३ कार्तिक २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

आयआर्जनमुखी काम गर्न बाढीपीडितलाई १० लाख सहयोग

९ मंसिर २०७२, बुधबार ०७:१७

सन्तोषकुमार गुप्ता, मंसिर ९, दाङ्ग । दाङको तुलसीपुरबाट सेतो र एउटा कालो जीपमा दाताहरु बाढीपीडितहरुका लागि आर्थिक सहयोग लिएर तुलसीपुर नगरपालिका १८ को बबई नदीको ढिकमा बिहान करिब ९ बजे पुगे । त्यहाँ जाँदा अधिकांस बाढीपीडितहरु आइपुगेका थिए, भने कतिपयहरु हस्याँङफस्याँङ गर्र्दै दौडिदै आउँदै थिए । गएकाहरु दाताहरु कतिखेर आउलान् भनेर आत्तिएर आउने बाटो हेर्दै थिए ।

दिने र लिने जम्मा भएपछि राहत बितरण सुरु भयो । आयोजकले नाम बोलाएपछि फुलबारी–६ बखरीयाकी ६१ वर्षिया ससेली खत्रीले बाख्रापालनका लागि पन्ध्रहजार रुपैयाँ प्राप्त गर्नुभयो । पैसा पाउँदा कस्तो लाग्यो आमा ? भनेर सोध्दा खुसी लाग्यो बाबु, भन्दै हुनुहुन्थ्यो । तर, मन थाम्न सक्नु भएन, डाँको छोडेर रुनु भयो ।

कारण बाढीले २ तले घर बगाई दिएपछि डेढ वर्षदेखि बल्लतल्ल ऋणसाहु गरेर बनाएको दुई कोठे छाप्रोमा बस्दै आएकी उहाँले अब बाख्रालाई कहाँ राख्ने होला भन्ने चिन्ता रहेछ । दुई कोठे छाप्रो, मान्छे उभिए टाउकोमा चोट लाग्ने डर, भएका ढोका–झयालमा पल्ला छैन, बोराले छेकबार लगाएको छ । भएका २÷४ वटा बस्तुभाउ रातदिन बाहिरै छन्, पाहुना आए छिमेकीकोमा जानुपर्ने, यस्तै पीडादायी समस्याको चाङ भन्दै आँसु पुच्छै गर्नु भयो ।

उहाँसँगै रहेका दिदीबहिनीहरुले यस्तो पीडा सबैलाई छ, अरुलाई हेरेर भए पनि चित्त बुझाउनु पर्छ भनेपछि खत्री, केही सम्हालिनु भयो । यस्तै पीडैपीडाका बीच संघर्ष गर्दै आएका दाङको फूलबारी गाविसअन्तर्गत ४ र ६ नम्वर वडाका बाढीपीडितहरुलाई पन्ध्र हजार रुपैयाँले केहि भए पनि राहात प्रदान गरेको छ । जीविकोपार्जन सुधार कार्यमा सहयोग पुर्याउन ससेली खत्री जस्तै ६६ घरधुरी बाढीपीडितलाई आर्थिक सहयोग गरिएको छ । उनीहरुको इच्छा अनुसार बाख्रापालन, बंगुरपालन, खुद्रापसल, तरकारी खेती, भेटनरी, फ्रेस हाउस लगायतका आयआर्जनमुखी व्यवसाय गर्नका लागि आर्थिक सहयोग गरिएको वन महासंघ दाङका अध्यक्ष शोभाकर सापकोटाले जानकारी दिनु भयो ।

यूएसए आइडिको सहयोग र सामुदायिक वन उपभोक्ता महासंघ नेपाल दाङ तथा केन्द्र र केयर नेपालको साझेदारीमा सञ्चालित र हरियोवन कार्यक्रमअन्तर्गत प्रतिव्यक्ति पन्ध्रहजार रुपैयाँका दरले ९ लाख ९० हजार प्रदान गरिएको हो । हामीले ढलेको घर कैहिले उठाउने ? राहत बितरण कार्यक्रममा पुगेका दाङका स्थानीय विकास अधिकारी रमेश गौतम र जिल्ला वन अधिकृत नवराज काफ्लेलाई बाढीपीडितहरुले ढुङगा, गिट्टी, बालुवा र काठ नपाएको भन्दै गुनासो गरेका थिए ।

घरको आगनमा ढुङगा, गिट्टी, बालुवा छ , घर पछाडि जंगल छ । तर, चुरे संरक्षणका नाममा निकासी गर्न पाइदैन् । हामीले ढलेको घर कहिले उठाउने ? बाढीपीडित समाजका सचिव देविराम कुसारीले प्रश्न गर्नुभयो । कारबाही गरे गर्नुस् मैले त चोरेर भए पनि आगनमा गिट्टी बालुवा थुपारेको छु अरुले ल्याउन सकेका छैनन्, हाम्रो पीडा कसले बुझिदिने कुसारीले भन्नुभयो । उक्त अवसरमा स्थानीय विकास अधिकारी रमेश गौतमले चुरेसंरक्षणका नाममा जनताले राहत भन्दा पनि आहत पाएको बताउनु भयो ।

ढुङ्गाजन्य बस्तु निकासी नुहुँदा विकास निर्माणका सम्पूर्ण काम अबरुद्ध हुनुका साथै सयौं बाढीपीडितले बस्ने बास समेत निर्माण गर्न नसकेको प्रति चिन्ता व्यक्त गर्दै खुलाउनतर्फ आफूले पहल गरिरहेको बताउनु भयो । त्यस्तै जिल्ला वन अधिकृत नवराज काफ्लेले यसवर्ष १५ हजार क्यूविक काठ संकलन गर्ने लक्ष्य लिएको भन्दै प्रकृया पुर्याएर आएमा बाढीपीडितलाई पहिलो प्राथमिकता दिने बताउनु भयो ।

दाङमा जिल्ला दैविप्रकोप उद्धार समितिको तथ्याङ्क अनुसार २०७१ साउन २९ र ३० गते बबई नदीमा आएको बाढीले उरहरीको मोतीपुर, फूलबारी, गोल्टाकुरी, पुरन्धरा, मानपुरलगायतका स्थानमा गरी ५ सय ४० घरमा पूर्ण रुपमा क्षति पु¥याएको थियो । अहिले पनि सैयौंको संख्यामा बाढीपीडितहरु त्रिपालमुनिको बास बस्न बाध्य छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको पक्राउ प्रमाणमा होइन, राजनीतिक प्रतिशोधमा भएको छ’ नेकपाका महासचिवमा विप्लवले भने: माओवादी एकताबद्ध भए ०६४ दोहोरिन्छ ट्रायल पास गरेपछि अब लाइसेन्स कार्ड आवश्यक नपर्ने : प्रधानमन्त्री ओली माओवादी पार्टीहरुको एकता चाँडै टुङ्गोमा पुग्छ : अध्यक्ष प्रचण्ड इजरायली हमलाबाट मृत्यु हुने प्यालेस्टिनीको संख्या ४२ हजार पुग्यो रास्वपा प्रवक्ता मनिष झाले भने : देउवा लोकतन्त्रका सबैभन्दा ठूला ठग हुन् रवि लामिछाने पक्राउको विरोधमा रास्वपाका कार्यकर्ताले गरे पोखरामा प्रदर्शन मलेसिया सरकारले बढायो श्रमिकको तलब, अब न्यूनतम तलब १७०० रिंगेट काठमाडौं महानगरले पर्यटन प्रवर्द्धनका लागि आज बसन्तपुरमा सांस्कृतिक कार्यक्रम गर्दै चितवनमा जनयुद्ध लडेका नेताहरुलाई एउटै मन्चमा ल्याउने प्रयास रवि लामिछाने लक्षित सूर्य थापाको व्यङ्ग्य लामिछानेविरुद्ध सहकारी ठगी र सङ्गठित अपराधमा अनुसन्धान हुने न्युजिल्यान्ड १४ वर्षपछि महिला विश्वकपको फाइनलमा आजको मौसम : देशका केही भूभागमा वर्षा हुने पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने कास्की प्रहरीको हिरासतमा रवि पक्राउ पछि सीके राउतको प्रतिक्रिया: ‘सुनौलो भविष्य बोकेको कोपिला निमोठिएको हो’ सभापति लामिछाने पक्राउ: राजनीतिक पूर्वाग्रह साफ वुमन्स च्याम्पियनसिप: नेपाल र भुटानबीचको खेल गोलरहित बराबरीमा सकियो रविलाई रिजालको जवाफ, ‘सरकार मरेको होइन, सक्रिय भएको हो’ रवि लामिछानेसहित को-को विरुद्ध छ पक्राउ पुर्जी ?