२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

आँखा बैंक स्थापनाका लागि बेलायतबाट सहयोग जुट्दै

१० माघ २०७४, बुधबार ०६:४१

माघ १०, चितवन | बेलायतमा रहेका चितवनवासीले जिल्लामा विपत् र सामाजिक क्षेत्रमा महत्वपूर्ण सहयोग पुर्याउँदै आएका छन् । 

सन् २००४ मा चितवन ‘एड ट्रस्ट युके’ नामक संस्था गठन गरी उनीहरुले जिल्लामा सहयोग थालेका हुन् । पछिल्लोपटक नेपाल नेत्रज्योति संघ चितवनलाई भरतपुर आँखा अस्पतालमा आँखा बैंक स्थापनाका लागि उनीहरुले सहयोग गरेका छन् । 

ट्रष्टका संस्थापक अध्यक्ष कपिल श्रेष्ठका अनुसार आँखा बैंक स्थापनाका लागि १० हजार पाउण्ड अर्थात करिब १४ लाख नेपाली रुपैँया सहयोग गर्ने योजना रहेको छ । 

हालसम्म रु ११ लाख ४२ हजार ७१० संकलन भइसकेको छ । सो रकम संघलाई हस्तान्तरण गर्ने सहमतिपत्रमा हस्ताक्षर भइसकेको छ । संघका कार्यबहाक अध्यक्ष कृष्णराज धरेललाई ट्रष्टका संस्थापक अध्यक्ष श्रेष्ठले हालसम्म संकलित रकम हस्तान्तरण गरिसक्नुभएको छ । 

अध्यक्ष धरेलले भन्नुभयो, “यो सामाजिक र मानवीय कार्यमा बेलायतमा रहेका नेपालीले देखाएको सहयोग सबै नेपालीका लागि महत्वपूर्ण बन्ने छ ।” ट्रष्टले आँखा बैंक नियमित सञ्चालनका लागि आवश्यक सहयोग गर्ने सोच पनि बनाएको संस्थापक अध्यक्ष श्रेष्ठले बताउनुभयो । 

ट्रष्टको अगुवाई भए पनि बेलायतमा नेपालका अन्य जिल्लाबाट गएका नेपालीले पनि सहयोग गरेका छन् । ट्रष्टले स्थापनाको केही वर्ष रेडक्रससँग सहकार्य गरेर भरतपुर अस्पतालको आकस्मिक कक्षमा आउने बेसाहारा बिरामीका लागि रगत र पानी सहयोग पुर्याएको थियो । 

ट्रष्टले माडीमा एम्बुलेन्स प्रदान गरेको छ । भूकम्पपछि साविक कबिलास–९ को राप्राबि ढोडेनीमा रु २३ लाख खर्च गरेर पक्की विद्यालय भवन निर्माण गरेको श्रेष्ठले बताउनुभयो । 

त्यसैगरी दाहाखानीको गर्दासको माध्यमिक विद्यालयमा भूकम्पले क्षति बनाएको भवन रु १७ लाख खर्च गरेर पुनःनिर्माण गरेको थियो । 

ट्रष्टले नै बाढीका कारण प्रभावित क्षेत्रमा रु ६ लाखभन्दा बढी सहयोग गरेको छ । बेलायतमा रहेका मुख्यरुपमा चितवनवासी र आसपासमा रहेका नेपालीबाट सानो ठूलो रकम संकलन गरी नेपालमा सामाजिक क्षेत्रमा खर्च गरिँदै आएको संस्थापक अध्यक्ष श्रेष्ठले बताउनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य