पर्वत । पर्वत जिल्लालाई पूर्ण साक्षर जिल्ला घोषणा गर्र्न जिल्ला शिक्षा कार्यालय अन्तिम तयारीमा जुटेको छ । जिल्लाका ६१ वडा मध्ये ५७ वडा पूर्वसाक्षर घोषणा भैसकेका छन् । यहि माघको १८ गते जिल्लालाई पूर्ण साक्षर जिल्ला घोषणा गर्ने तयारीमा जुटेको जिल्ला शिक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । पर्वत जिल्लालाई पूर्ण साक्षर जिल्ला घोषणा गर्र्न जिल्ला शिक्षा कार्यालय अन्तिम तयारीमा जुटेको छ । जिल्लाका ६१ वडा मध्ये ५७ वडा पूर्वसाक्षर घोषणा भैसकेका छन् । यहि माघको १८ गते जिल्लालाई पूर्ण साक्षर जिल्ला घोषणा गर्ने तयारीमा जुटेको जिल्ला शिक"/>
१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वतलाई पुर्ण साक्षर जिल्ला घोषणा गर्न अन्तिम तयारी

१० माघ २०७४, बुधबार ०९:२१

पर्वत । पर्वत जिल्लालाई पूर्ण साक्षर जिल्ला घोषणा गर्र्न जिल्ला शिक्षा कार्यालय अन्तिम तयारीमा जुटेको छ । जिल्लाका ६१ वडा मध्ये ५७ वडा पूर्वसाक्षर घोषणा भैसकेका छन् । यहि माघको १८ गते जिल्लालाई पूर्ण साक्षर जिल्ला घोषणा गर्ने तयारीमा जुटेको जिल्ला शिक्षा अधिकारी रमेशराज पौडेलले जानकारी दिए ।

साक्षर जिल्ला घोषणा गर्न साक्षरताको सुचक ९५ प्रतिशत भए पुग्ने भएपनि जिल्ला शिक्षा कार्यालयले गरेको मुल्याङकनमा ९६ दशमलव ६३ प्रतिशत प्रगति रहेको देखिएको छ । १५ वर्षदेखि ६० वर्ष उमेर समुहका व्याक्तिहरुले पढ्न र लेख्न सक्ने, हस्ताक्षर गर्न सक्ने, साईनवोर्ड पढ्न सक्ने जस्ता सुचकहरु पुरा भएमा साक्षर घोषणा गर्ने मापदण्ड रहेको छ ।  पर्वतमा ७८ हजार २ सय ३७ जना साक्षर रहेका छन । पर्वतमा १५ देखि ६० बर्ष उमेर समुहको जनसंख्या ८० हजार ६ सय ८४ हुन्छ ।

जिल्लाको  १५ देखि ६० बर्ष समुहको कुल जनसंख्या ८० हजार ६ सय ८४ मध्ये ७८ हजार २ सय १० जना साक्षर भएको जिल्ला शिक्षा कार्यालय पर्वतको तथ्याङ्कले देखाएको छ ।

जसअनुसार ३२ हजार ३ सय ३६ पुरुषमध्ये ३१ हजार ५ सय पुरुष र ४८ हजार ३ सय ४८ महिलामध्ये ४६ हजार ७ सय १० महिला साक्षर भएको तथ्याङकमा उल्लेख छ । तथ्याङकका अनुसार जिल्लामा अझै पनि २ हजार ४ सय ७४ जना निरक्षर रहेको देखिएको छ ।

साक्षर जिल्ला घोषणा गर्नको लागि ९५ प्रतिशत पुरा भए हुने भएका कारण पनि जिल्लामा २ हजारभन्दा बढी निरक्षर हुदाहुदै पनि साक्षर जिल्ला घोषणा गर्न लागिएको हो ।  प्रदेश ४ का ११ जिल्लामध्ये पर्वत जिल्ला मात्रै पूर्ण साक्षर जिल्ला घोेषणा हुन बाँकी छ ।

माघ १८भित्र अन्य जिल्ला पूर्ण साक्षर जिल्ला घोषणा नभए पर्वत जिल्ला ४२ औ पूर्ण साक्षर जिल्ला घोषणा हुनेछ । जेठ महिनाभित्रै जिल्लालाई पुर्ण साक्षर जिल्ला घोषणा गर्ने भनिएता पनि  विभिन्न कारणले गर्दा हुन नसकेको जिल्ला शिक्षा कार्यालय पर्वतले जनाएको छ । 

पुर्ण साक्षर जिल्ला घोषणा गर्नको लागि आवश्यक कामहरु भैराखेको शिक्षा कार्यालयले जनाएको छ । सो दिनको तयारीको लागि १० समुहमा विभाजन गरी कामको जिम्मेवारी बाँडफाँड समेत भएको छ । पूर्ण साक्षर वडा घोषणा नभएकाहरुलाई धमाधम घोषणा गरिदैछ । आज मोदी गाउँपालिकाका ४ वडा एकैसाथ पूर्ण साक्षर घोषणा हुदैछ । यो सँगै जिल्लाका ६१ वडा पूर्ण साक्षर वडा घोषित हुनेछन् ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार