२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

इँटा मजदूरले एकै सिजनमा पाँच लाखसम्म कमाउँछन्

९ माघ २०७४, मंगलवार ०६:४८

लक्ष्मी गारु / माघ ९, भक्तपुर |  सिन्धुपाल्चोक जिल्ला चौताराका ३७ वर्षीय रामबहादुर तामाङ दम्पतीको डेरा भक्तपुरको च्याम्हसिंहमा रहेको छ । तर अचेल उहाँहरु दुई सन्तानका साथ चाँगुनारायण नगरपालिका–९, ताथलीस्थित माझी भैरव इँटाभट्टाको झ्याउलीमा बस्दै आइरहनुभएको छ । 

दैनिक ज्याला मजदूरी गर्ने रामबहादुरको दैनिकी अचेल फेरिएको छ । बिहान ४ बज्दा नबज्दै उठ्ने र खलामा तयार रहेको माटोबाट इँटा बनाउने उहाँको दिनचर्या रहेको छ । “बिहान उठ्ने बित्तिकै इँटा बनाउने, दिउँसो खाना खाएर इँटा सुकाउने, चाङ लगाउने र बेलुका फेरि भोलि पल्ट इँटा बनाउनका लागि खलको सरसफाइ गरेर दिन बित्ने गरेको छ । 

त्यसैगरी, सात र दुई वर्षका दुई छोराकी आमा रोजिना तामाङको दम्पती पनि विगत तीन वर्षदेखि इँटा पार्ने काम गर्दै आइरहेको छ । सिन्धुपाल्चोकका स्थायी बासिन्दा उहाँहरुको पनि डेरा च्याम्हसिंहमा रहेको छ । अरु बेला ज्याला मजदूरी गर्ने रोजीनाको दम्पती पनि इँटाभट्टाको सिजनमा इँटा बनाउने कार्य गर्दै आइरहेको छ । 

दैनिक ज्याला मजदूरीमा भन्दा बढी आम्दानी हुने भएपछि रामबहादुर र रोजीनाको परिवार मात्र होइन सयौँ परिवार यतिखेर भक्तपुरका विभिन्न इँटा भट्टामा इँटा बनाउने कार्यमा तल्लीन छन् । 

विगत पाँच वर्षदेखि इँटाभट्टाको सिजनमा इँटा बनाउने कार्य गर्दै आइरहनुभएका रामबहादुरका अनुसार सिजनमा एक परिवारले रु तीनलाखदेखि पाँच लाखसम्म कमाउने गर्दछन् । दैनिक एक हजार २०० देखि दुई हजार वटासम्म इँटा बनाउँदै आएको बताउँदै रामबहादुरले दैनिक रु दुईदेखि तीन हजार कमाइ हुने जानकारी दिनुभयो । 

आफूलाई आवश्यक पर्दा इँटा उद्योगले पेश्कीसमेत दिने भएकाले पनि सिजनमा अन्य पेशा छाडेर इँटा बनाउने पेशा अंगाल्ने गरेको रामबहादुरले बताउनुभयो । रोजीनाका अनुसार इँटा बनाएको ज्याला गतवर्ष प्रतिगोटा एक रुपैयाँ ५० पैसा दिएको थियो । 

यसवर्ष भट्टा व्यवसायीले इँटाको ज्याला भने निर्धारण गरेका छैनन् । रोजीनाले भन्नुभयो, “प्रत्येक वर्ष केही न केही रकम वृद्धि गरेर दिने गरेको छ ।” विगतको तुलनामा इँटा पार्ने काम निकै सहज भइसकेको रोजीनाले बताउनुभयो । “पहिले इँटा पार्न आफैँ खाल्डो खन्ने, मुछ्ने र अनि बल्ल इँटा पार्ने काम हुन्थ्यो,” उहाँले भन्नुभयो, “आजभोलि प्रविधिको विकाससँगै उद्योग आफैँले माटो मुछेर इँटा बनाउन तयारी माटो खलसम्म पु¥याउने व्यवस्था गरेको छ ।” 

इँटाभट्टाले मजदूरका सन्तानलाई शिशु स्याहार केन्द्रको बन्दोबस्त गरेका कारणले पनि इँटा बनाउने कार्य सहज भएको रोजीनाले बताउनुभयो । “विद्यालय जान सक्ने केटाकेटी विद्यालय जान्छन् । विद्यालय जान नसक्ने ससाना नानीलाई शिशु स्याहार केन्द्रमा राख्नुपर्ने व्यवस्था गरेको छ । काममा उल्झन नआउने भएकाले पनि इँटा पार्ने कामबाट राम्रै कमाइ हुन थालेको हो ।” 

भक्तपुर इँट्टाभट्टा व्यवसायी संघका अध्यक्ष नातीभाइ ह्योम्बाले जिल्लामा अहिले सञ्चालनमा रहेका ६२ वटै इँट्टाभट्टामा रहेका मजदूरलाई आवश्यक सेवा सुविधा उपलब्ध गराएको बताउनुभयो । हप्ताहप्तामा कम खर्च दिइनुका साथै आवश्यक पेश्कीसमेत समयमा उपलब्ध गराउने गरेको उहाँले बताउनुभयो । “मजदूरका लागि पहिलाजस्तै अहिले माटो निकालेर मुछ्नु पर्ने समस्या छैन । 

जिल्लामा सञ्चालित सबै भट्टाका मजदूरका लागि भट्टा आफैँले माटो मुछेर खलखलमा पु¥याउने व्यवस्था गरेको छ । उहाँले भन्नुभयो, “पहिला खलखलमा माटो मुछ्नका लागि बनाएको पोखरीमा बच्चा खसेर मृत्यु भएका घटनाका कारण पनि यो वर्षदेखि भट्टाले नै माटो मुछेर आवश्यक मात्रामा खलखलमा पु¥याउने व्यवस्था मिलाएको हो ।” 

मजदूरका सानासाना नानीका लागि चार÷पाँचवटा भट्टा मिलेर उपयुक्त हुने ठाउँमा शिशु स्याहार केन्द्र खोलेको अध्यक्ष ह्योम्बाले बताउनुभयो । उहाँका अनुसार जिल्लाका ६२ वटा इँटाभट्टाले अहिले २२ वटा शिशु स्याहार केन्द्र सञ्चालन गरिरहेका छन् । शिशु स्याहार केन्द्रमा बालबालिकालाई खाना खुवाउने, खेल्ने र पढाउने व्यवस्था उद्योग स्वयंले गरिरहेको छ । 

भट्टामा काम गर्ने मजदूरले यदि राम्रोसँग काम गरेको खण्डमा एक परिवारले मात्र एक सिजनमा रु चार लाखदेखि पाँच लाखसम्म आम्दानी गर्नसक्ने अध्यक्ष ह्योम्बा बताउनुहुन्छ । 

प्रतिहजार इँट्टा पारेबापत कति दिने र बोक्नेलाई कति दिने भन्ने विषयमा ठेकेदारलाई जिम्मा दिइएको उहाँले बताउनुभयो । “त्यो सबै ठेकेदारले हेरेर गर्छ । यस अनुसार इँट्टा पार्ने र इँट्टा बोक्नेको छुट्टाछुटै ज्याला दिएको छ,” उहाँले भन्नुभयो, “इँट्टा बोक्नेले पनि एक सिजनमा एकदेखि डेढ लाख रुपैयाँसम्म आम्दानी गर्छ ।” रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन