2026-08-31 03:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

एचआइभी संक्रमितका लागि गुणस्तरीय औषधिको माग

माघ ८,  चितवन  |  राष्ट्रिय एचआइभी÷एड्स महासंघको दुईदिने भेला ११ बुँदे चितवन घोषणापत्र जारी गर्दै आइतबार यहाँ सम्पन्न भएको छ ।

घोषणपत्रमा एचआइभी संक्रमितलाई परेका समस्या उजागर गरिएको छ । देशभरबाट भेला भएका संक्रमितका प्रतिनिधिले आ–आफ्नो क्षेत्रमा परेका समस्या उठान गरेपछि त्यसलाई निचोडका रुपमा घोषणापत्रमा समेटिएको हो । 

महासंघका अध्यक्ष अच्युत सिटौलाले संक्रमितले प्रयोग गर्दै आएको एआरभी औषधिको गुणस्तरदेखि उनीहरुमाथि गरिने व्यवहारसम्मलाई समेटेर घोषणापत्र तयार गरिएको बताउनुभयो । 

घोषणापत्रमा संक्रमितले प्रयोग गरिररहेको औषधि गुणस्तरीय नभएको र त्यसबाट विभिन्न समस्या उत्पन्न भएको जनाइएको छ । औषधि सेवनबाट कलेजोमा असर देखिएको, महिलाको पाठेघरमा क्यान्सर देखापरेको, गाला सुक्ने र पेट फुल्ने समस्या देखिएको, मधुमेहको समस्या देखिएको जनाइएको छ । 

राज्यले गुणस्तरीय महँगो औषधि खरिद नगरेकाले समस्या भएको जनाइएको छ । घोषणापत्रमा ६५ प्रतिशतभन्दा बढी संक्रमितलाई क्षयरोग हुने गरेको भन्दै उनीहरुलाई अन्य क्षयरोगीका रुपमा मात्र उपचार गरेको र विशेष किसिमको उपचार हुन नसकेको उल्लेख छ । संक्रमितमा हेपाटाइटिस सीको उच्च जोखिम रहेको उल्लेख गर्दै संक्रमितमा हेपाटाइटिस सी देखिएपछि मृत्युदर उच्च हुने गरेको घोषणापत्रमा उल्लेख गरिएको छ । हेपाटाइटिस सी भएकालाई गुणस्तरीय उपचार गर्नुपर्ने माग गरिएको छ । 

एक ठाउँबाट अर्को ठाउँमा जाने संक्रमितको सङ्ख्या बढी हुने भन्दै जहाँ गयो त्यहाँ औषधि नपाउने कारण मृत्युदर बढेको घोषणपत्रमा उल्लेख छ । औषधि सेवनसँगै केही निको भएपछि संक्रमित मुख्य रुपमा भारततर्फ रोजगारीका लागि जाने भए पनि त्यहाँ औषधि नपाउने समस्या घोषणापत्रमा उल्लेख छ । तर भारतबाट नेपाल आएका संक्रमितलाई नेपालमा भने औषधि दिने व्यवस्था रहेको छ । 

संक्रमितप्रति मानवीय व्यवहार नभएको भन्दै मानवीय व्यवहारका लागि आग्रह गरिएको छ । अस्पतालमा उपचार हुँदा, स्कुलमा शिक्षा लिँदा, कार्यक्षेत्रमा काम गर्दा समेत फरक व्यवहार भएको घोषणापत्रमा जनाइएको छ । जन्मदैमा एचआइभी संक्रमित भएर जन्मिएका बालबालिकाको हेरचाहमा सहयोग नभएको उल्लेख छ । संक्रमितका समस्यालाई अर्थपूर्ण रुपमा लिएर राज्य र दातृ निकायले सहयोग गर्नुपर्ने उनीहरुको माग रहेको छ । 

अध्यक्ष सिटौलाले चितवन घोषणापत्रलाई सरोकारवाला निकायसँग छलफल गरी सरकारलाई बुझाउने बताउनुभयो । देशभरका झण्डै एक सयजना प्रतिनिधि सहभागी भई दुई दिनसम्म छलफल गरेका थिए । नेपालमा ३३ हजार हाराहारी संक्रमित रहेको अनुमान छ । जसमध्ये २६ हजार दर्ता भएका छन् भने १३ हजारले औषधि सेवन गरिरहेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन कीर्तिपुरमा महिलामाथि दुर्व्यवहार गर्ने तीन युवा पक्राउ भोटेकोशी बाढीपछि जलविद्युत् सुरुङमा उद्धार अभियान तीव्र भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री बालेनले सुरक्षा निकायका प्रमुखसँग छलफल थाले रसुवा बाढी : बगेर भारत पुगेका ४ जनाको शव नेपाल ल्याइयो बाढी र पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै भोटेकोशी बाढीको कहर: ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन सुनको मूल्यमा भारी गिरावट शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै