिकको अभावमा पुनःनिर्माणको काम अघि बढ्न नसकेपछि भूकम्प पीडित टहरा र क्षतिग्रस्त घरमै बसी जोखिम मोल्दै आएका थिए । सरकारी संयन्त्रले राहत वितरणमा ढिलाइ गर्नाले पुनःनिर्माणले गति लिन नसकेको बताइन्छ । 

भूकम्प पीडितले घरको जग निर्माण कार्य सम्पन्न गरेपछि मात्रै दोस्रो किस्ता रु ८० हजार प्रदान गरिने बताइएको छ । त्यस्तै छाना छाउने तहसम्मको कार्य सम्पन्न गरेपश्चात् तेस्रो किस्तामा सबै रकम भुक्तानी गरिने सरकारी निकायले जनाएको छ । यसअघि जिल्लाको अति प्रभावित पूर्वी भेगका २७० घर भने गैरसरकारी संस्थाको सहयोगमा निर्माण सम्पन्न भइसकेका थिए । सो बाहेक भूकम्पबाट क्षति भएर पनि लाभग्राही सूचीमा नपरेको र अनुदान नपाएको भन्दै एक हजार ३०० भन्दा बढी पीडितले जिल्ला समन्वय समितिमा निवेदन दिएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता