२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

लागत स्वीकृत गराएर पुनःनिर्माण अघि बढाउन निर्देशन

२०७४, ९ माघ मंगलवार ०७:२१

माघ ९, काठमाडौँ | राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले विपद्पछिको पुनर्लाभ कार्यढाँचा(पिडिआरएफ) भित्र रहेका आयोजनामध्ये वास्तविक पुनःनिर्माण गर्नुपर्ने आयोजनाको मात्र डिजाइन र लागत स्वीकृत गराएर काम अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ । 

भूकम्पबाट क्षतिग्रस्त भई पिडिआरएफभित्र रहेका सम्बन्धित आयोजनाको हालसम्म सम्पन्न भएको प्रगति विवरण र आगामी योजनाबारे छलफल गर्न सोमबार बोलाइएको कार्यशाला गोष्ठीमा यस्तो निर्देशन दिइएको हो । 

प्राधिकरणका सचिव मधुसूदन अधिकारीले पुनःनिर्माण गर्ने संरचनाको डिजाइन, लागत र खरिद गुरुयोजना प्राधिकरणबाटै स्वीकृत गराएर वित्तीय अनुशासनको पूर्ण पालना गर्न निर्देशन दिनुभयो । “सीमित स्रोत साधन भएकाले आयोजनाको प्राथमिकीकरण गरेर पुनःनिर्माणको काम अघि बढाउनुहोस्, नीति बाहिर गएर कार्यक्रम पेश नगर्न सबै निकायलाई आग्रह छ”, उहाँले भन्नुभयो । 

प्राधिकरणले भूकम्पपीडितको समस्यासँग सम्बन्ध राख्ने आयोजनालाई उच्च प्राथमिकता दिने जनाएको छ । उच्चस्तरको समन्वय र भूकम्पबाट क्षतिग्रस्त आयोजनाको मात्र पुनःनिर्माण गर्ने गरी कार्यक्रम पेश गर्नाका साथै आगामी आवको तयारी अहिलेदेखि नै शुरु गर्न पनि सचिव अधिकारीले निर्देशन दिनुभयो । भूकम्पपछिको पुनःनिर्माण प्राधिकरणको मात्र नभई राष्ट्रकै प्राथमिकतामा रहेका विषयमा ध्यान पुर्याउन उहाँले सम्बन्धित सबैलाई आग्रह गर्नुभयो । 

गोष्ठीमा सहभागी प्रतिनिधिले गत आव र चालू आवसम्म सम्पन्न भएका आफ्नो मातहतका आयोजनाको प्रगति विवरण र आगामी योजनाबारे जानकारी गराएका थिए ।विनियोजित बजेट पर्याप्त नहुँदा कतिपय आयोजनाको पुनःनिर्माणमा ढिलाइ भएको भन्दै सहजीकरण गरिदिन सरोकार भएका निकायले प्राधिकरणको ध्यानाकर्षण गराएका थिए । गोष्ठीमा गृह, रक्षा, कृषि, सूचना तथा सञ्चार, खानेपानी तथा सरसफाइ, पशुपक्षी विकास, वन, सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात, संघीय मामिला तथा स्थानीय विकास, शिक्षा, शहरी विकास मन्त्रालयका साथै तीनै वटा सुरक्षा निकायका प्रतिनिधिलगायतको उपस्थिति थियो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी