Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

महोत्तरीमा २४ दिनपछि आज घाम लाग्यो

२०७४, १० माघ बुधबार ०५:४७

गोपालप्रसाद बराल / माघ १०, बर्दिवास | महोत्तरी जिल्लामा २४ दिनपछि एकाबिहानै झलमल्ल घाम देखिएपछि उत्साह छाएको छ । 

गत पुस १७ गतेदेखि लगातार बाक्लो हुस्सुले ढाकेर चिसो स्याँठ बहिरहने क्रम पछिल्ला दुई÷तीन दिनयता मध्याह्नपछि घाम देखिएर घट्दै गएपनि एकाबिहानै पारिलो घाम भने २४औँ दिनमा आज देखिँदा जिल्लाका गाउँनगर बस्तीमा खुशी र उत्साह छाएको हो । 

तराईको मिथिला क्षेत्रमा श्रीपञ्चमी पनि भनिने माघशुक्ल पञ्चमीका दिन मनाइने वसन्तपञ्चमी पर्व जाडो घट्दै गएर न्यानो बढ्ने पर्वका रुपमा मानिने गरिन्छ । यसपालि वसन्तपञ्चमी मनाइएसँगै मध्याह्नतिर पारिलो घाम देखिँदा जाडो घट्दै गएर दुई दिनपछि आज एकाबिहानै पारिलो घाम देखिएपछि अब चैं न्यानो बढ्ने आश जागेको बर्दिवास–९ पशुपतिनगरका ७५ वर्षीय नथुनी महतोले बताउनुभयो । 

“अब चैं हुस्सु र स्याँठ बिदा भएकै हो”, महतोले भन्नुभयो, “वसन्तपञ्चमी उत्सव भनेकै जाडो बिदा भएर पारिलो घाम लाग्दै जाने हो, अब बिहानैदेखि झलमल्ल घाम देखिनेछ ।” 

आज एकाबिहानै झलमल्ल पारिलो घाम लागेपछि वृद्धवृद्धा घाम ताप्न घरबाहिर निस्केका छन् । “कि कहैछि बौवा, करिब एक महिना से झोपडीभितर जकडल छली” (के भन्नुहुन्छ बाबु, करिब एक महिनादेखि झुप्रोभित्रै जकडिएर बसेकी थिएँ), आँगनमा घाम तापिरहेकी भङ्गाहा नगरपालिका–४ रामनगर बस्तीकी ८० वर्षीया मोहवती खातुनले लट्टा परेको कपाल कन्याउँदै भन्नुभयो, “आब जियके आस जागल, आई नहैबे करब” (अब बल्ल बाँच्ने आश जाग्यो, आज चैँ नुहाउँछु) । 

एकाबिहानै पारिलो घाम देखिएपछि गोठका गाई–वस्तु पनि ड्वा–ड्वा कराउँदै आफ्ना धनीलाई बाहिर सार्न सङ्केत गरिरहेका छन् । “हुस्सु फाटेर आकाश सफा देखिएकाले यी वस्तुले गोठभित्रैबाट बुझे”, बर्दिवास–१३, बिजलपुरा भेडियर बस्तीका पशुपालक किसान पशु बस्तुको भाषा बुझेको भावमा भन्नुभयो, “भण्डै महिना दिनपछि बल्ल आज गाई–वस्तु फुकाएर चरनमा लान पाइने भइयो ।” 

लामो समयपछि झलमल्ल घाम देखिएलगत्तै नदी, धारा, कुवा र इनार वरिपरि लुगा धुने र नुहाउनेको भीड नै देखिएको छ । लुगा धुने पेशाका धोबी पनि अब चैं लुगा धोएर सुकाउन पाउने आशले पानीघाटमा लुगा धुन थालेका देखिएका छन् । 

जिल्लाको उत्तरी क्षेत्रमा हुस्सु फाटेर झलमल्ल घाम देखिएपनि मध्य र दक्षिणी क्षेत्रमा भने अझै अँध्यारो राम्ररी हटेको छैन । “आकाश त उघ्रँदैछ”, जिल्लाको सुदुर दक्षिण–पूर्वी क्षेत्रको मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलले टेलिफोनमा भन्नुभयो, “स्याँठ चल्न रोकिएर घामको किरण देखिएकाले अब अँध्यारो फाट्दै जाने आश जागेको छ ।” 

जिल्लाका पाका उमेरका वृद्धवृद्धा भने वसन्तपञ्चमी उत्सव मनाई सकिएकाले अब सबैतिर मौसम सफा हुँदै जाने बताउँछन् ।  रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ