पर्वत । पर्वत जिल्लालाई पूर्ण साक्षर जिल्ला घोषणा गर्र्न जिल्ला शिक्षा कार्यालय अन्तिम तयारीमा जुटेको छ । जिल्लाका ६१ वडा मध्ये ५७ वडा पूर्वसाक्षर घोषणा भैसकेका छन् । यहि माघको १८ गते जिल्लालाई पूर्ण साक्षर जिल्ला घोषणा गर्ने तयारीमा जुटेको जिल्ला शिक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । पर्वत जिल्लालाई पूर्ण साक्षर जिल्ला घोषणा गर्र्न जिल्ला शिक्षा कार्यालय अन्तिम तयारीमा जुटेको छ । जिल्लाका ६१ वडा मध्ये ५७ वडा पूर्वसाक्षर घोषणा भैसकेका छन् । यहि माघको १८ गते जिल्लालाई पूर्ण साक्षर जिल्ला घोषणा गर्ने तयारीमा जुटेको जिल्ला शिक"/>
२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वतलाई पुर्ण साक्षर जिल्ला घोषणा गर्न अन्तिम तयारी

२०७४, १० माघ बुधबार ०९:२१

पर्वत । पर्वत जिल्लालाई पूर्ण साक्षर जिल्ला घोषणा गर्र्न जिल्ला शिक्षा कार्यालय अन्तिम तयारीमा जुटेको छ । जिल्लाका ६१ वडा मध्ये ५७ वडा पूर्वसाक्षर घोषणा भैसकेका छन् । यहि माघको १८ गते जिल्लालाई पूर्ण साक्षर जिल्ला घोषणा गर्ने तयारीमा जुटेको जिल्ला शिक्षा अधिकारी रमेशराज पौडेलले जानकारी दिए ।

साक्षर जिल्ला घोषणा गर्न साक्षरताको सुचक ९५ प्रतिशत भए पुग्ने भएपनि जिल्ला शिक्षा कार्यालयले गरेको मुल्याङकनमा ९६ दशमलव ६३ प्रतिशत प्रगति रहेको देखिएको छ । १५ वर्षदेखि ६० वर्ष उमेर समुहका व्याक्तिहरुले पढ्न र लेख्न सक्ने, हस्ताक्षर गर्न सक्ने, साईनवोर्ड पढ्न सक्ने जस्ता सुचकहरु पुरा भएमा साक्षर घोषणा गर्ने मापदण्ड रहेको छ ।  पर्वतमा ७८ हजार २ सय ३७ जना साक्षर रहेका छन । पर्वतमा १५ देखि ६० बर्ष उमेर समुहको जनसंख्या ८० हजार ६ सय ८४ हुन्छ ।

जिल्लाको  १५ देखि ६० बर्ष समुहको कुल जनसंख्या ८० हजार ६ सय ८४ मध्ये ७८ हजार २ सय १० जना साक्षर भएको जिल्ला शिक्षा कार्यालय पर्वतको तथ्याङ्कले देखाएको छ ।

जसअनुसार ३२ हजार ३ सय ३६ पुरुषमध्ये ३१ हजार ५ सय पुरुष र ४८ हजार ३ सय ४८ महिलामध्ये ४६ हजार ७ सय १० महिला साक्षर भएको तथ्याङकमा उल्लेख छ । तथ्याङकका अनुसार जिल्लामा अझै पनि २ हजार ४ सय ७४ जना निरक्षर रहेको देखिएको छ ।

साक्षर जिल्ला घोषणा गर्नको लागि ९५ प्रतिशत पुरा भए हुने भएका कारण पनि जिल्लामा २ हजारभन्दा बढी निरक्षर हुदाहुदै पनि साक्षर जिल्ला घोषणा गर्न लागिएको हो ।  प्रदेश ४ का ११ जिल्लामध्ये पर्वत जिल्ला मात्रै पूर्ण साक्षर जिल्ला घोेषणा हुन बाँकी छ ।

माघ १८भित्र अन्य जिल्ला पूर्ण साक्षर जिल्ला घोषणा नभए पर्वत जिल्ला ४२ औ पूर्ण साक्षर जिल्ला घोषणा हुनेछ । जेठ महिनाभित्रै जिल्लालाई पुर्ण साक्षर जिल्ला घोषणा गर्ने भनिएता पनि  विभिन्न कारणले गर्दा हुन नसकेको जिल्ला शिक्षा कार्यालय पर्वतले जनाएको छ । 

पुर्ण साक्षर जिल्ला घोषणा गर्नको लागि आवश्यक कामहरु भैराखेको शिक्षा कार्यालयले जनाएको छ । सो दिनको तयारीको लागि १० समुहमा विभाजन गरी कामको जिम्मेवारी बाँडफाँड समेत भएको छ । पूर्ण साक्षर वडा घोषणा नभएकाहरुलाई धमाधम घोषणा गरिदैछ । आज मोदी गाउँपालिकाका ४ वडा एकैसाथ पूर्ण साक्षर घोषणा हुदैछ । यो सँगै जिल्लाका ६१ वडा पूर्ण साक्षर वडा घोषित हुनेछन् ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने