2026-09-12 10:25 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिरहाको गोलबजारमा माघ १५ देखि स्वर्ण महोत्सव हुने

माघ ८, लहान | बजार स्थापना भएको ५०औँ वर्षको अवसर पारेर सिरहाको गोलबजारमा स्वर्ण महोत्सव आयोजना हुने भएको छ । 

गोलबजारको आर्थिक तथा भौतिक विकास, धार्मिक पर्यटन प्रवद्र्धन र स्थानीय स्तरबाट उत्पादित वस्तुको बजार प्रवद्र्धन गर्ने उद्देश्यले यही माघ १५ गतेबाट शुरु हुने महोत्सव ७ दिनसम्म चल्ने मूल आयोजक समितिका संयोजक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । 

गोलबजारस्थित मुख्य चौकमै आयोजना हुने महोत्सवमा २०० स्टल राखिने र अधिकांश स्टल बुक भइसकेको संयोजक श्रेष्ठले बताउनुभयो । 

महोत्सव अवधिभरि कमल खत्री, शुष्मा कार्की, सुगम पोखरेल, इन्दिरा जोशी लगायत ख्यातिप्राप्त कलाकारले सांगीतिक कोशेली पस्किने कार्यक्रम रहेको छ । 

महोत्सवबाट हुने आम्दानी गोलबजार उद्योग व्यापार संघको स्वामित्वमा रहेको अतिथि सदनलाई सहयोग गरिने संयोजक श्रेष्ठको भनाइ छ ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन