१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

बैदेशिक रोजगार: ठगिएका धनबहादुरले २४ घण्टा नबित्दै पैसा फिर्ता पाए

१० माघ २०७४, बुधबार १३:१५

मनोज पराजुली | माघ १०, काठमाडौँ | लम्जुङका क्व्होलासोथार गाउँपालिका स्थाई घर भएका धनबहादुर सार्कीले बैदेशिक रोजगारीमा ठगिएको भन्दै न्याय दिलाईदिन आग्रह गरेपछी साझा सबाल अनलाइनले मंगलबार बेलुका समाचार सम्प्रेषण गर्यो । लगत्तै सोहि समाचारको प्रभावले आज बिहान उनले ठगि भएको पैसा फिर्ता पाएका छन्  । 

सार्कीलाई ठगि गर्ने एजेन्ट रामसरण बोगटीलाई इगल हन्टर ओभरसीजका एजेन्ट हुन् । बोगटीले ठगि गरेको बिषयमा म्यानपावरसँग बुझ्दा म्यानपावरले पैसा फिर्ताको ताकेता गर्ने आस्वासन साझा सबाललाई दिएको थियो । 

माथिको तश्विरमा: पिडित सार्की ।

मंगलबार बैदेशिक रोजगार बिभागमा भेटिएका पिडित सार्कीलाई दुई महिना अघि बोगटीले दुबई पठाईदिने भन्दै अग्रिम ४४ हजार रकम लिएका थिए । तर विदेश पठाईदिने भनेर रकम लिएपनि बैदेशिक रोजगारीमा पठाउन नसकेपछि पीडित सार्कीको नाममा बोगटीले ४४ हजारको चेक काटेका थिए तर उनले ब्ल्यांक चेक दिए । सार्कीले पटक-पटक चेक साट्ने प्रयास गरे, पैसा पाउने आशामा चेक साट्न उनि लम्जुङदेखि पोखरासम्म पनि पुगे तर चेक साटीएन । सोहि चेकको आधारमा उनि मंगलबार बैदेशिक रोजगार बिभागमा न्याय माग्न पुगेका थिए ।

उनले भनेका थिए – 'अरुको लागि ४४ हजार सानो रकम भएपनि आफ्नो लागि त्यहि रकम ठगिंदा ठूलो चोट परेको छ । साहुबाट सय कडा दुईको ब्याज तिर्न पनि नसक्ने अवस्था छ ।' तर बुधबार एजेन्टले पैसा फिर्ता दिएपछी सार्की निकै खुसि देखिएका छन् । ठगिएको पैसा पाउन लम्जुङदेखि पोखरा अनि मुद्धा हाल्न भन्दै काठमाडौँसम्म आएका सार्कीले पैसा पाएपछी साझा सबाललाई भने – 'गरिव र पिडितको लागि लडीदिनुभएकोमा बिशेष आभार छ । यही समस्या बैदेशिक रोजगार बिभागमा राख्दा तीन पुस्ते र के-के जाती प्रमाण ल्याउन भनेको थियो तर तपाइँहरुले समाचार दिएपछी २४ घण्टा नपुग्दै मैले न्याय पाएँ ।' 

यस अघि पटक-पटक फोन गर्दा फोन नउठाउने गरेका एजेन्ट बोगटीले एकाएक पैसा फिर्ता पाएपछी सार्कीले अब बिभिन्न म्यानपावरमा बुझेर म्यानपावरमै आई आर्थिक कारोवार गरेर बैदेशिक रोजगारीमा जाने बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार