२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

नाकाबन्दीले नेपालीका आँखा खुले : विश्वासी

२०७२, ९ मंसिर बुधबार ०७:३७

सन्तोषकुमार गुप्ता, मंसिर ९, दाङ्ग । नेकपा एमालेका पोलिटब्युरो सदस्य भागवत विश्वासीले भारतीय नाकाबन्दीले नेपालीको आँखा खुलेको बताउनुभएको छ । नेपालीले आफ्ना लागि आफै संविधान बनाएपछि नाकाबन्दी व्यहोर्नु परेको भन्दै उहाँले बरु एक छाक खाने तर राष्ट्रिय अस्मिता रक्षाका लागि नझुक्ने बताउनुभयो । 

नेकपा एमाले तुलसीपुर वडानम्वर १० ले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै सांसद समेत रहेका विश्वासीले अब भारत नेपाल सामु झुक्ने बताउनुभयो । भुपरिवेष्ठित देशले पाउने पारवहान अधिकार प्रयोग गरेर भारतकै बाटो भएर आवस्यक सामान ल्याउने उहाँले दाबी गर्नुभयो । उक्त अवसरमा विप्लव नेतृत्वको नेकपा माओवादी जिल्ला सदस्य विजय विक र मंगल विकको नेतृत्वमा १ सय ५ जना, एकीकृत नेकपा माओवादीका जिल्ला सदस्य वेदबहादुर विकको नेतृत्वमा ४ जना र नेपाली कांग्रेसका ३ जना गरी १ सय १२ जना नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । पार्टी प्रवेश गर्नेहरुले एमालेको नीति, कार्यक्रम र विचारले आफूहरु आकर्षित भएको बताएका थिए ।

वडा कमिटिका अध्यक्ष लिलाधर खरेलको अध्यक्षता एवं पोलिटव्युरो सदस्य भागवत विश्वासीको प्रमुख आतिथ्यतामा भएको पार्टि प्रवेश कार्यक्रममा नेकपा एमाले दाङका अध्यक्ष जोगबहादुर राना, सांसद शारदा स्वर्णकार, एमाले जिल्ला सदस्य सावित्रा विश्वकर्मा, तुलसीपुर नगर ईञ्चार्ज कृष्णप्रसाद भुसाल, एमाले दाङका आर्थिक विभाग प्रमुख देवराज विश्वकर्मा, जिल्ला सदस्यहरु मानबहादुर विश्वकर्मा, पदम नेपाली, डिल्ली डाँगी, अखिल नेपाल किसान महासंघकी केन्द्रिय सदस्य रेखा शर्मा, होतालाल कडेल, लोकबहादुर केसी, दलबहादुर गुरुङ, अजय गिरी रामचन्द्र भट्टराईलगायतले बोल्नुभएको थियो ।

वडा कमिटिका उपाध्यक्ष भागवत केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव रोमबहादुर राणाले गर्नुभएको थियो । यसैबीच मंगलबार नै भएको कार्यक्रममा बोल्दै सांसद भागवत विश्वासीले नयाँ संविधान २०७२ ले महिला हिंसाका बिरुद्ध स्पष्ट निर्देशन गरेको बताउनुभएको छ । महिला हिंसा बिरुद्धको १६ दिने अभियानको पूर्व सन्ध्यामा अखिल नेपाल महिला संघले गरेको दीप प्रज्ज्वलन कार्यक्रमलाई सम्बोधन गर्दै बिश्वासीले यस्तो बताउनुभएको हो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका एमाले नेता विश्वासीले नेकपा एमालेले महिला माथि हुने हिंसाका बिरुद्ध विभिन्न अभियान सञ्चालन गरिरहेको समेत बताउनुभयो । साथै कार्यक्रममा अनेम संघ दाङका अध्यक्ष सीमा न्यौपाने मुलुकका महत्वपूर्ण पदहरुमा महिलाहरु पुगिसकेको यो समयमा महिला माथि हुने हिंसाका बिरुद्ध सबै आ–आफ्नो ठाउँबाट लाग्नुपर्ने बताउनुभएको छ । आजदेखि सुरु हुने १६ दिने अभियानका अवसरमा मंगलबार अनेम संघ दाङले तुलसीपुर, घोराही र लमहीमा दीप प्रज्ज्वलन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ