३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

यसरी खरानी बन्दैछ, शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज

९ माघ २०७४, मंगलवार १६:२३

टेकबहादुर शाही | माघ ९, डोल्पा | शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा भिषण आगलागी हुदा बन खरानी हुदै गएको छ । मंसिर २५ गते देखि लागेको आगो नियन्त्रण भन्दा बाहिर रहेको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको कार्यालय डोल्पाले जानकारि दिएको छ । 

शे फोक्सुण्डो तालको नजिकै रहेको रिसेब बनमा भिषण आगलागि भए पछि बन्यजन्तुको वसोवास पनि खरानीमा परिणत भएको छ । तालको छेउमा रहेको रिसेव बनमा कस्तुरी,मृग लगायत डाफे र अन्य बन्यजन्तुहरुको बाक्लो बसोवास गर्ने क्षेत्रका रुपमा परिचित रहेको थियो । बिषण आगलागिबाट त्यस बन क्षेत्रमा बासस्थान बनाएका सबै बन्यजन्तु र चराचुरुङगी कति मरे र कता गए भन्ने कुनै पत्तो छैन । 


करिव ३ हजार ८सय  मिटरको उचाइमा रहेको यो रिसेव बनमा सयौ बर्ष पहिले देखिका सुकेका काठ र स्याउला भएको कारण आगो नियनत्रण भन्दा बाहिर गएको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत रामदेव चौधरिले जानकारि दिए । उनका अनुसार तालबाट भाडामा बोकेर पानि लिनु पर्ने बाध्यता रहेको र अत्यन्त जोखिम क्षेत्रमा आगो लागेका कारण पनि आगो नियन्त्रण भन्दा बाहिर रहेको बताए । 

दुइ साता भन्दा धेरै लामो समय देखि लागेको आगोबाट करिव ८ हेक्टर बन जलेर खरानी भएको छ । सुख्खा खडेरिको बेलामा आगलागिले झनै ठुलो क्षेति भएको र कस्ले आगो लगायो भन्ने कुराको कुनै जानकारि नरहेको संरक्षण अधिकृत चौधरिले बताए । 


आगलागिबाट करोडौको क्षेति भएको अनुमान राष्ट्रिय निकुञ्जले गरेको छ । थासुङछोलिङ गुम्बाको रिसेब बनमा लागेको आगो प्रत्यक घरका एक–एक जना स्थानीय,राष्ट्रिय निकुञ्जको संरक्षणमा खटिएको सुम्दुहा चेकपोष्टका नेपाली सेना र निकुञ्जका कर्मचारि गेमस्काउटहरुले दैनिक निभाउने काम गरि रहेको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको कार्यालयले जानकारि दिएको छ । 

गएको एक महिनमा शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको कोर क्षेत्रमा एक दर्जन भन्दा धेरै ठाँउमा आगलागि भएको छ । आगलागिबाट जडीबुटि,बन्यजन्तु,चराचुरुङगी,बन गरि करोडौको क्षेति भएको स्थानीयले अनुमान गरेका छन । यस बर्ष हिमपात नभएको र सुख्खा खडेरिमा चोरी शिकार गर्नेहरुले आगो लगाएको हुन सक्ने स्थानीयको दावी रहेको छ । तर यता शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको कार्यालयले भने चोरि शिकार नहुने बताउछ । 


भौगोलिक रुपमा ठुलो क्षेत्रफल रहेको डोल्पा जिल्लामा ३ हजार ५ सय बिर्गा किलोमिटर क्षेत्रफल शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले ओगटेको छ । डोल्पा र मुगुको राविकका डोल्फु अनि किम्री गाविस समेत रहेको यो राष्ट्रिय निकुञ्ज उच्च हिमश्रृङखाल, ताल, अनि लोपउन्मुख हिउचितुवा लगायत बन्यजन्तु र जडिबुटीको प्रख्यात क्षेत्रका रुपमा परिचत रहेको छ । 

तश्विर: टेकबहादुर शाही / साझासबाल- डोल्पा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली