टेकबहादुर शाही/माघ ८, डोल्पा । डोल्पामा जनताको सेवा प्रवाह रोकीएको भन्दै सरोकारवाला निकायको गम्भिर ध्यानकर्षण भएको छ । 

जनताको सेवा किन रोकिएको हो भन्दै जिल्लामा रहेका सरोकारवालाहरुले जनताको सेवा रोकिन हदैन भन्दै एक्केबद्धता जनाइ सबैको ध्यानकर्षण गरेको छ । 

"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... टेकबहादुर शाही/माघ ८, डोल्पा । डोल्पामा जनताको सेवा प्रवाह रोकीएको भन्दै सरोकारवाला निकायको गम्भिर ध्यानकर्षण भएको छ । 

जनताको सेवा किन रोकिएको हो भन्दै जिल्लामा रहेका सरोकारवालाहरुले जनताको सेवा रोकिन हदैन भन्दै एक्केबद्धता जनाइ सबैको ध्यानकर्षण गरेको छ । 

"/>
२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

डोल्पा: जनताको सेवा रोकिएकोमा सरोकारवाला निकायको गम्भिर ध्यानाकर्षण

८ माघ २०७४, सोमबार ०३:३६

टेकबहादुर शाही/माघ ८, डोल्पा । डोल्पामा जनताको सेवा प्रवाह रोकीएको भन्दै सरोकारवाला निकायको गम्भिर ध्यानकर्षण भएको छ । 

जनताको सेवा किन रोकिएको हो भन्दै जिल्लामा रहेका सरोकारवालाहरुले जनताको सेवा रोकिन हदैन भन्दै एक्केबद्धता जनाइ सबैको ध्यानकर्षण गरेको छ । 


जनप्रतिनिधि र स्थाीनय तहमा कार्यरत कर्मचारीहरु विभिन्न बाहानमा जाडो छल्न भन्दै तराई झरेपछि जिल्लामा यस्तो समस्या परेको हो । जनताले पाउने जिल्लाका विभिन्न स्थानीय तहबाट उपलब्धहुनु पर्ने सेवा प्रवाह रोकीएको भन्दै सरोकारवाला निकायको गम्भिर ध्यानकर्षण भएको बताईएको छ । 

आईतबार नागरिक समाज,पत्रकार महासंघ डोल्पा र मिशन नेपालले संयुक्त रुपमा जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समितीको कार्यलयमा ज्ञापन पत्र बुझाएका हुन् । 

डोल्पाका आठ वटा स्थानीय तह मध्ये अधिकाशं स्थानीय तहका प्रमुख उप प्रमुख,बडा अध्यक्ष तथा वडा सचिवहरु सम्बन्धित स्थानीय तहमा नभएपछि जनतालाई सास्ती भएको खवर विभिन्न सञ्चार माध्यममा प्रकाशन भईसेकेपछि गम्भिर ध्यानकर्षण भएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

साथै अधिकाशं स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीहरु चिसो छल्ने बाहानामा जिल्ला बाहिर जाँदा सर्वसाधारणको सेवा प्रवाहमा असर परेको कुरा पनि उक्त ज्ञापन पत्रमा उल्लेख गरिएको छ । 

यसरि सम्बन्धीत निकायलाइ ध्यानकर्षण गराउनु पर्ने बाध्यता निम्त्याउनु राम्रो सन्देश नभएको मानव अधिकार एलाइन्स डोल्पाका अध्यक्ष यूवराज थकालिले बताए । उनले भने जनताको सेवा रोकिनु मानव अधिकारको ठाडो उल्लङघन हो त्यो पनि जनताले जनमत दिएका जनप्रतिनिधिले गर्नु भनेको सोझै जनता माथि खेलवाड भएको आरोप लगाए । 

स्थानीय तह जनप्रतिनिधि विहिन हुँदाको अवस्था र स्थानीय निर्वाचन सम्पन्न भएर जनप्रतिनिधि आँउदाको अवस्थामा पनि उस्तै भएको र जनप्रतिनिधि र कर्मचारी नहुँदा स्थानीय तहको सेवा प्रवाह रोकीँदा सर्वसाधाराणको तीब्र आलोचना गरेपछि सरोकारवालाको ध्यानकर्षण भएको नागरिक समाज डोल्पाका अगुवा सुरेन्द्र ढकालले जानकारि दिए । 


स्थानीय तहबाट उपलब्धहुने सेवा सुविधा सर्वसाधारणलाई सहज बनाउन तथा छिटो भन्दा छिटो कर्मचारीको ब्यवस्थापन गरी सम्बन्धित स्थानीय तहबाटै गाँउ गाउँमा सिँहदरवारको अनुभुति गराउन नेपाल पत्रकार महासंघ जिल्ला शाखा डोल्पाका अध्यक्ष बबिकिशोर गूरुङले सम्बन्धीत निकायलाई ध्यानकर्षण गराईएको बताए । उनका अनुसार जनताको जनमत लिएर जनप्रतिनिधि बनेकाले अहिले जनतालाइ सेवा दिन नसक्नु जनतालइ धोका दिनु रहेको आरोप लगाए ।

जनप्रतिनिधि र कर्मचारी नहुँदाको बिषयलाई लिएर सामाजिक सञ्जालमा समेत तीब्र बिरोध भईरहेको छ । उता जनप्रतिनिधि भने जनताको सेवामा बाधा नभएको र जनताकै कामको लागि शहर तिर झरेको बताउछन । 

जनताको आयस्तर कसरि बढाउन सकिन्छ र जनप्रतिनिधिले काम गर्ने तरिका कस्तो हो भन्ने बिषयमा अन्तर जिल्ला भ्रमण गर्न गएको उनिहरुको दावी रहेको छ । 

“प्रशासन र जिल्ला समन्वयको जुहारी”

जनताले सेवा नपाएको भन्दै सरोकारवालाहरु जिल्ला प्रशासन कार्यालयमा पुग्दा निमित्त प्रमुख जिल्ला अधिकारि बमबहादुर केसिले यो त आफुले नगर्ने र जनप्रतिनिधिको काम भएको बताए । उनले भने मैले जनताका काम नियम सँगत पुगेका सबै गरेको र कर्मचारि र जनप्रतिनिधिको काम जिल्ला समन्वयले स्थानिय मन्त्रालय मार्फत गर्ने जानकारि दिए । 


उनका अनुसार कसैले लिखित रुपमा कर्मचारि चाहियो भनेर दिएमा स्थानिय बिकास मन्त्रालयमा अनुरोध गर्ने बताए उनले भने भएका सबै कर्मचारिहरु खटाएको र अब बाकी स्थानीय बिकास मन्त्रालयबाट हुने जानकारि दिए ।

यता जिल्ला समन्वयमा उपप्रमुखले कर्मचारि खटाउने काम जिल्ला प्रशासनको भएकोले तत्तकाल प्रमूख जिल्ला अधिकारिले कर्मचारीको ब्यवस्था गर्नु पर्ने र जनताको सेवा प्रबाह गर्नु पर्ने दावी गरे । उनले भने कर्मचारि सबै खटन पटन हिजो सम्म जिल्ला प्रशासनले गरेको छ भने । 

जिल्ला समन्वयका उपप्रमूखले भने अब तत्काल सबै क्षेत्रमा समन्वय गरि जनताको काम नरोकिने र सेवा बिस्तार तथा सहजतको वातावरण बनाउने प्रतिबद्धता जनाए ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की