2026-09-12 10:25 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

माध्यमिक तहसम्मको शिक्षा सञ्चालन गर्ने विषयमा स्थानीय निकाय अन्योलमा

माघ ८, लहान | नयाँ व्यवस्थाअनुसार माध्यमिक तहसम्मको शिक्षा सञ्चालनको जिम्मा स्थानीय तहलाई दिएपछि त्यसलाई कसरी सञ्चालन गर्नेमा सिरहाका अधिकांश स्थानीय तहका प्रमुख र उपप्रमुखहरु अन्योलतमा परेका छन् । 

संघीय व्यवस्थाअनुसार स्थानीय तहलाई माध्यमिक तहसम्मका शिक्षा सञ्चालनको जिम्मा र परीक्षा सञ्चालनको जिम्मा परीक्षा बोर्डलाई दिएपछि ती दुवैको बीचमा कसरी सहकार्य गरेर अघि बढ्नेमा अन्योलता बढेको हो । 

आगामी चैत महिनापश्चात् हालको जिल्ला शिक्षा कार्यालयसमेत खारेज भएपछि स्थानीय तह र परीक्षा बोर्डको बीचमा कसले समन्वय गर्ने हो त्यसको कल्पना नगरिएकाले आफूहरु अन्योलमा परेको सिरहाको धनगढीमाई नगरपालिकाका प्रमुख हरिनारायण चौधरी बताउनुहुन्छ । 

उहाँ भन्नुहुन्छ, “शिक्षा सञ्चालन र परीक्षा सञ्चालनको जिम्मा फरकफरक निकायलाई दिएपछि ती दुवैको बीच कसले समन्वय गरिदिने, पाठ्यक्रम निर्धारण गर्दा कसको सल्लाह लिने भन्नेमा हामी अहिले पनि अन्योलमा छौँ ।” 

आगामी चैतमा एसइईको परीक्षा आउनै लागेकाले तत्काल अहिलेको अन्योलता अन्त्य गर्नुपर्ने बताउँदै सिरहाको गोलबजार नगरपालिकाका प्रमुख देवनाथ साहले माध्यमिक तहसम्मको शिक्षा सञ्चालन गर्ने र परीक्षा सञ्चालन गर्ने दुवै निकायलाई एकापसमा जोड्न जिल्लामा संयन्त्र बनाउनुपर्ने बताउनुहुन्छ । 

यसका साथै पाठ्यक्रम कसरी तयार गर्ने, जनशक्ति कसरी परिचालन गर्नेमा भन्नेमा पनि स्थानीय तहका प्रमुख र उपप्रमुखहरु अन्योलमा छन् । यी र यस्तै अन्योलताका कारण हालसम्म शिक्षकको तलब खुवाउनेबाहेक कुनै काम गर्न नसकिएको प्रमुख उपप्रमुखको भनाइ छ । 

स्थानीय तहका प्रमुख तथा उपप्रमुखमा रहेको यी अन्योलता हटाउन र समन्वयको वातावरण निर्माण गर्ने उद्देश्यले राष्ट्रिय परीक्षा बोर्डले आज लहानमा आयोजना गरेको संघीय संरचनामा राष्ट्रिय परीक्षा बोर्डको भूमिका विषयक अन्तक्र्रिया कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा डा चन्द्रमणि पौडेलले स्थानीय तह र राष्ट्रिय परीक्षा बोर्डलाई एकापसमा जोड्न जिल्लामा छुट्टै संयन्त्र निर्माण गर्नुपर्ने बताउनुभयो । 

स्थानीय तह र परीक्षा बोर्डको बीचमा समन्वयात्मक भूमिका खेल्न संयन्त्र बनाउनुपर्नेमा जोड दिँदै अध्यक्ष डा पौडेलले दुवैलाई एकापसमा जोड्न जिल्लामा तत्कालका लागि अस्थायी प्रकृतिको संयन्त्र निर्माण गर्नुपर्ने बताउनुभयो । 

राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सञ्चालनका लागि जिल्लामा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा परीक्षा सञ्चालन संयन्त्र बनाउने जानकारी दिँदै उहाँले उक्त समितिमा आउन स्थानीय तहका प्रमुख र उपप्रमुखलाई आग्रहसमेत गर्नुभयो । 

हालको परीक्षा सञ्चालन प्रणालीको विषयमा व्यापक छलफल भइरहेको बताउँदै अध्यक्ष डा पौडेलले केन्द्रीय पाठ्यक्रमभित्र रहेर स्थानीय सरकार र प्रादेशिक सरकारबीच एकरुपता कायम हुने गरी पाठ्यक्रम बनाउनुपर्ने बताउनुभयो । 

सो कार्यक्रममा सिरहाका आठवटै नगरपालिकाका प्रमुख र उपप्रमुख, राजनीतिक दलका प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, जिल्ला शिक्षा अधिकारीलगायतको सहभागिता थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन