३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

२४ औं ‘सुविसु क्यान इन्फोटेक-२०१८ माघ ११ गतेदेखि

७ माघ २०७४, आईतवार १५:५२

माघ ७, काठमाडौं । २४ औं ‘सुविसु क्यान इन्फोटेक-२०१८’ माघ ११ गतेदेखि  भृकुटीमण्डपमा हुने भएको छ । 

आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी क्यान महासंघले मेलाको लागि गरिने सबै तयारी पूरा भएको जनाएको छ ।

क्यान इन्फोटेक २०१८ मा विभिन्न नयाँ र आविश्वकारिक सामाग्री तथा सेवाहरु प्रदर्शन गरिने जानकारी क्यानले दिएको छ ।क्यानले नेपाली सफ्टवेयरहरुको प्रबद्र्धन गराउने उदेश्यका साथ छुट्टै सफ्टवेयर प्याभिलिएन निर्माण गरिएको जानकारी समेत दिएको हो ।


क्यान महासंघका महासचिव रन्जीत कुमार पोदारले नेपाली सफ्टवेयर कम्पनीद्धारा उत्पादन गरिएका सफ्टवेयर, स्टार्टअप तथा स्वदेशी प्रविधि प्रदर्शन गर्नका लागि छुट्टै प्याभिलियन निर्माण गरिएको बताए ।

आयोजकका अनुसार मुख्य प्रदर्शनी हलभित्र ४९ वटा ठूला र हल बाहिर ५ वटा ब्रान्डिङ् प्रदर्शनी कक्षहरु रहनेछन् । साथै, ट्रसमा १४४, ओपन स्पेसहरु १४ र फुडस्टलहरु १० गरी जम्मा २२२ स्टलहरु रहने छन् ।

जसमा हार्डवेयर सेल्स तथा मेन्टीनेन्स्, पावर सोलुसन्स्, मोवाईल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, ईन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशनस्, आईसीटी कलेज तथा ट्रेनिङ्ग ईन्स्टिच्युटस्, सफ्टवेयर सोलुसनस्, पेमेन्ट सोलुसन्स् र अन्य रहने  क्यान महासंघले जनाएको छ ।

माघ १६ गतेसम्म सञ्चालन हुने सो मेलामा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन्स, मोबाइल एक्सेसरिज, प्रमुख बिक्रेता तथा वितरक, इन्टरनेट सेवा प्रदायक, दुरसञ्चार, आइसिटी कलेज तथा तालीम प्रदायक संस्था, सफ्टवेर सोलुसन्सजस्ता कक्ष रहने बताइएको छ ।

सरकारी विद्यालयबाट मेलाका लागि अवलोकन गर्न आउने विद्यार्थीको नामावली उपलब्ध गराएमा उनीहरुलाई निःशुल्क प्रवेश गर्ने व्यवस्था गरिने कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) महासंघका अध्यक्ष हेमन्त चौरसियाले जानकारी दिए ।

मेला अवलोकनका लागि सर्वसाधारणका लागि १ सय रुपैयाँ तथा विद्यार्थीहरुका लागि ५० रुपैयाँ तोकिएको क्यान महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’