२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

एचआइभी संक्रमितका लागि गुणस्तरीय औषधिको माग

८ माघ २०७४, सोमबार ०६:४५

माघ ८,  चितवन  |  राष्ट्रिय एचआइभी÷एड्स महासंघको दुईदिने भेला ११ बुँदे चितवन घोषणापत्र जारी गर्दै आइतबार यहाँ सम्पन्न भएको छ ।

घोषणपत्रमा एचआइभी संक्रमितलाई परेका समस्या उजागर गरिएको छ । देशभरबाट भेला भएका संक्रमितका प्रतिनिधिले आ–आफ्नो क्षेत्रमा परेका समस्या उठान गरेपछि त्यसलाई निचोडका रुपमा घोषणापत्रमा समेटिएको हो । 

महासंघका अध्यक्ष अच्युत सिटौलाले संक्रमितले प्रयोग गर्दै आएको एआरभी औषधिको गुणस्तरदेखि उनीहरुमाथि गरिने व्यवहारसम्मलाई समेटेर घोषणापत्र तयार गरिएको बताउनुभयो । 

घोषणापत्रमा संक्रमितले प्रयोग गरिररहेको औषधि गुणस्तरीय नभएको र त्यसबाट विभिन्न समस्या उत्पन्न भएको जनाइएको छ । औषधि सेवनबाट कलेजोमा असर देखिएको, महिलाको पाठेघरमा क्यान्सर देखापरेको, गाला सुक्ने र पेट फुल्ने समस्या देखिएको, मधुमेहको समस्या देखिएको जनाइएको छ । 

राज्यले गुणस्तरीय महँगो औषधि खरिद नगरेकाले समस्या भएको जनाइएको छ । घोषणापत्रमा ६५ प्रतिशतभन्दा बढी संक्रमितलाई क्षयरोग हुने गरेको भन्दै उनीहरुलाई अन्य क्षयरोगीका रुपमा मात्र उपचार गरेको र विशेष किसिमको उपचार हुन नसकेको उल्लेख छ । संक्रमितमा हेपाटाइटिस सीको उच्च जोखिम रहेको उल्लेख गर्दै संक्रमितमा हेपाटाइटिस सी देखिएपछि मृत्युदर उच्च हुने गरेको घोषणापत्रमा उल्लेख गरिएको छ । हेपाटाइटिस सी भएकालाई गुणस्तरीय उपचार गर्नुपर्ने माग गरिएको छ । 

एक ठाउँबाट अर्को ठाउँमा जाने संक्रमितको सङ्ख्या बढी हुने भन्दै जहाँ गयो त्यहाँ औषधि नपाउने कारण मृत्युदर बढेको घोषणपत्रमा उल्लेख छ । औषधि सेवनसँगै केही निको भएपछि संक्रमित मुख्य रुपमा भारततर्फ रोजगारीका लागि जाने भए पनि त्यहाँ औषधि नपाउने समस्या घोषणापत्रमा उल्लेख छ । तर भारतबाट नेपाल आएका संक्रमितलाई नेपालमा भने औषधि दिने व्यवस्था रहेको छ । 

संक्रमितप्रति मानवीय व्यवहार नभएको भन्दै मानवीय व्यवहारका लागि आग्रह गरिएको छ । अस्पतालमा उपचार हुँदा, स्कुलमा शिक्षा लिँदा, कार्यक्षेत्रमा काम गर्दा समेत फरक व्यवहार भएको घोषणापत्रमा जनाइएको छ । जन्मदैमा एचआइभी संक्रमित भएर जन्मिएका बालबालिकाको हेरचाहमा सहयोग नभएको उल्लेख छ । संक्रमितका समस्यालाई अर्थपूर्ण रुपमा लिएर राज्य र दातृ निकायले सहयोग गर्नुपर्ने उनीहरुको माग रहेको छ । 

अध्यक्ष सिटौलाले चितवन घोषणापत्रलाई सरोकारवाला निकायसँग छलफल गरी सरकारलाई बुझाउने बताउनुभयो । देशभरका झण्डै एक सयजना प्रतिनिधि सहभागी भई दुई दिनसम्म छलफल गरेका थिए । नेपालमा ३३ हजार हाराहारी संक्रमित रहेको अनुमान छ । जसमध्ये २६ हजार दर्ता भएका छन् भने १३ हजारले औषधि सेवन गरिरहेका छन् । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य