2026-09-08 03:27 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ललितपुर - LLT

सुप्रविध स्मृति नवीकरणीय ऊर्जा पुरस्कार प्रदान

माघ १०, ललितपुर | नवीकरणीय ऊर्जा प्रविधिको विस्तार, नवीकरणीय ऊर्जामा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण, ऊर्जाको उत्पादनमुलक उपयोग तथा जलवायु परिवर्तन अनुकुलन तथा न्युनीकरणको क्षेत्रमा विशिष्ठ योगदान पुर्याउने विभिन्न संघसंस्थालाई पुरस्कृत गरिएको छ ।

मञ्चुका स्मृति अक्षय कोषद्वारा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको समन्वयमा कोषका संस्थापक सदस्य सुप्रविध सुभाष श्रेष्ठको स्मृतिमा स्थापना गरिएको “सुप्रविध स्मृति नवीकरणीय ऊर्जा पुरस्कार” बाट टेक्नोभिलेज प्रालि, इन्भिपावर एण्ड फर्टिलाईजर प्रालि र तेलकुवा कृषि कम्पनिलाई पुरस्कृत गरिएको हो । सुप्रविधको सवारी दुर्घटनामा परी २०७३ आश्विन २९ गते निधन भएको थियो । 

यसै वर्षदेखि प्रदान गर्न सुरु गरिएको यस पुरस्कारको राशि सम्मानपत्रसहित जनही रु. २५ हजार रहेको छ । कोषका संयोजक लुमिनकुमार श्रेष्ठले समाजमा विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्याउनुभएका व्यक्तित्वलाई कदरस्वरुप कोषमार्फत पुरस्कारको व्यवस्था गरिएको बताउनुभयो । 

पुरस्कृत संस्था इन्भिपावर एण्ड फर्टिलाईजर प्रालिले नेपालमा पहिलोपटक व्यावसायिक रुपमा ठूला बायोग्यास उत्पादन तथा जैविक मलको उत्पादन गरेको छ । दैनिक चार हजार घन मिटर बायोग्यास उत्पादन साथै २५ टन जैविक मल उत्पादन गरेको छ । 

टेक्नो भिलेज प्रालिले ग्रामीण क्षेत्रमा पेल्ट्रिक सेट तथा लघु जलविद्युत जडान गरी विद्युत् सुविधा उपलब्ध गर्नुको साथै लघु जलविद्युत्मा प्रयोग हुने इलेक्ट्रिक लोड कन्ट्रोलर, पेल्ट्रिक सेटमा प्रयोग हुने इन्डक्सन जेनेरटर कन्ट्रोलर, अन्डर ओवर भोल्टेज ट्रिप सर्किटको मदरबोर्ड उत्पादन गर्दै आएको छ । यस कम्पनीले करिब दुई दर्जन यस्ता आयोजनाहरु निर्माण गरिसकेको छ । 

यसैगरी तेलकुवा कृषि कम्पनिले सौर्य उर्जालाई ग्रामीण जीविकोपार्जनसँग जोड्दै सौर्य सिंचाई, आधुनिक कृषि प्रविधि र बजारीकरण गरी ग्रामीण क्षेत्रमा व्याप्त गरिबीलाई हटाउन महत्वपूर्ण योगदान पुर्याएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ