2026-11-02 03:49 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

पाँचखालमा विषादी न्यूनीकरण अभियान हुदै

माघ १०, बनेपा | काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकामा विषादी न्यूनीकरण अभियान शुरु भएको छ । 

‘लबग्रिन नेपाल’को नेतृत्वमा वातावरणमैत्री एकिकृत दिगो कृषि विकास परियोजनामार्फत पाँच वर्षको अवधिमा रासायनिक विषादीको प्रयोगमा ९५ प्रतिशतले कमी ल्याउने अपेक्षा गरिएको छ । 

वातावरणमैत्री दिगो कृषिको अवधारणा स्थापित गरी रासायनिक मलको प्रयोगमा ९० प्रतिशतले कमी ल्याइने लबग्रिन नेपालका कार्यक्रम निर्देशक नारायण ज्ञवालीले बताउनुभयो । उहाँले दिगो कृषि, दिगो पशुपालन र वातावरण संरक्षणमा जोड दिँदै रु चार करोड ८५ लाख १६ हजारको बजेट निर्माण भएको जानकारी दिनुभयो । 

“हामी पाँचखाल नगरपालिकाको रासायनिकमा आधारित कृषि अभ्यासलाई रसायनरहित र वातावरणमैत्री दिगो कृषि अभ्यासमा रुपान्तरण गर्न चाहन्छौँ,” उहाँले भन्नुभयो । विषादी न्यूनीकरण अभियानअन्तर्गत आइपिएम कृषक पाठशाला सञ्चालन, आइपिएम प्रदर्शनीस्थल निर्माण तथा व्यवस्थापन, पशुमूत्र सङ्कलन, आधारभूत पशुपालन व्यवस्थापन तालीम, उन्नत् घाँसको उत्पादन, माटो परीक्षण प्रयोगशाला स्थापनामा सहयोगलगायतका विभिन्न कार्यक्रम सञ्चालन हुने बताइएको छ । यस कार्यक्रमबाट ६०० कृषक लाभान्वित हुनेछन् । 

जिल्ला समन्वय समिति, काभ्रेपलाञ्चोकका प्रमुख उद्धव केसीले माटोको व्यवस्थापन र विषादी न्यूनीकरणको विषय सबैको साझा र चासोको विषय भएको बताउनुभयो । पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले विषादी न्यूनीकरणका लागि विषादी मापनयन्त्रलाई भित्र्याउन लागिएको जानकारी दिँदै भू–संरक्षण नीति ल्याउन लागिएको बताउनुभयो । उहाँले भन्नुभयो–“मापनयन्त्र आएपछि विषादी प्रयोग भएको तरकारीको उत्पादन बजारमा जान पाउने छैन ।” उक्त कार्यक्रम नगरपालिकाको दुईवटा वडा बाहेक सबैमा लागू हुनेछ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द