१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ललितपुर - LLT

सुप्रविध स्मृति नवीकरणीय ऊर्जा पुरस्कार प्रदान

१० माघ २०७४, बुधबार ०८:३४

माघ १०, ललितपुर | नवीकरणीय ऊर्जा प्रविधिको विस्तार, नवीकरणीय ऊर्जामा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण, ऊर्जाको उत्पादनमुलक उपयोग तथा जलवायु परिवर्तन अनुकुलन तथा न्युनीकरणको क्षेत्रमा विशिष्ठ योगदान पुर्याउने विभिन्न संघसंस्थालाई पुरस्कृत गरिएको छ ।

मञ्चुका स्मृति अक्षय कोषद्वारा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको समन्वयमा कोषका संस्थापक सदस्य सुप्रविध सुभाष श्रेष्ठको स्मृतिमा स्थापना गरिएको “सुप्रविध स्मृति नवीकरणीय ऊर्जा पुरस्कार” बाट टेक्नोभिलेज प्रालि, इन्भिपावर एण्ड फर्टिलाईजर प्रालि र तेलकुवा कृषि कम्पनिलाई पुरस्कृत गरिएको हो । सुप्रविधको सवारी दुर्घटनामा परी २०७३ आश्विन २९ गते निधन भएको थियो । 

यसै वर्षदेखि प्रदान गर्न सुरु गरिएको यस पुरस्कारको राशि सम्मानपत्रसहित जनही रु. २५ हजार रहेको छ । कोषका संयोजक लुमिनकुमार श्रेष्ठले समाजमा विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्याउनुभएका व्यक्तित्वलाई कदरस्वरुप कोषमार्फत पुरस्कारको व्यवस्था गरिएको बताउनुभयो । 

पुरस्कृत संस्था इन्भिपावर एण्ड फर्टिलाईजर प्रालिले नेपालमा पहिलोपटक व्यावसायिक रुपमा ठूला बायोग्यास उत्पादन तथा जैविक मलको उत्पादन गरेको छ । दैनिक चार हजार घन मिटर बायोग्यास उत्पादन साथै २५ टन जैविक मल उत्पादन गरेको छ । 

टेक्नो भिलेज प्रालिले ग्रामीण क्षेत्रमा पेल्ट्रिक सेट तथा लघु जलविद्युत जडान गरी विद्युत् सुविधा उपलब्ध गर्नुको साथै लघु जलविद्युत्मा प्रयोग हुने इलेक्ट्रिक लोड कन्ट्रोलर, पेल्ट्रिक सेटमा प्रयोग हुने इन्डक्सन जेनेरटर कन्ट्रोलर, अन्डर ओवर भोल्टेज ट्रिप सर्किटको मदरबोर्ड उत्पादन गर्दै आएको छ । यस कम्पनीले करिब दुई दर्जन यस्ता आयोजनाहरु निर्माण गरिसकेको छ । 

यसैगरी तेलकुवा कृषि कम्पनिले सौर्य उर्जालाई ग्रामीण जीविकोपार्जनसँग जोड्दै सौर्य सिंचाई, आधुनिक कृषि प्रविधि र बजारीकरण गरी ग्रामीण क्षेत्रमा व्याप्त गरिबीलाई हटाउन महत्वपूर्ण योगदान पुर्याएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार