२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

लालमटिया गाविसका ९ वटै वडामा योजना छनोट भेला गरिने

२०७२, ९ मंसिर बुधबार ०८:४५

सन्तोषकुमार गुप्ता, मंसिर ९, भालुवाङ्ग । देउखुरीको लालमटिया गाविसले योजना छनोटका गाविसका नौ वटै वटाहरुमा योजना छनोट वडा भेला गर्ने भएको छ । गाविस सचिव दामोदर पोख्रेललेको अध्यक्षतामा मंगलबार गाविस भवनमा भएको बैठकले सहभागितामूलक योजना तर्जुमा प्रक्रिया अन्र्तगत मंसिर १७ गते देखि २७ गते सम्म गाविसका सबै वडाहरुमा छुट्टाछुट्टै वडा भेला गर्ने निर्णय गरेको हो ।
अगामी हुने १९ औँ गाउँ परिषद्का तथा आर्थिक बर्ष २०७३÷०७४ का लागि बस्तीस्तर बाटै माग भएका योजनाहरुलाई गाउँ परिषद्बाट आवश्यक बजेट विनियोजन गर्न सबै वडाहरुमा योजना छनोट वडा भेला गर्न मिति तय समेत गरिएको गाविसले जनाएको छ ।

जस अन्र्तगत मंसिर १८ गते वार्ड नम्बर १ को सार्वजनिक भवन बसन्तपुर, मंसिर १९ गते वार्ड नम्बर २ को प्रावि खुरुरिया स्कुल प्रगाण, मंसिर २० गते वार्ड नम्बर ३ को हनुमानगढी मन्दिर भालुवाङ्ग, मंसिर २१ गते वार्ड नम्बर ४ को भगवती मन्दिर लालमटिया र मंसिर २२ गते वार्ड नम्बर ५ को खिनैटा मरुवामा वडा भेला गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले मंसिर २३ गते वार्ड नम्बर ६ को सामुदायिक भवन मौरीघाट, मंसिर २४ गते वार्ड नम्बर ७ को करम्दी सामुदायिक वनको प्रगाण, मंसिर २५ गते वार्ड नम्बर ८ को घण्टदेव सामुदायिक वनको प्रगाण र मंसिर २७ गते वार्ड नम्बर ९ को शान्ति सामुदायिक वनको प्रगाणमा वार्ड भेला गर्ने निर्णय गरेको छ । गाउँ परिषद्को मिति भने गाविसको अगामी बैठकले गर्ने बताईएको छ ।

गाविसका प्राविधिक सहायक ऋषिकेस क्षेत्रीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा नेपाली काँग्रेसका नुमानन्द सुवेदी, नेृकपा एमालेका शोभाकर भुसाल, एमाओवादीका अनुप चौधरी, राप्रपा नेपालका बााबुराम मल्ल, राष्ट्रिय जनमोर्चाका केशवराज खनाल, राप्रपाका टेकबहादुर गिरी, थरुहट तराई पार्टीका सनिराम चौधरी, संघीयलाकेतानित्रक मञ्च थरुहटका रामप्रसाद चौधरी, गाविस वोर्ड सदस्य तथा लालमटिया स्वास्थ्य चौकीका ईन्चार्ज नवराज न्यौपानेले आ—आफ्नो धारणा राखेका थिए ।

त्यस्तै बैठकमा लालमटिया गाविस स्तरिय कृषि सञ्जालका अध्यक्ष किरण भण्डारी, महिला सञ्जालकी अध्यक्ष सरस्वती पोख्रेल, वार्ड नागरिक मञ्चका संयोजकहरु शरदा भुसाल, शान्ति विक, कैलाश चौधरी लोकबहादुर चौधरी, दुर्गाप्रसाद शर्मा, सिता आचार्य, प्रेमा चौधरी, सुहारा कार्यक्रमका बुद्धिराम चौधरी, सामुदायिक मेलमिलाप केन्द्र लालमटियाकी संयोजक तुलसा गिरी, पत्रकारद्धय सन्तोषकुमार गुप्ता र बिदुर एमसीले पनि बोलेका थिए । बेठकको सहर्जीकरण गाविसका सह—लेखापाल रेशमराज अधिकारीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ