१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङमा हत्या गरि गाडिएकोअवस्थामा बालिकाको शव फेला

११ माघ २०७४, बिहीबार ०५:४०

माघ ११, खोटाङ | खोलाको बगरमा गाडिएको अवस्थामा  एक बालिकाको शव फेला परेको छ । 

रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका नौमणि राईको आठ वर्षीया छोरी लुमणिको शव चिम्चिमा खोलाको बगरमा गाडिएको अवस्थामा गएराति फेला परेको हो । 

बुधबार दिउँसोदेखि हराएकी बालिकाको खोजी गर्ने क्रममा हत्या गरेर घर नजिकैको खोलाको बगरमा गाडिएको अवस्थामा शव फेला पारिएको स्थानीयले बताएका छन् । 

हत्या आशंकामा प्रहरीले सोही स्थानका गौमणि राईको १६ वर्षीय छोरा जीउधन राईलाई नियन्त्रणमा लिएको छ । घटनाको विस्तृत जानकारी आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिनुभयो । 

“पक्राउ परेका जीउधनले आफैँले बालिकाको हत्या गरेको स्वीकारेका छन्”–उहाँले भन्नुभयो, “के कारणले बालिकाको हत्या गरिएको हो भन्ने बारे अझै बुझ्न बाँकी छ ।” 

स्थानीयले भने जीउधनले बालिकाको बलात्कारपछि हत्या गरेर लुकाउनका लागि खोलाको बगरमा गाडेको हुनसक्ने अनुमान गरेका छन् । पक्राउ परेका जीउधन र मारिएकी लुमणि नाताले दाजु बहिनी हुन् । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार