सन्तोषकुमार गुप्ता, मंसिर २, भालुवाङ्ग । देउखुरीको लालमटिया ८ नयाँबस्ती मसुरियामा बुधबार भएको बालबालिकाहरुको भेलाले नमुना बाल क्लब गठन गरेको छ ।
बाल अधिकारकर्मी बिरेन्द्र घतीृमगरको अध्यक्षतामा भएको भेलाले पेमा बुढामगरको अध्यक्षतामा १५ सदस्यीय नमुना बाल क्लब गठन गरेको हो । नवगठित बाल क्लबको उपाध्यक्षमा सोमप्रकाश चौधरी, सचिवमा मनसिर रानामगर, सह—सचिवमा दिपेश घर्तीमगर र कोषाध्यक्षमा समझना पुनमगर रहेका छन् ।
त्यसैगरी नव गठित क्लवका सदस्यहरुमा मनि रानामगर, उराज पुनमगर, पार्वती चौधरी, शुशिला थापा, सिता घर्तीमगर, सन्तोष सुनार, सुनिल चौधरी, टेकबीर घर्तीमगर, सरिता चौधरी र उर्मिला चौधरी रहेका छन् । त्यसैगरी भेलाले क्लबको सल्लाहकारमा प्रेम बुढामगर, निमबुढामगर, दिपेन्द्र चौधरी, दलबहादुर घर्तीमगर र बिरेन्द्र घर्तीमगरलाई चयन गरेको छ ।
सोही ठाउँका बालबालिकाहरुले यस बर्षको तिहारमा देउसी भैलोबाट ३३ हजार १ सय ४२ रुपैयाँ संकलन गरेपछि संकलित रकम गाउँमै समाजिक काम गर्न बालबालिकाहरुले बाल क्लब गठन गरेको नवगठित नमुना बाल क्लबका अध्यक्ष पेमा बुढामगरले जानकारी दिए । क्लब मार्फंत नै अब समाजिक काम गर्ने उनीहरुको भनाई छ ।
भैलोबाट संकलित रकम गाउँमा सडकबत्ती जडान गर्ने अध्यक्ष बुढामगरले बताए । क्लबले बालबालिकाहरुलाई संगठित गरी उनीहरुलाई समाजिक रुपमा नेतृत्व तथा व्यक्तित्व विकास गराई बाल अधिकारका लागि जनचेतना जगाउने, बालबिबाह न्यूनिकरणका लागि कार्यक्रमहरु सञ्चालन र मासिक बाल बचत जस्ता महत्वपूर्ण काम गर्ने क्लबले जनाएको छ ।