१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

काभ्रेमा लालपुर्जाविहीन भूकम्पपीडित घर बनाउँदै

१० माघ २०७४, बुधबार १२:१४

युवराज पाण्डे / माघ १०, बनेपा | काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकाको भूम्लुटार र फँलाटेमा जमिनमा स्वामित्व नभएका भूकम्पपीडितले अनुदान पाएपछि घर बनाउन थालेका छन् । 

अनुदानबाट वञ्चित कोशीपारिको उक्त गाउँपालिकाका लालपुर्जाविहीन भूकम्पपीडितलाई झण्डै दुई वर्षपछि आवास पुनःनिर्माण अनुदान उपलब्ध गराइएको हो । 

भुम्लु गापा वडा नं ७ का ३६५ र वडा नं ८ का ५८९ पीडित परिवारसँग ४३ वर्षदेखि लालपुर्जा नभएको बताइएको छ । ती वडामा १५० घर निर्माणाधीन अवस्थामा छन् । जग्गाधनीले जमिन कर ‘तिरो’ तिरेको तथा अनुगमनकर्ता इन्जिनियरले दिएको निस्साको आधारमा गत कात्तिकमा सरकारले उनीहरुलाई आवास पुनःनिर्माण अनुदान उपलब्ध गराएको थियो । यसअघि लालपुर्जाविहीन भूकम्पपीडितले जमिनमा स्वामित्व नभएको भन्दै अनुदान सम्झौता गर्न पाएका थिएनन् । 

सरकारले लालपूर्जाविहीन पीडितको समस्यालाई ध्यानमा राखेर गत भदौमा आवास पुनःनिर्माणसम्बन्धी कार्यविधि तयार गरेपछि यहाँका करिब एक हजार लालपुर्जाविहीन पीडितले पुनःनिर्माण अनुदान लिएर घर बनाउन पाएका छन् । हाल वडा नं ७ मा ११ तथा वडा नं ८ मा १५ घर बनिसकेका छन् । 

गाउँपालिकाका अध्यक्ष गुमानध्वज कुँवरले लाभग्राहीको सूचीमा ६७ परिवार छुटेको जानकारी दिनुभयो । उहाँका अनुसार ३८ पीडितको बस्ती जोखिमपूर्ण अवस्थामा रहेकाले गाउँपालिकाभित्रै अन्यत्र स्थानको खोजी भइरहेको बताउनुभयो । भूमि अधिकार मञ्च नेपाल, काभ्रेपलाञ्चोकको पहलमा उनीहरुले घर बनाउन पाएका हुन् । 

जोखिमपूर्ण अवस्थाकी गोमा शिवभक्तिले जोखिमपूर्ण बस्तीका लागि सरकारले छुट्याएको थप रु दुई लाख राहत उपलब्ध गराउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “हामी लालपुर्जाको समस्यामा थियाँै, अब बस्ती जोखिममा रहेकाले सरकारकै राहत कुरेर बसेका छौँ ।” 

भूमि अधिकार मञ्च, काभ्रेपलाञ्चोकका अध्यक्ष रामबहादुर तामाङले भूमिमाथिको अधिकार नैसर्गिक भएकाले नयाँ कार्यविधि निर्माण गरेर भए पनि पीडितलाई पुनःनिर्माण अनुदान उपलब्ध गराउन सफल भएको बताउनुभयो । विसं २०३२ मा नापीका बेला साविक पिपलटार गाविसमा खेतीयोग्य जमिनबारे विवाद भएपछि टुक्रिएर भुम्लुटार र फलाँटे गाविस हुँदा स्थानीय बासिन्दा लालपुर्जाविहीन बन्न पुगेका थिए । 

पुनःनिर्माण प्राधिकरण धुलिखेलका प्रमुख धु्रव गैडाले जिल्लाका ७५ वर्षभन्दा माथिका सहाराविहीन वृद्धवृद्धा, अपाङ्ग, ६० वर्षभन्दा माथिका एकल महिला र परिवार नभएका १५ वर्षमुनिका बेसहारा बालबालिकाको प्राधिकरणले नै घर बनाइदिन लागेको जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “हाम्रो प्रस्तावलाई पुनःनिर्माण प्राधिकरणले स्वीकृत गरेको छ । अब निर्माण प्रक्रिया शुरु गर्न तथ्याङ्क संकलनको काम गर्दैछौँ ।” पुनःनिर्माण प्राधिकरण, धुलिखेल उपक्षेत्रीय कार्यालयकाअनुसार काभ्रेपलाञ्चोकमा अहिलेसम्म करिब २५ हजार निजी आवास निर्माण भइसेकेका छन् । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार