२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

शरीर दान गर्नेको संख्या बढ्दै

७ माघ २०७४, आईतवार ०७:४२

यज्ञराज आङ्देम्बे / माघ ७, झापा । पछिल्लो समय शरीर दान गर्नेहरु बढ्न थालेका छन् । 

मृत्युपछि शरीरलाई चिकित्सा विज्ञानको प्रयोगमा ल्याउन शरीर दान गर्नेको संख्या बढ्दै गएको छ । झापाको दमकस्थित मेची सहकारी संस्थाले शुरु गरेको शरीर दान कार्यक्रम यतिबेला देशभरमै चर्चाको विषय बनेको छ । संस्थाले बचत तथा ऋण कार्यक्रमसँगै शरीर र आँखा दान कार्यक्रमलाई समेत एकैसाथ अघि बढाएको छ । जिल्लाकै पुरानो सो सहकारीले विसं २०६१ देखि शरीर दान कार्यक्रम शुरु गरेको हो । 

संस्थाका तत्कालीन अध्यक्ष गणेशबहादुर बस्नेतले आफूले शरीर दान दिने इच्छाएपछि सो कार्यक्रम औपचारिक रुपमा शुरु भएको थियो । बस्नेतको घोषणालगत्तै सहकारीका सदस्य गंगा ढकाल, केपी ढकाल र मेचीनगर नगरपालिकाका सावित्रा खड्काले पनि आफ्नो निधनपछि शरीर दान गर्ने घोषणा गर्नुभएको थियो । 

कार्यक्रमअन्तर्गत सहकारीलाई दमक–७ का देवेन्द्रप्रसाद बरालको शरीर पहिले प्राप्त भएको थियो । त्यसपछि २०७० जेठ २ गते बस्नेत र तेस्रामा दमक–९ की लक्षिमा घिमिरेको शरीर २०७४ भदौमा सहकारीलाई प्राप्त भएको व्यवस्थापक खोमप्रसाद बगाले थापाले जानकारी दिनुभयो । उहाँका अनुसार दिवंगत हुनुअघि शरीर दान गर्ने सदस्यको शर्तअनुसार दानस्वरुप प्राप्त मृत शरीरलाई सुनसरीस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुरक्षित राखिएको छ । 

मृत्युपछिको शरीर पनि उपयोगमा ल्याउन सकिने थाहा पाएपछि अहिले शरीर दान गर्न इच्छा व्यक्त गर्नेको संख्या बढेको थापाले बताउनुभयो । उहाँका अनुसार कार्यक्रम शुरु भएको १३ वर्षमा ८९ जनाले शरीर दान गर्ने इच्छापत्र भरिसकेका छन् जसमा २७ महिला छन् । शरीर दान गर्नेमा अधिकांश दमक नगरपालिकाका बासिन्दा छन् । 

त्यस्तै २०१ जनाले आँखा दान गर्ने पनि इच्छापत्र भरेका छन् । आँखा दान गर्न इच्छुक हुनेमा आधा महिला छन् । थापाका अनुसार मृत्युपछि शरीरजस्तै आँखालाई पनि उपयोगमा ल्याउन सकिन्छ । मृत शरीर चिकित्सा शिक्षामा आवश्यक हुन्छ । चिकित्सक शिक्षाका विद्यार्थीलाई प्रयोगात्मक कक्षा दिन मानव शरीर आवश्यक पर्छ । स्रोतका अनुसार नेपालका केही मेडिकल कलेजले विद्यार्थीको प्रयोगात्मक कक्षाका लागि भारतबाट बेवारिसे शव खरिद गरेर ल्याउने गरेका छन् । 

“एमबिबिएस पढ्ने विद्यार्थीका लागि मानव शरीर अत्यन्तै महत्वपूर्ण रहेछ । भारतबाट बेवारिसे शव किनेर ल्याएको देखेपछि हामीले यस्तो अनौठो कार्यक्रम शुरु गरेका हौँ”, थापाले भन्नुभयोे,“सुन्दा अनौठो मात्रै लाग्दैन । हाम्रो संस्कृति विरोधीजस्तो देखिन्छ । तर अहिले विस्तारै मानिसको सोचाइ परिवर्तन हुँदै गएको छ । जनमानसमा सकारात्मक सहयोग, सद्भाव प्राप्त हँुदा शरीर र आँखा दान गर्नेहरु बढ्दै गएका छन् ।” 

सहकारीका अध्यक्ष नारायण भट्टराईले चिकित्सा पठनपाठनमा आफ्नो मृत शरीर काम लागोस् भनेर शरीरदान कार्यक्रम राखिएको बताउनुहुन्छ । आफूले समेत शरीर दान गरेको बताउँदै उहाँ भन्नुहुन्छ, “एउटा राम्रो कामको शुरुवात थालनी भएको छ, आजसम्म नियमित सञ्चालनमा क्रममा छ”, उहाँले थप्नुभयो, “मृत शरीरबाट चिकित्साशास्त्र पढ्नेले पढ्न पाउँछन् भने यसलाई दान गर्दा पुण्य नै कमाइन्छ ।” 

भट्टराईका अनुसार शरीर दान कार्यक्रमलाई संस्थाको वार्षिक कार्यतालिकामै समावेश गरिएको छ । उहाँ स्वेच्छिक शरीर दान कार्यक्रमलाई प्रोत्साहन गरिआएको बताउनुहुन्छ । “शरीर वा आँखा दान गर्न इच्छापत्र भर्नुअघि हामीले उसको परिवारको पनि मञ्जुरी लिने गरेका छौँ”, भट्टराईले थप्नुभयो, “शरीर दान, आँखा दान नितान्त व्यक्तिगत अधिकारको कुरा हो तर यस्तो इच्छा भोलि गएर पारिवारिक किचलो नबनोस् भन्नेतर्फ हामी सचेत छौँ ।” 

शरीर र आँखा दान गर्न इच्छुक दातासँग संस्थाले लिखित मञ्जुरीनामा लिने गरेको हुने बताउँदै अध्यक्ष भट्टराईले इच्छाएका व्यक्तिको मृत्यु भए संस्थाको सम्पर्कबाट अस्पतालका चिकित्सकले शव बुझेर लाने गरेको बताउनुभयो । शव अस्पतालले पठाएपछि मृतकका परिवारले आफ्नै परम्परागत संस्कृतिअनुसार काजकिरिया गर्छन् । 

“दिवंगत भएपछि शरीरलाई जलाएर नष्ट गर्नुभन्दा चिकित्सा शिक्षाजस्तो सम्मानजनक पेशालाई दान गर्न चाहँे”, ‘सतासी’ साप्ताहिकका सम्पादक छविलाल दवाडीले बताउनुभयो । उहाँले भन्नुभयो, “दिवंगत भएपछि गरिने अन्त्येष्टिले धार्मिक पुण्य नभई वातावरण नै प्रदूषित हुन्छ । त्यसैले मैले मृत्युपछि शरीर दान गर्न इच्छापत्र भरेको छु ।” 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य