2026-09-03 10:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

बैदेशिक रोजगार: ठगिएका धनबहादुरले २४ घण्टा नबित्दै पैसा फिर्ता पाए

मनोज पराजुली | माघ १०, काठमाडौँ | लम्जुङका क्व्होलासोथार गाउँपालिका स्थाई घर भएका धनबहादुर सार्कीले बैदेशिक रोजगारीमा ठगिएको भन्दै न्याय दिलाईदिन आग्रह गरेपछी साझा सबाल अनलाइनले मंगलबार बेलुका समाचार सम्प्रेषण गर्यो । लगत्तै सोहि समाचारको प्रभावले आज बिहान उनले ठगि भएको पैसा फिर्ता पाएका छन्  । 

सार्कीलाई ठगि गर्ने एजेन्ट रामसरण बोगटीलाई इगल हन्टर ओभरसीजका एजेन्ट हुन् । बोगटीले ठगि गरेको बिषयमा म्यानपावरसँग बुझ्दा म्यानपावरले पैसा फिर्ताको ताकेता गर्ने आस्वासन साझा सबाललाई दिएको थियो । 

माथिको तश्विरमा: पिडित सार्की ।

मंगलबार बैदेशिक रोजगार बिभागमा भेटिएका पिडित सार्कीलाई दुई महिना अघि बोगटीले दुबई पठाईदिने भन्दै अग्रिम ४४ हजार रकम लिएका थिए । तर विदेश पठाईदिने भनेर रकम लिएपनि बैदेशिक रोजगारीमा पठाउन नसकेपछि पीडित सार्कीको नाममा बोगटीले ४४ हजारको चेक काटेका थिए तर उनले ब्ल्यांक चेक दिए । सार्कीले पटक-पटक चेक साट्ने प्रयास गरे, पैसा पाउने आशामा चेक साट्न उनि लम्जुङदेखि पोखरासम्म पनि पुगे तर चेक साटीएन । सोहि चेकको आधारमा उनि मंगलबार बैदेशिक रोजगार बिभागमा न्याय माग्न पुगेका थिए ।

उनले भनेका थिए – ‘अरुको लागि ४४ हजार सानो रकम भएपनि आफ्नो लागि त्यहि रकम ठगिंदा ठूलो चोट परेको छ । साहुबाट सय कडा दुईको ब्याज तिर्न पनि नसक्ने अवस्था छ ।’ तर बुधबार एजेन्टले पैसा फिर्ता दिएपछी सार्की निकै खुसि देखिएका छन् । ठगिएको पैसा पाउन लम्जुङदेखि पोखरा अनि मुद्धा हाल्न भन्दै काठमाडौँसम्म आएका सार्कीले पैसा पाएपछी साझा सबाललाई भने – ‘गरिव र पिडितको लागि लडीदिनुभएकोमा बिशेष आभार छ । यही समस्या बैदेशिक रोजगार बिभागमा राख्दा तीन पुस्ते र के-के जाती प्रमाण ल्याउन भनेको थियो तर तपाइँहरुले समाचार दिएपछी २४ घण्टा नपुग्दै मैले न्याय पाएँ ।’ 

यस अघि पटक-पटक फोन गर्दा फोन नउठाउने गरेका एजेन्ट बोगटीले एकाएक पैसा फिर्ता पाएपछी सार्कीले अब बिभिन्न म्यानपावरमा बुझेर म्यानपावरमै आई आर्थिक कारोवार गरेर बैदेशिक रोजगारीमा जाने बताए । 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो प्रतिनिधिसभाको बैठक सुरु मन्त्रिपरिषद्को बैठक बस्दै भोटेकोशी बाढीको क्षति र जोखिम न्यूनीकरणबारे प्रधानमन्त्री शाहलाई पुनका सुझाव कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार २५२, ४ हजार ८७५ जना बेपत्ता रास्वपा सचिवालय बैठक जारी कृष्णभीरमा पृथ्वी राजमार्ग पुनःनिर्माण सुरु, सडक खुलाउन तीव्र तयारी सुन प्रतितोला ३ लाख नाघ्यो, एकैदिन ७,६०० रुपैयाँ वृद्धि धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ