२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

सेमीफाइलनका दुई खेल हुँदै

२०७३, १४ बैशाख मंगलवार १९:१७

प्रकाश धौलाकोटी/ बैशाख १५, तेह्रथुम । तेह्रथुमको बसन्तपुरमा जारी दोस्रो लालीगुराँस गोल्ड कप फुटबल प्रतियोगिता अन्तर्गत बुधबार सेमीफाइनल चरणका दुई खेल हुदैछन् । आयोजक पाथीभरा युवा सामुदायिक क्लबका अनुसार विहान ११ बजेबाट हुने पहिलो खेलमा जनजागृति युवा क्लब हिले धनकुटा र टिडब्लुवाईसी विराटनगर बीच प्रतिष्पर्धा हुनेछ ।
terhathaum sports - ss

यस्तै दोस्रो खेलमा दोर्जे गियर प्रालि काठमाडौँ र सिंहदेवी युवा क्लब सिधुवा धनकुटाबीच खेल हुने आयोजक क्लबका महासचिव विजय सोदेम्बाले जानकारी दिनुभयो । प्रतियोगिताको फाइनल खेल भने शुक्रबार मात्र हुनेछ । यस अघि मंगलबारको खेलमा बेलबारी फुटबल क्लब मोरङलाई ३–० ले पराजित गर्दै सिंहदेवी युवा क्लब, सिधुवा धनकुटा सेमीफाइनलमा उक्लिएको हो ।

rectangle_banner
जनजागृति युवा क्लब हिलले संखुवासभा फुटबल संघ र टीडब्लुवाईसी विराटनगरले आयोजक पाथीभरा युवा सामुदायिक क्लबलाई ट्राइबेकरमार्फत हराउँदै सेमीफाइनल यात्रा तय गरेका हुन् । यस्तै म्याङलुङ नगरपालिका, तेह्रथुमलाई २–१ ले पराजित गर्दै दोर्जे गियर प्रालि काठमाडौँ सेमीफाइनलमा उक्लिएको थियो ।

बुधबारको पहिलो खेलमा जनजागृत युवा क्लब हिले, विराटनगरको अगाडि कमजोर सावित हुने दर्शकको अपेक्षा छ । तर दोस्रो खेलमा भने तिब्र प्रतिष्पर्धा हुने देखिएको छ । राष्टिय स्तरका प्रतियोगिता खेल्ने मनाङ, थ्रिस्टार, झापा एघार लगायत क्लबका चर्चित खेलाडी सम्मिलित भएकाले यी दुई टिमबीच कडा प्रतिष्पर्धा हुने र यो खेलले दर्शकको ध्यान खिच्ने आयोजक अध्यक्ष मिलन थापाले बताउनुभयो ।
गुराँसको राजधानी तीनजुरे मिल्के जलजलेसहित यहाँका पर्यटकीय क्षेत्रको प्रवर्धनकालागि आयोजित प्रतियोगितामा काठमाडौँसहित पुर्वान्चलका आठ टिम सहभागी थिए । प्रतियोगिताको विजेताले १५ ग्राम सुनजडित १ सय २० तोला चाँदीको गोल्ड कपसहित नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ र उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा